11 months ago
November 27, 2023
एजेन्सी – नेपाली मुलका युवा ब्याटर जय बिष्टले भारतको लिष्ट ए मान्यता प्राप्त विजय हजारे ट्रफीमा मुम्बईबाट रेलवेजविरुद्ध सानदार शतक हानेका छन् । बेंगलोरमा टस जितेर पहिला ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय २४ रन बनाएको थियो ।
ओपनर जय विष्टले १ सय ३७ बलमा १२ चौका र ३ छक्कासहित १ सय ४४ रनको सानदार अविजित शतकीय इनिङ खेलेका थिए ।
उनको शतकको सहयोगमा मुम्बईले रेल्वेजलाई २६ रनले हराएको थियो । उनको यो करिअरको हालसम्मको उत्कृष्ट प्रदर्शन हो ।
यस अघि जयले विजय हजारे ट्रफीमै २०२१ मा उत्तरखण्डबाट मेघालयविरुद्ध १ सय ४१ रनको शतकीय इनिङ खेलेका थिए । त्यो नै उनको यसअघि करिअरको उच्च प्रदर्शन थियो ।
मुम्बईको टोलीमा जय बाहेक कप्तान अजिंक्या रहाणेले ३ र शरफराज खानले ३८ रन बनाएका थिए ।
उनको पुख्यौली घर सुदूरपश्चिमको अछाममा हो ।
तर उनी बाल्यकालदेखी नै मुम्बईमा हुर्किएका हुन् । केहि महिना अघि नेपालमा पुख्यौली घर आएका थिए । उनले नेपालको नागरिता लिन इच्छुक समेत देखाउँदै आएका छन् । पछिल्लो समय उनले सामाजिक सञ्जालमा नेपाली दर्शकसँग कुराकानी पनि गर्ने गरेका छन् ।
नेपालमा आएर तत्काल फ्रेन्चाइज लिग खेल्ने सपना रहेको बताउँदै आएका थिए । तर बिसिसिआईले अनुमति नदिदा उनको त्यो सपना भने पूरा हुन सकेको छैन । भारतीय क्रिकेट बोर्ड बिसिसिआईले आफ्ना कुनैपनि खेलाडीलाई अन्य देशको विदेशी लिग खेल्न दिदैन ।
२७ वर्षीय जयले ३० प्रथम श्रेणीमा ४ शतक र ६ अर्धशतकसहित १७ सय १० रन बनाएका छन् । २८ लिष्ट ए खेलमा २ शतक र ८ अर्धशतकसहित १२ सय २१ रन बनाएका छन् । ३४ टि२० खेलमा १ हजार १ रन बनाई सकेका छन् ।
ओपनर जयले २०२१ र २२ मा उत्तरखण्डको कप्तानी गरेका थिए । ओपनरले उनले चोटका कारण दुई वर्ष भने अपेक्षा अनुसार राम्रो गर्न सकेका थिएनन् । तर उनी यस वर्षदेखी मुम्बई फर्किदै राम्रो प्रदर्शन गरेका छन् ।
मुम्बईमा स्टार खेलाडीको छायाँमा परेपछि उनी उत्तरखण्ड जाने निर्णय लिएका थिए । यशस्वी जैसवाल र सूर्यकुमार यादव भने भारतीय टोलीमा अष्ट्रेलियाविरुद्ध सिरिजको कारण मुम्बईको टोलीमा छैनन् ।
त्यस्तै चोटका कारण पृथ्वी शा पनि मुम्बईको टोलीमा छैनन् । पृथ्वी र जैसवाल नहुँदा जय पहिलो रोजाईको ओपनिङमा खेल्दै आएका छन् । उमेर समूह यु१६ र य१९ को क्रिकेट पनि जयले मुम्बईबाट नै खेलेका थिए ।
विजय हजारेमा भारतका ३८ टोलीबीच प्रतिस्पर्धा हुनेछ । भारतको लिष्ट ए मान्यता प्राप्त विजय हजारे, टि२० मान्यता प्राप्त शैद मुश्ताक अली ट्रफी र प्रथम श्रेणीको रुपमा रणजी ट्रफी छ । भारतीय टिम र आइपिएलमा यी तीन प्रतियोगिता प्रदर्शनलाई आधार टिम निर्माण गरिने गर्दछ । भारतका सबैभन्दा ठुलो घरेलु प्रतियोगिता समेत यी तीन हुन् ।
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर इमरान शेखको अर्धशतकमा मधेश प्रदेशले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा मंगलवार मधेशले बागमती प्रदेशमाथि ४६ रनको जित हात पारेको छ । १ सय ४२ रनको लक्ष्य पछ्याएको बागमतीले ३९.४ ओभरमा अल आउट हुदै ९६ रन मात्र बनाउन सक्यो […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नरेन साउदको सानदार बलिङमा सुदूरपश्चिमले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । प्रतियोगिताको दोस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा सुदूरपश्चिमले मंगलवार कर्णाली प्रदेशलसई ५ विकेटले हराएको छ । ७५ रनको लक्ष्य सुदूरपश्चिमले १८.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमका नरेन भट्टले सर्वाधिक २८, युवराज खत्रीले […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – १९औं द हङकङ क्रिकेट सिक्सेसमा नेपालसँग खेल्ने इङ्ग्ल्याण्डको टोली घोषणा भएको छ । हङकङ सिक्सेसले प्रतियोगितामा सहभागिता जनाउने ७ सदस्यीय इङ्ग्ल्याण्ड टोलीको मंगलवार घोषणा गरेको हो । इङग्ल्याण्डको कप्तानी अलराउन्डर रवि भोपाराले गर्नेछन् । नेपालले आफ्नो पहिलो खेलमा कात्तिक १६ गते इङ्ग्ल्याण्डसँग खेल्नेछ । द हङकङ क्रिकेट सिक्सेसमा नेपाल, अस्ट्रेलिया र इङ्ग्ल्याण्ड […]