default_image

9 months ago

November 30, 2023

बागमतीलाई हराउँदै आर्मी फाइनलमा

8536 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले पोखरामा जारी केपी ओली टि२० कपको पहिलो सेमिफाइनल खेलमा बागमती प्रदेशलाई ४ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको छ । आर्मीले उपाधिको लागि दोस्रो सेमिफाइनलमा मधेश र एपिएफबीचको विजेतासँग खेल्नेछ ।

जितको लागि १ सय २८ रनको विजयी लक्ष्य पछ्याएको आर्मीले १५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । आर्मीको जितमा भीम सार्कीले ३५ बलमा ५ चौकासहित ३९ रन बनाए । सोमपाल कामी १४ बलमा १ छक्कासहित १५ रनमा नट आउट रहे ।

आर्मीलाई ओपनर तथा कप्तान विनोद भण्डारीले १२ बलमा ३ चौका र २ छक्कासहित २५ रन बनाउँदै राम्रो सुरुवात दिलाएका थिए । कुशल मल्ल ८ बलमा ४ छक्कासहित २७ रनमा आउट । सन्तोष कार्की ७, रोहित पौडेल शून्य र बसिर अहमद ५ रनमा आउट भए ।

बागमतीका कप्तान सन्दीप लामिछानेले ४ ओभरमा ३४ रन खर्चिदा २ विकेट लिए । प्रतिश जि.सी, ईशान पाण्डे, रित गौतम र सोनु देवकोटाले १-१ विकेट लिए ।

त्यसअघि पोखरा क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ रोजेको बागमतीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय २७ रन बनाएको थियो । बागमतीका प्रतिक श्रेष्ठ ३५ बलमा ३ चौका र ४ छक्कासहित ५० रनमा नट आउट रहे ।

सन्दीप लामिछाने २२ बलमा २ चौका र १ छक्कासहित १९, रित गौतम १४, ईशान पाण्डे १२ र गौरव खड्का ८ रनमा आउट भए ।

आर्मीका सोमपाल कामीले ४ ओभरमा २९ रन खर्चेर २ विकेट लिए । साहब आलमले ४ ओभरमा १ मेडनसहित १४ रन खर्चेर ४ विकेट लिए । विवेक यादवले १ विकेट लिए । केहि समयपछि दोस्रो सेमिफाइनलमा मधेश र एपिएफ भिड्नेछन् । फाइनल शुक्रबार हुनेछ ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.