default_image

10 months ago

November 26, 2023

कुशलको शतकमा पुलिसको बलियो योगफल

13203 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – ओपनर कुशल भुर्तेलको सानदार शतकमा नेपाल पुलिस क्लबले केपी ओली कपमा मधेश प्रदेशलाई १ सय ७६ रनको बलियो लक्ष्य दिएकोछ ।

पोखरा रंगशालामा टस जितेर पहिला ब्याटिङ रोजेको पुलिसले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७५ रन बनायो ।

पुलिसका कुशल भुर्तेलले ५७ बलमा ८ चौका र ७ छक्कासहित १ सय २ रनको शतकीय इनिङ खेले । उनी केपी ओली कपमा शतक हान्ने पहिलो खेलाडी हुन् ।

पहिलो विकेटका लागि कुशल र सुनिल धमलाले १६ ओभरमा १ सय ३८ रनको साझेदारी गरेका थिए । कुशल विशाल शुश्लिङको १६ औं ओभरको अन्तिम बलमा कट एण्ड बोल्ड आउट भए ।

राशिद खान ३ रनमा शुश्व्लिङको बलमा क्याच आउट भए । सुनिल धमला ४७ बलमा ४ चौकासहित ४५ रनमा आउट भए ।
करण केसीले १६ र कप्तान आरिफ शेख ६ रनमा नट आउट रहे ।

मधेशका विशाल पटेलले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए । विशाल शुश्लिङले ३ ओभरमा १४ रन खर्चेर २ विकेट लिए ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.