1 year ago
November 26, 2023
एजेन्सी – सानदार ब्याटिङको सहयोगमा भारतले दोस्रो टि२० आई खेलमा अष्ट्रेलियालाई २ सय ३६ रनको विशाल लक्ष्य दिएकोछ ।
विशाखापट्नमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ३५ रन बनायो ।
भारतका ओपनर रितुराज गायकवाडले ४३ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ५८ रन बनाए ।
भारतलाई युवा ओपनर यशस्वी जैसवालले २५ बलमा ९ चौका र २ छक्कासहित ५३ रन बनाउदै उत्कृष्ट सुरुवात दिलाएका थिए ।
ओपनर रितुराज गायकवाड र जैसवालले पहिलो विकेटका लागि ५.५ ओभरमा ७७ रनमो आक्रामक साझेदारी गरेका थिए ।
जैसवाल नाथन एलिसको बलमा एडम जाम्पाबाट क्याच आउट भए । दोस्रो विकेटका लागि रितुराज र इशान किशनले ५८ बलमा ८७ रनको साझेदारी गरेका थिए ।
इशान किशन ३२ बलमा ३ चौका र ४ छक्कासहित ५२ रनमा आउट भए । सुर्यकुमार यादव १० बलमा २ छक्कासहित १९ रनमा क्याच आउट भए ।
रिंकु सिँहले ९ बलमा ४ चौका र २ छक्कासहित ३१ रनमा नट आउट रहे । तिलक बर्मा २ बलमा १ छक्कासहित ७ रनमा नट आउट रहे ।
अष्ट्रेलियाका नाथन एलिसले ४ ओभरमा ४५ रन खर्चेर ३ विकेट लिए । मार्कस स्टोइनिसले १ विकेट लिए ।
February 5, 2025
भुपेन्द्र जि.सी. नेपाल क्रिकेट संघ (क्यान) ले यसै साता सामाजिक सञ्जाल मार्फत सिनियर पुरुष टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाईलाई धन्यावाद दिँदै बिदाइ गर्यो । नेपाली क्रिकेटलाई पछ्याउने सबै समर्थक र शुभचिन्तकका लागि उक्त घोषणा आश्चर्यको विषय थियो । किनभने उनले दुई वर्षमा दिएको नतिजाले सम्झौता नविकरण सहजै हुने धेरैको अनुमान थियो । मोन्टीको प्रशिक्षणमा नेपालले […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेपाल पहिलो जितको खोजीमा नेदरल्याण्ड्ससँग खेल्दैछ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा खेल बुधवार दिउँसो १२ः१५ बजे सुरु हुनेछ । दुवै टोली सिरिजमा तेस्रो पटक आमने सामने हुदैछन् । नेपाललाई पहिलो र दोस्रो भेटमा नेदरल्याण्ड्सले पराजित गरेको थियो । यस सिरिजमा भने दुवै टोलीको यो पाँचौ खेल […]
February 4, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर लोकेश बमको अर्धशतक सहयोगमा डिसिए धनगढीले अर्जुन ट्रफीमा दोस्रो जित हासिल गरेको छ । मंगलवारको दोस्रो खेमा बोष्टन क्रिकेट झापालाई ५ रनले हराउँदै डिसिएले सेमिफाईनलको सम्भावना बलियो बनाएको छ । बोष्टन भने लगातार दुई हारका साथ प्रतियोगिताबाट बाहिरिएको छ । धनगढीले दिएको १ सय ४४ रनको लक्ष्य पछ्याएको बोष्टनले निर्धारित २० […]