default_image

9 months ago

November 30, 2023

बागमती प्रदेशले महिला क्रिकेट छनोटको लागि २५ लाख दिने

327 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप महिला टि२० छनोट अन्तर्गत प्रदेश छनोटका लागि बागमती प्रदेशले २५ लाख रुपैयाँ प्रदान गर्ने भएको छ । बागमती प्रदेश खेलकुद विकास परिषद् ले बागमती प्रदेश क्रिकेट संघसँगको सहकार्यमा प्रधानमन्त्री कप महिला क्रिकेट छनोट प्रतियोगिता आयोजना गर्दैछ ।

बिहीबार एक विज्ञप्ती जारी गर्दै प्रदेश खेलकुद विकास परिषद्, बागमतीले प्रदेशले प्रदेश क्रिकेट संघसँग मिलेर तीन वटा प्रतियोगिता गर्न लागिएको जनाएकोछ । सम्झौताअनुरूप हुने बागमती प्रदेश प्रधानमन्त्री कप महिला क्रिकेट छनोट प्रतियोगिता, बागमती प्रदेश एलिट ट्रफी तथा बागमती प्रदेश द्वपक्षीय सिरिज आयोजना गर्नेछ ।

प्रदेश खेलकुद विकास परिषद्, बागमति प्रदेशका सदस्यसचिव सूर्यलाल भण्डारीले प्रदेश छनोटको तयारी पूरा भएको जानकारी दिएका छन् । प्रतियोगिताको सम्पूर्ण प्राविधिक व्यवस्थापन बागमती प्रादेशिक क्रिकेट संघले गर्ने भएको छ । यस प्रतियोगिताको लागि प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशले २५ लाख रुपैयाँ बजेट प्रदान गर्नेछ ।

छनोट प्रतियोगिताको उद्घाटनसँगै १० वटा खेलहरू चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशालामा र ६ वटा खेल मूलपानी क्रिकेट मैदानमा सञ्चालन हुने भएको छ । बागमती प्रदेश खेलकुद परिषद्ले क्रिकेट रंगशालालगायतका भौतिक पूर्वाधार निर्माणसँगै खेलाडीहको क्षमता विकासका लागि विभिन्न किसिमका तालिम तथा प्रतियोगिता सञ्चालन गर्ने योजना अनुरुप छनोट प्रतियोगिताका कार्यक्रम अगाडि बढाएको उल्लेख गरेको छ ।

आगामी मंसिर १५ गतेदेखि २९ गतेसम्म हुने प्रतियोगितामा ६४ खेलाडीको सहभागी हुनेछन् । प्रतियोगिताबाट छनोट परेका खेलाडीलाई आगामी पुष १ गतेदेखि हुने प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा र बागमती प्रदेशले फागुन २५ गतेदेखि आयोजना गर्ने प्रथम अन्तरप्रदेश राष्ट्रिय खेलकुदमा सहभागी गराइने विज्ञप्तीमा उल्लेख गरिएको छ । छनोट भएका टोलीले एपिएफ क्लबसँग मैत्रीपूर्ण सिरिज पनि खेल्नेछन् । उक्त सिरिज आगामी मंसिर २७, २८ र २१ गते हुनेछ ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.