1 year ago
November 21, 2023
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका स्टार स्पिनर सन्दीप लामिछानेको कप्तानीमा बागमती प्रदेशले पोखरामा हुने केपि ओलि कप टि२० प्रतियोगिता खेल्ने टोली घोषणा गरेकोछ ।
सिनियर टोलीका सन्दीप र प्रतिश जि. सिलाई समेट्दै टोली घोषणा गरेकोछ । नेपाली टोलीबाट खेली सकेका इशान पाण्डे पनि टोलीमा छन् ।
नेपालको टोलीमा परि सकेका युवा स्पिनर सुर्य तामाङ भने टोलीमै अट्न सकेनन् ।
बागमती प्रदेशले २७ खेलाडी बन्द प्रशिक्षणमा बोलाउँदै १४ सदस्य टोली बोलाएको हो ।
सन्दिपले २०२१ को इपिएलपछि पहिलो पटक घरेलु क्रिकेट खेल्न लागेका हुन् । त्यो समय उनले काठमाडौ किंग्स ११बाट कप्तानी गरेका थिए । त्यसै वर्ष काठमाडौ मेयर्स कपमा मेयर ११ को कप्तानी गरेका थिए । सन्दिप विदेशी लिगमा ब्यस्त हुदा घरेलु खेल्नी गरेका थिएनन् ।
मदन भण्डारी स्पोटर्स एकेडेमी केन्द्रीय कमिटीको आयोजनामा मंसिर ८ देखि १५ गतेसम्म पोखरा रंगशालामा क्रिकेट प्रतियोगिता हुनेछ ।
समूह ए मा बागमती, कर्णाली, मदन भन्डारी स्पोर्ट्स एकेडेमी रेड छन् । समूह बि मा एपिएफ, गण्डकी र लुम्बिनी प्रदेश छन् । समूह सि म नेपाल पुलिस क्लव, सुदुरपश्चिम प्रदेश र मधेश प्रदेश छन् । आर्मी, कोशी र मदन भन्डारी स्पोर्ट्स एकेडेमी ब्लु छन् । हरेक समुह शिर्ष टोली सेमिफाइनल खेल्ने छन् ।
प्रतियोगितामा विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । म्यान अफ द सिरिजले नगद ३० हजार, बेस्ट बलरले नगद २० हजार र म्यान अफ द म्याचले नगद ५ हजार रूपैयाँ नगद प्राप्त गर्ने छन् ।
बागमतीको टोली :
सन्दीप लामिछाने( कप्तान), शुभ कान्साकार, आषुतोश घिरैया, रित गौतम, गौरव खड्का(विकेटकिपर), रोशन विक, प्रतीक श्रेष्ठ, सोनु देवकोटा, इशान पान्डे, सुवाश खत्री, प्रतिश जिसि, रामनरेश गिरि र दिपेश श्रेष्ठ ।
December 19, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा कर्णाली याक्सलाई हराउँदै जनकपुर बोल्ट्स फाइनलमा पुगेको छ । बिहीवार भएको दोस्रो क्वालिफायर खेलमा जनकपुर २ विकेटका जितका साथ फाइनल प्रवेश गरेको हो । कर्णालीले दिएको १ सय १९ रनको सामान्य लक्ष्य जनकपुरले १९ ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो । जनकपुरको जितमा जेम्स निशमले सर्वाधिक […]
December 19, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को फाइनलमा स्थान बनाउँन जनकपुर बोल्ट्सले कर्णाली याक्सबाट सामान्य लक्ष्य पाएको छ । जारी दोस्रो क्वालिफायरमा जनकपुरले कर्णालीबाट १ सय १९ रनको लक्ष्य पाएको हो । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १८ रनको सामान्य योगफल […]
December 19, 2024
काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी एसिसी यु १९ महिला एसिया कपमा नेपाल र श्रीलंकाबीचको सुपर फोरको खेल वर्षाका कारण नतिजा विहीन भएको छ । नेपाल र श्रीलंकाबीचको खेल बिहीवार वर्षाका कारण नतिजा विहीन भएको हो । यसका साथै दुवै टोलीले १-१ अंक बाडेका छन् । नेपालले समूह ए को उपविजेता बन्दै सुपर फोरमा स्थान बनाएको […]