default_image

9 months ago

November 30, 2023

मधेशको सानदार ब्याटिङसँगै एपिएफलाई फाइनलमा पुग्न विशाल लक्ष्य

5117 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मधेश प्रदेशले सानदार ब्याटिङको सहयोगमा केपी ओली टि२० कपको दोस्रो सेमिफाइनल खेलमा नेपाल एपिएफ क्लबलाई १ सय ९८ रनको विशाल लक्ष्य दिएको छ । पोखरा रंगशालामा टस जितेर पहिला ब्याटिङ रोजेको मधेशले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९७ रन बनायो ।

मधेशका ओपनर अनिल शाहले ३६ बलमा २ चौका र ६ छक्कासहित ५७ रनको उत्कृष्ट इनिङ खेले । इमरान शेख ३२ बलमा ३ चौका र ४ छक्कासहित ५० रनमा आउट भए ।

ओपनर तथा कप्तान हरिशंकर शाह १२ बलमा १ चौकासहित १० रनमा आउट भएका थिए । दोस्रो विकेटका लागि अनिल र इमरानले ९२ रनको साझेदारी गर्दै विशाल योगफलको आधार तय गरेका थिए । पवन सरार्फ १९ बलमा ४ चौका र २ छक्कासहित ३३ रनमा आउट भए । रुपेश सिंहले ८ बलमा ३ चौका र १ छक्कासहित २१ रन बनाए ।

हिमान्शु दत्त ७ बलमा २ चौका र १ छक्कासहित १५ तथा विशाल शुश्लिङ र मयन यादवले समान ४ रन बनाए । एपिएफका स्पिनर मौसम ढकालले ४ ओभरमा ४७ रन खर्चेर ३ विकेट लिए । अमरसिंह राउटेलाले ४ ओभरमा ३० रन खर्चेर २ विकेट लिए । यस खेलको विजेताले फाइनलमा शुक्रबार आर्मीसँग खेल्नेछ । आर्मीले पहिलो सेमिफाइनल खेलमा बागमती प्रदेशलाई ४ विकेटले हराएको थियो ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.