11 months ago
November 22, 2023
एजेन्सी – अष्ट्रेलिया विश्व क्रिकेटको सर्वाधिप्रक सफल टोली हो । आइसिसी प्रतियोगितामा अष्ट्रेलियाले लगातार प्रदर्शन गर्दै आएकोछ ।
विश्वकपमा अष्ट्रेलियाले राज गर्दै आएकोछ । अष्ट्रेलियाले पुरुष, महिला र यु१९ मा गरेर हालसम्म २३ विश्वकप जितेकोछ ।
अष्ट्रेलियाले ६ एक दिवसीय विश्वकप, एक टि२० विश्वकप, महिला एकदिवसीय विश्वकप ७, महिला टि२० विश्वकप ६ र यु१९ विश्वकप ३ गरि कुल २३ विश्वकप उपाधि जितेकोछ ।
अष्ट्रेलियाले सन् १९८७, १९९९, २००३, २००७, २०१५ र २०२३ मा विश्वकप जितेको थियो । टि२० विश्वकप २०२१ मा जितेको थियो ।
महिला टोलीले एकछत्र राज गरेकोछ । महिला तर्फ १९७८, १९८२, १९८८, १९९७, २००५, २०१३ र २०२२ मा विश्वकप उपाधि जितेको थियो ।
महिलातर्फ टि२० विश्वकप २०१०, २०१२, २०१४, २०१८, २०२० र २०२२ मा जितेको थियो ।
त्यस्तै यु१९ टोलीले १९८८, २००२ र २०१० मा विश्वकप उपाधि जितेको थियो ।
सिनियर टोलीले २००६ र २००९ मा च्याम्पियन्स ट्रफीको उपाधि जितेको थियो ।
यसै वर्ष टेस्ट च्याम्पियनसिपको फाइनलमा भारतलाई हराउँदै उपाधि जितेको थियो । सम्रग रुपमा अष्ट्रेलियासँग आइसिसीको २६ ट्रफी छन् ।
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर इमरान शेखको अर्धशतकमा मधेश प्रदेशले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा मंगलवार मधेशले बागमती प्रदेशमाथि ४६ रनको जित हात पारेको छ । १ सय ४२ रनको लक्ष्य पछ्याएको बागमतीले ३९.४ ओभरमा अल आउट हुदै ९६ रन मात्र बनाउन सक्यो […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नरेन साउदको सानदार बलिङमा सुदूरपश्चिमले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । प्रतियोगिताको दोस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा सुदूरपश्चिमले मंगलवार कर्णाली प्रदेशलसई ५ विकेटले हराएको छ । ७५ रनको लक्ष्य सुदूरपश्चिमले १८.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमका नरेन भट्टले सर्वाधिक २८, युवराज खत्रीले […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – १९औं द हङकङ क्रिकेट सिक्सेसमा नेपालसँग खेल्ने इङ्ग्ल्याण्डको टोली घोषणा भएको छ । हङकङ सिक्सेसले प्रतियोगितामा सहभागिता जनाउने ७ सदस्यीय इङ्ग्ल्याण्ड टोलीको मंगलवार घोषणा गरेको हो । इङग्ल्याण्डको कप्तानी अलराउन्डर रवि भोपाराले गर्नेछन् । नेपालले आफ्नो पहिलो खेलमा कात्तिक १६ गते इङ्ग्ल्याण्डसँग खेल्नेछ । द हङकङ क्रिकेट सिक्सेसमा नेपाल, अस्ट्रेलिया र इङ्ग्ल्याण्ड […]