default_image

1 year ago

November 30, 2023

टि२० विश्वकप खेल्ने २० टोलीको नै टुङ्गो

12933 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी टि२० विश्वकप २०२४ मा सहभागिता जनाउने सबै २० टोलीको नै टुङ्गो लागेको छ । अफ्रिका छनोटबाट नामिबिया र युगान्डा छनोट भएसँगै विश्वकप खेल्ने सबै टोलीको टुङ्गो लागेको हो ।

विश्वकप आगामी २०२४ जुन ४ देखी ३० सम्म अमेरिका र वेस्टइन्डिज संयुक्त रुपमा आयोजना गर्नेछन् । उक्त विश्वकपमा नेपालसँगै अमेरिका, वेस्टइन्डिज, अष्ट्रेलिया, इंग्ल्यान्ड, भारत, नेदरल्यान्ड्स, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका, अफगानिस्तान, बंगलादेश, आयरल्यान्ड, स्कटल्यान्ड, पपुवा न्युगिनी, क्यानडा, ओमान, नामिबिया र युगान्डाले विश्वकप खेल्नेछन् ।

यसअघि टि२० विश्वकपमा १६ टोलीले खेल्दै आएका थिए । तर आइसिसीले चार टोलीको सङ्ख्या थप्दै २० पुर्याएको थियो ।नेपालले कोसँग खेल्छ समूह विभाजनपछि मात्रै थाहा हुनेछ । आइसिसीले हालसम्म समूह विभाजन गरेको छैन । २० टोलीलाई चार समूहमा विभाजन गर्नेछ । हरेक समूहमा पाँच टोली हुनेछन् ।

समूहमा एक टोलीले चार खेल खेल्न पाउनेछन् । जसबाट शीर्ष दुई टोलीले सुपर ८ मा स्थान बनाउनेछन् । सुपर ८ मा दुई समूहमा विभाजन गरिनेछ । शीर्ष दुई दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।

March 13, 2025

नेपाल फेरि पराजित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]

March 13, 2025

नेपालविरुद्ध युगाण्डाको प्रतिस्पर्धात्मक योगफल

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]

March 13, 2025

प्रज्वलको अर्धशतकमा लुम्बिनीको जित

काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]

Success

Thank you for your time.