default_image

9 months ago

November 30, 2023

एपिएफलाई हराउँदै मधेश पहिलो पटक फाइनलमा

6999 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मधेश प्रदेशले केपी ओली टि२० कपको दोस्रो सेमिफाइनल खेलमा नेपाल एपिएफ क्लबलाई ११ रनले हराउँदै पहिलो पटक फाइनलमा पुगेको छ । मधेश पहिलो पटक फाइनलमा पुगेको हो । उपाधिको लागि मधेशले आर्मीसँग खेल्नेछ ।

जितको लागि १ सय ९८ रनको विशाल विजयी लक्ष्य पछ्याएको एपिएफले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८६ रन बनायो । एपिएफका सन्दीप जोराले ३१ बलमा ३ चौका र ५ छक्कासहित ५४ रन बनाए । प्रदीप ऐरी ४२ बलमा ३ चौका र ४ छक्कासहित ५५ रनमा आउट भए । तेस्रो विकेटका लागि प्रदीप र सन्दीपले १ सय ६ रनको शतकीय साझेदारी गरेका थिए । तर अन्य नचल्दा जित्न सकेन ।

लोकेश बम १५ बलमा ३ चौका र २ छक्कासहित ३२, सुमित महर्जन १३, आसिफ शेख ४, अरुण ऐरी शून्य र पुरन बिक ४ रनमा आउट भए । मधेशका विशाल पटेलले ४ ओभरमा ३५ रन खर्चेर ३ विकेट लिए । प्रदीप पासवानले ४ ओभरमा ३७ रन खर्चेर २ विकेट लिए । कप्तान हरिशंकर शाहले ३ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि पोखरा रंगशालामा टस जितेर पहिला ब्याटिङ रोजेको मधेशले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९७ रन बनाएको थियो । मधेशको जितमा ओपनर अनिल शाहले ३६ बलमा २ चौका र ६ छक्कासहित ५७ रनको उत्कृष्ट इनिङ खेलेका थिए । शीर्षक्रमका ब्याटर इमरान शेखले ३२ बलमा ३ चौका र ४ छक्कासहित ५० रन बनाएका थिए ।

ओपनर तथा कप्तान हरिशंकर शाह १२ बलमा १ चौकासहित १० रनमा आउट भएका थिए । दोस्रो विकेटका लागि अनिल र इमरानले ९२ रनको साझेदारी गर्दै विशाल योगफलको आधार तय गरेका थिए । पवन सरार्फ १९ बलमा ४ चौका र २ छक्कासहित ३३ रनमा आउट भए । रुपेश सिंहले ८ बलमा ३ चौका र १ छक्कासहित २१ रन बनाए ।

हिमान्शु दत्त ७ बलमा २ चौका र १ छक्कासहित १५ तथा विशाल शुश्लिङ र मयन यादवले समान ४ रन बनाए । एपिएफका स्पिनर मौसम ढकालले ४ ओभरमा ४७ रन खर्चेर ३ विकेट लिए ।

अमरसिंह राउटेलाले ४ ओभरमा ३० रन खर्चेर २ विकेट लिए । मधेशले फाइनलमा शुक्रबार आर्मीसँग खेल्नेछ । आर्मीले पहिलो सेमिफाइनल खेलमा बागमती प्रदेशलाई ४ विकेटले हराएको थियो ।

मधेश पहिलो पटक फाइनलमा पुगेको हो । यसअघि गतवर्ष प्रधानमन्त्री कपमा सेमिफाइनल खेलेको थियो । प्रदेश संरचनामा गएपछि मधेश पहिलो पटक फाइनलमा पुगेको हो ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.