default_image

9 months ago

November 28, 2023

कोशीलाई हराउँदै आर्मी सेमिफाइनलमा

2997 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले पोखरामा जारी केपी ओली कप टि२० प्रतियोगितामा कोशी प्रदेशलाई ३९ रनले हराउँदै सेमिफाइनलमा स्थान बनाएको छ । दुबै खेलमा जितका साथ आर्मीले समूह डी को विजेताको रुपमा सेमिफाइनल खेल्ने भएको हो ।

जितको लागि १ सय ८७ रनको विजयी लक्ष्य पछ्याएको कोशी १८.२ ओभरमा १ सय ४७ रनमा अल आउट भयो । कोशीका ओपनर सोनु अन्सारीले ३३ बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक ४४ रन बनाए । समिर कार्कीले ३६ बलमा १ चौका र ४ छक्कासहित ३४, कप्तान अंकित सुवेदी डक र मिनाश थापा १६ रनमा आउट भए ।

सुजन थपलिया ११ बलमा ५ चौकासहित २१, कमल खत्री ८, श्रवण यादव ५ र फिर्दोस अन्सारी १ रनमा आउट भए । आर्मीका सोमपाल कामी र विवेक यादवले समान दुई विकेट लिए । जितेन्द्र मुखिया, बसिर अहमद, साहब आलम र रोहित पौडेलले १–१ विकेट लिए ।

त्यसअघि पोखरा रंगशालामा टस जितेर पहिला ब्याटिङ रोजेको आर्मीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८६ रन बनाएको थियो । आर्मीको जितमा भीम सार्कीले २४ बलमा ३ चौका र ५ छक्कासहित सर्वाधिक ५३ रनको योगदान दिए ।

आर्मीलाई युवा ओपनर सन्तोष कार्कीले ४१ बलमा ५ चौका र २ छक्कासहित ५० रन जोड्दै राम्रो सुरुवात दिलाएका थिए । अर्का ओपनर तथा कप्तान विनोद भण्डारी १६ बलमा १ चौका र २ छक्कासहित १७ तथा रोहित पौडेल १५ बलमा ३ चौकासहित २३ रनमा आउट भए ।

विवेक यादव १, सन्दीप रजाली र कुशल मल्ल ७(७ रनमा आउट भए । साहब आलम ८ र सोमपाल कामी ३ रनमा नट आउट रहे । कोशी प्रदेशका श्रवण यादवले ४ ओभरमा ३२ रन खर्चेर ३ विकेट लिए । कमल खत्रीले ४ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए । प्रकाश कार्की र सोनु मण्डलले एक एक विकेट लिए ।

सेमिफाइनल मंसिर १४ र फाइनल मंसिर १५ मा हुनेछ । पहिलो सेमिफाइनलमा बागमती र आर्मी भिड्नेछन् । दोस्रो सेमिफाइनलमा मधेश र एपिएफ खेल्नेछन् ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.