11 months ago
November 29, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ को पहिलो सिरिज घरेलु मैदान टियुमा खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले हाम्रो खेलकुदसँग कुराकानी गर्दै फेब्रुअरीमा घरेलु मैदानमा खेल्ने बताए । तर कुन टोलीसँग खेल्ने आइसिसीले पक्का नगरेको पारस बताउँछन् ।
‘आइसिसी विश्वकप लिग–२ हामीले घरेलु मैदानमा फेब्रुअरीमा खेल्ने छौं । तर कुन टोलीसँग खेल्ने पक्का जानकारी आएको छैन । पक्का हुँदा बितिक्कै हामीले सार्वजनिक गछौं । फेब्रुअरीमा लिग-२ को खेल नेपालमा हुने चाहिँ पक्का छ’, पारस खड्काले हाम्रो खेलकुदसँग भने ।
फेब्रुअरी दोस्रो साता नेपाल, नेदरल्यान्ड्स र नामिबियाले खेल्ने चर्चाछ । तर आइसिसीले २०२४ देखी २०२७ सम्म हुने लिग–२ को रोडम्याप सार्वजनिक गरेको छैन । यस पटक देखी नेदरल्यान्ड्सले पनि लिग-२ नै खेल्नेछ । नेदरल्यान्ड्सले २०१९ देखी २०२३ सम्म १२ टेस्ट टोलीसँग सुपर लिग खेलेको थियो ।
तर सुपर लिगबाट नेदरल्यान्ड्सलाई लिग-२ मा खेलाउने आइसिसीले जनाएका छन् । लिग–२ मा नेपाल, युएई, ओमान, स्कटल्यान्ड, नेदरल्यान्ड्स, नामिबिया, अमेरिका र क्यानडा छन् ।
लिग–२ को ढाँचा, ओडिआई मान्यता निरन्तरता, विश्वकप छनोटमा सोझै कति टोली पुग्ने आइसिसीले कुनै जानकारी दिएको छैन । आइसिसीले २०२७ को विश्वकप रोडम्याप सार्वजनिक गर्दा यी सबै खुलाउनेछ । दुई साता अघि मात्रै भारतमा एकदिवसीय विश्वकप सम्पन्न भएको थियो ।
विश्वकप सम्पन्नपछि आइसिसीले खुलाउने अनुमान गरिएको छ । २०२७ को विश्वकप देखी १४ टोलीले प्रतिस्पर्धा गर्नेछन् । २०२७ को विश्वकप दक्षिण अफ्रिका, नामिबिया र जिम्बावेले आयोजना गर्नेछन् । २०२७ को विश्वकप ढाँचामा लिग-२ का खेलहरु पनि निर्भर हुनेछन् ।
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर इमरान शेखको अर्धशतकमा मधेश प्रदेशले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा मंगलवार मधेशले बागमती प्रदेशमाथि ४६ रनको जित हात पारेको छ । १ सय ४२ रनको लक्ष्य पछ्याएको बागमतीले ३९.४ ओभरमा अल आउट हुदै ९६ रन मात्र बनाउन सक्यो […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नरेन साउदको सानदार बलिङमा सुदूरपश्चिमले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । प्रतियोगिताको दोस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा सुदूरपश्चिमले मंगलवार कर्णाली प्रदेशलसई ५ विकेटले हराएको छ । ७५ रनको लक्ष्य सुदूरपश्चिमले १८.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमका नरेन भट्टले सर्वाधिक २८, युवराज खत्रीले […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – १९औं द हङकङ क्रिकेट सिक्सेसमा नेपालसँग खेल्ने इङ्ग्ल्याण्डको टोली घोषणा भएको छ । हङकङ सिक्सेसले प्रतियोगितामा सहभागिता जनाउने ७ सदस्यीय इङ्ग्ल्याण्ड टोलीको मंगलवार घोषणा गरेको हो । इङग्ल्याण्डको कप्तानी अलराउन्डर रवि भोपाराले गर्नेछन् । नेपालले आफ्नो पहिलो खेलमा कात्तिक १६ गते इङ्ग्ल्याण्डसँग खेल्नेछ । द हङकङ क्रिकेट सिक्सेसमा नेपाल, अस्ट्रेलिया र इङ्ग्ल्याण्ड […]