default_image

11 months ago

November 26, 2023

अष्ट्रेलियामाथि भारतको लगातार दोस्रो जित

3541 views

0 Bookmark

एजेन्सी – घरेलु टोली भारतले टि२० सिरिज अन्तर्गत दोस्रो खेलमा अष्ट्रेलियामाथि ४४ रनको जित हात पारेको छ । योसँगै पाँच खेलको टि२० आई सिरिजमा भारतले २-० को अग्रता लिएको छ । जितको लागि २ सय ३६ रनको विशाल विजयी लक्ष्य पछ्याएको अष्ट्रेलिया निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ९१ रन बनायो ।

अष्ट्रेलियाका लागि मार्कस स्टोइनिसले २५ बलमा २ चौका र ४ छक्कासहित सर्वाधिक ४५ रन बनाए । टिम डेविडले २२ बलमा ४ चौका र २ छक्कासहित ३७ रन बनाए । एक समय ७.२ ओभरमा ५८(४ को अवस्थामा पुगेको अष्ट्रेलियालाई स्टोइनिस र डेविडले ३८ बलमा ८१ रनको साझेदारी गर्दै जितको सम्भावना देखाएका थिए । डेविड स्पिनर रवि विश्रोईको १४ औं ओभरको तेस्रो बलमा ऋतुराज गायकवाडबाट क्याच आउट भएपछि जितको सम्भावना लगभग सकिएको थियो ।

ओपनर स्टिभ स्मिथ र म्याथ्यु सर्टले १९-१९ रन बनाए । पहिलो खेलमा शतक बनाएका जोश इंग्लिस २ र ग्लेन म्याक्सवेल १२ रनमा आउट भएपछि दबाबमा परेको थियो । कप्तान म्याथ्यु वेड २३ बलमा १ चौका र ४ छक्कासहित ४२ रनमा नट आउट भए ।

भारतका स्पिनर रवि विश्रोईले ४ ओभरमा ३२ रन खर्चेर ३ विकेट लिए । प्रसिद्ध कृष्णाले ४ ओभरमा ४१ रन खर्चेर ३ विकेट लिए । अर्शलीप सिंह, अक्षर पटेल र मुकेश कुमारले एकएक विकेट लिए ।

त्यसअघि विशाखापट्नमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ३५ रन बनाएको थियो । भारतको जितमा ओपनर रितुराज गायकवाडले ४३ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ५८ रन बनाएका थिए ।

बायाँ हाते युवा ओपनर यशस्वी जैसवालले २५ बलमा ९ चौका र २ छक्कासहित ५३ रन बनाउदै उत्कृष्ट सुरुवात दिलाएका थिए । ओपनर रितुराज गायकवाड र जैसवालले पहिलो विकेटका लागि ५.५ ओभरमा ७७ रनमो आक्रामक साझेदारी गर्दै विशाल योगफलको आधार तय गरेका थिए ।

जैसवाल नाथन एलिसको बलमा एडम जाम्पाबाट क्याच आउट भए । दोस्रो विकेटका लागि रितुराज र इशान किशनले ५८ बलमा ८७ रनको साझेदारी गरेका थिए । इशान किशन ३२ बलमा ३ चौका र ४ छक्कासहित ५२ रनमा आउट भए । सुर्यकुमार यादव १० बलमा २ छक्कासहित १९ रनमा क्याच आउट भए ।

रिंकु सिँहले ९ बलमा ४ चौका र २ छक्कासहित ३१ रनमा नट आउट रहे । तिलक बर्मा २ बलमा १ छक्कासहित ७ रनमा नट आउट रहे ।

अष्ट्रेलियाका नाथन एलिसले ४ ओभरमा ४५ रन खर्चेर ३ विकेट लिए । मार्कस स्टोइनिसले १ विकेट लिए । भारत पहिलो खेलमा २ विकेटले विजयी भएको थियो । अव तेस्रो खेल मंगलबार गुवाहाटी, चौथो खेल शुक्रबार रैपुर र पाँचौं तथा अन्तिम खेल आइतबार बेंगलोरमा हुनेछ ।

October 18, 2024

दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा नेपालले अमेरिकालाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शनमा अमेरिकाविरुद्धको पहिलो टि ट्वान्टीमा नेपालले जित हासिल गरेको छ । डालसस्थित ग्रान्ड प्रेरीमा भएको पहिलो टि ट्वान्टी आई खेलमा नेपालले अमेरिकामाथि १७ रनको जित हात पार्यो । यो जितसँगै नेपालले अमेरिकाविरुद्धको ३ खेलको टि ट्वान्टी आई सिरिजमा १-० को अग्रता बनाएको छ । दीपेन्द्रले ब्याटिङतर्फ १७ बलमा […]

October 18, 2024

श्रीलंकालाई वेस्ट इन्डिजविरुद्धको सिरिज

एजेन्सी – घरेलु टोली श्रीलंकाले वेस्ट इन्डिजविरुद्धको टि ट्वान्टी सिरिजमा जित हासिल गरेको छ । श्रीलंकाको दाम्बुलामा बिहीवार भएको तेस्रो तथा निर्णायक खेलमा वेस्ट इन्डिजमाथि ९ विकेटको सानदार जित दर्ता गर्दै घरेलु टोलीले सिरिजमा जित हात पारेको हो । तीन खेलको टि ट्वान्टी सिरिज घरेलु टोलीले २-१ ले जित हात पायो । पाहुना टोलीले दिएको […]

October 18, 2024

अमेरिकाका दुवै ओपनर आउट

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले अमेरिकाका दुवै ओपनरलाई आउट गराएको छ । अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा जारी खेलमा अमेरिकाका दुवै ओपनर आउट भएका हुन् । पहिलो विकेटका रुपमा ओपनर साइतेजा मुककामल्ला करण केसीको बलमा कप्तान रोहितकुमार पौडेलबाट समातिए । उनी दोस्रो ओभरको पाँचौ बलमा २ रन बनाउँदै आउट भएका थिए । पहिलो विकेटका लागि […]

Success

Thank you for your time.