default_image

11 months ago

December 1, 2023

सचिनका छोरा अर्जुनको उत्कृष्ट बलिङ

8100 views

0 Bookmark

एजेन्सी – भारतीय सर्वाधिक सफल ब्याटर सचिन तेन्दुलकरका छोरा अर्जनले विजय हजारे ट्रफीमा उत्कृष्ट प्रदर्शन गरेका छन् । गोवालाई नागालान्डविरुद्ध २ सय ३२ रनको सानदार जित दिलाउन उनले उत्कृष्ट बलिङ गरेका हुन् ।

जितको लागि ३ सय ८४ रनको विशाल विजयी लक्ष्य पछ्याएको नागालान्ड ३९.१ ओभरमा १ सय ५१ रनमा अल आउट भयो । उसको लागि कप्तान रोंगेसन जोनथनले ७० बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ५५ रन बनाए । गोवाका अर्जुन तेन्दुलकरले १० ओभरमा १ मेडनसहित ३० रन खर्चेर ४ विकेट लिएका थिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको गोवाले ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ८३ रन बनाएको थियो । गोवाका मध्यक्रमका ब्याटर तथा बेंगलोरबाट आइपिएल खेल्ने सुयश प्रभुदेशाईले ८१ बलमा ९ चौका र ६ छक्कासहित १ सय ३२ रनको सानदार शतकीय इनिङ खेले । त्यस्तै स्नेहाल कौथांकारले १ सय १८ बलमा १० चौका र १ छक्कासहित १ सय १४ रनको शतकीय इनिङ खेलेका थिए ।

सचिनका छोराले सुरुवातमा घरेलु क्रिकेट मुम्बई यू१४, यू१६, यू१९ हुँदै सिनियर टोलीबाट खेलेका थिए । मुम्बईमा खेल्ने अवसर नपाएपछि अर्जुन २०२२ मा गोवा जाने निर्णय लिएका थिए । गोवाबाट भने अर्जुनले लगातार राम्रो प्रदर्शन गर्दै आएका छन् । उनले ७ प्रथम श्रेणी, १३ लिष्ट ए र २० टि२० खेल खेलेका छन् ।

बायाँ हाते तीव्र गतिका बलर अर्जुनले तल्लोक्रममा उत्कृष्ट ब्याटिङको क्षमता पनि राख्छन् । उनले गतवर्ष रणजी ट्रफीमा डेब्यू खेलमा नै राजस्थानविरुद्ध १ सय २० रनको शतकीय इनिङ खेलेका थिए ।

अर्जुन २०२१ देखी आइपिएलमा मुम्बई इन्डियन्समा रहँदै आएका छन् । गतवर्ष मुम्बई इन्डियन्सबाट कोलकाताविरद्ध डेब्यू गरेका थिए । २०२१ मा उनलाई मुम्बईले २० लाख भारुमा किनेको थियो । २०२२ को अक्सनमा भने गुजरात टाइटन्सले पनि मूल्य लगाएपछि मुम्बईले ३० लाख भारुमा किनेको थियो ।

October 18, 2024

दीपेन्द्र प्लेयर अफ द म्याच घोषित

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी अमेरिकाविरुद्धको पहिलो टि ट्वान्टी खेलमा प्लेयर अफ द म्याच घोषित भएका छन् । अमेरिकाको टेक्सास स्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा घरेलु टोलीलाई पराजित गर्न सानदार प्रदर्शन गरेका दीपेन्द्र म्यान अफ द म्याच भएका हुन् । ऐरीले अमेरिकाविरुद्धको खेलमा ब्याटिङ तर्फ १७ बलमा २ चौका र १ छक्काको […]

October 18, 2024

दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा नेपालले अमेरिकालाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शनमा अमेरिकाविरुद्धको पहिलो टि ट्वान्टीमा नेपालले जित हासिल गरेको छ । डालसस्थित ग्रान्ड प्रेरीमा भएको पहिलो टि ट्वान्टी आई खेलमा नेपालले अमेरिकामाथि १७ रनको जित हात पार्यो । यो जितसँगै नेपालले अमेरिकाविरुद्धको ३ खेलको टि ट्वान्टी आई सिरिजमा १-० को अग्रता बनाएको छ । दीपेन्द्रले ब्याटिङतर्फ १७ बलमा […]

October 18, 2024

श्रीलंकालाई वेस्ट इन्डिजविरुद्धको सिरिज

एजेन्सी – घरेलु टोली श्रीलंकाले वेस्ट इन्डिजविरुद्धको टि ट्वान्टी सिरिजमा जित हासिल गरेको छ । श्रीलंकाको दाम्बुलामा बिहीवार भएको तेस्रो तथा निर्णायक खेलमा वेस्ट इन्डिजमाथि ९ विकेटको सानदार जित दर्ता गर्दै घरेलु टोलीले सिरिजमा जित हात पारेको हो । तीन खेलको टि ट्वान्टी सिरिज घरेलु टोलीले २-१ ले जित हात पायो । पाहुना टोलीले दिएको […]

Success

Thank you for your time.