11 months ago
November 23, 2023
काठमाडौँ (हाम्रो खेलकुद) – कप्तान सन्दिप लामिछाने र ओपनर रित गौतमको उत्कृष्ट प्रदर्शनमा बागमती प्रदेशले केपि ओली टि२० कपमा विजयी सुरुवात गरेकोछ । पोखरामा आज देखि सुरु भएको प्रतियोगितामा बागमतीले मदन भन्डारी स्पोर्ट्स एकेडेमी रेडलाई १ सय ९ रनले हराएको हो ।
पोखरा क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८४ रन बनाएको थियो ।
बागमतीका युवा ब्याटर रित गौतमले ५३ बलमा ८ चौका र ३ छक्कासहित ७४ रनको प्लेयर अफ द म्याच इनिङ खेले ।
अर्का ओपनर सुभ कान्साकार २२ बलमा ४ चौका र १ छक्कासहित २७, इशान पाण्डे डक, प्रतिक श्रेष्ठ १४, प्रतिश जिसि ९ र सन्दिप लामिछाने १८ रनमा आउट भए । सन्दीपले ४ बलमा ३ छक्का हानेका थिए ।
रेडका बिप्रसन के सिले ३ ओभरमा ३९ रन खर्चेर ३ विकेट लिए । सन्देश थापा र सन्तोष यादवले १-१ विकेट लिए ।
जितको लागि १ सय ८५ रनको विजयी लक्ष्य पछ्याएको रेड १४.२ ओभरमा ७५ रनमा अल आउट भयो ।
उस्का लागि अमर मिश्र र विजय प्रजापतिले सर्वाधिक १३-१३ रन बनाए । निर्मल थापाले १० र सन्तोष यादवले १२ रन वनाए । अन्यले दोहोरो अंकमा रन छुन सकेनन् ।
बागमतीका सन्दीप लामीछानेले ४ ओभरमा १६ रन खर्चेर ४ विकेट लिए । सुवास खत्रीले २.२ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए । प्रतिशले २ र रिजन ढकालले १ विकेट लिए ।
मंसिर १५ सम्म चल्ने प्रतियोगितामा १२ टोली छन् ।
समूह ए मा बागमती, कर्णाली, मदन भन्डारी स्पोर्ट्स एकेडेमी रेड छन् । समूह बि मा एपिएफ, गण्डकी र लुम्बिनी प्रदेश छन् । समूह सि म नेपाल पुलिस क्लव, सुदुरपश्चिम प्रदेश र मधेश प्रदेश छन् । समूह डि मा आर्मी, कोशी र मदन भन्डारी स्पोर्ट्स एकेडेमी ब्लु छन् । हरेक समुह शिर्ष टोली सेमिफाइनल खेल्ने छन् ।
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर इमरान शेखको अर्धशतकमा मधेश प्रदेशले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा मंगलवार मधेशले बागमती प्रदेशमाथि ४६ रनको जित हात पारेको छ । १ सय ४२ रनको लक्ष्य पछ्याएको बागमतीले ३९.४ ओभरमा अल आउट हुदै ९६ रन मात्र बनाउन सक्यो […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नरेन साउदको सानदार बलिङमा सुदूरपश्चिमले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । प्रतियोगिताको दोस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा सुदूरपश्चिमले मंगलवार कर्णाली प्रदेशलसई ५ विकेटले हराएको छ । ७५ रनको लक्ष्य सुदूरपश्चिमले १८.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमका नरेन भट्टले सर्वाधिक २८, युवराज खत्रीले […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – १९औं द हङकङ क्रिकेट सिक्सेसमा नेपालसँग खेल्ने इङ्ग्ल्याण्डको टोली घोषणा भएको छ । हङकङ सिक्सेसले प्रतियोगितामा सहभागिता जनाउने ७ सदस्यीय इङ्ग्ल्याण्ड टोलीको मंगलवार घोषणा गरेको हो । इङग्ल्याण्डको कप्तानी अलराउन्डर रवि भोपाराले गर्नेछन् । नेपालले आफ्नो पहिलो खेलमा कात्तिक १६ गते इङ्ग्ल्याण्डसँग खेल्नेछ । द हङकङ क्रिकेट सिक्सेसमा नेपाल, अस्ट्रेलिया र इङ्ग्ल्याण्ड […]