default_image

1 year ago

November 20, 2023

अष्ट्रेलियाले भारतलाई हराउँदै विश्वकप जित्नुको पाँच कारण

5232 views

0 Bookmark

एजेन्सी – अष्ट्रेलियाले आइसिसी विश्वकप २०२३ को फाइनलमा घरेलु टोली भारतलाई ६ विकेटले हराउँदै उपाधि जित्यो । अष्ट्रेलियाले छैटौं पटक विश्वकपको उपाधी जितेको हो ।

जितको लागि २ सय ४१ रनको प्रतिस्पर्धात्मक लक्ष्य पछ्याएको अष्ट्रेलियाले ४३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो ।

अष्ट्रेलियालाई जिताउन ओपनर ट्रविस हेडले १ सय २० बलमा १५ चौका र ४ छक्कासहित १ सय ३७ रनको सानदार शतकीय इनिङ खेले । मार्नस लाबुसेन ११० बलमा ४ चौकासहित ५८ रनमा अविजित रहे ।

एक समय ४७-३ को अवस्थामा पुगेको अष्ट्रेलियालाई च्याम्पियन बनाउन चौथो विकेटका लागि लाबुसेन र हेडले १ सय ९२ सानदार शतकीय साझेदारी गर्दै च्याम्पियन बनाएका थिए ।

त्यसअघि नरेन्द्र मोदि स्टेडियम अहमदाबादमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारत निर्धारित ५० ओभरमा २ सय ४० रनमा अल आउट भएको थियो ।

सुरुवाती दुई खेल हारपछी धेरैले अष्ट्रेलिया आलोचना गरेका थिए । कप्तान प्याट कमिन्सले कप्तानी छाड्नु पर्ने आवाज समेत उठेको थियो । तर अष्ट्रेलियाले आफ्नो च्याम्पियन शैलीमा पुनरागमन गर्दै उपाधी जित्यो । अष्ट्रेलियाले विश्वकप जित्नुको पाँच कारण यस प्रकार छन् ।

५. बिग म्याच प्लेयरको बाहुल्यता

अष्ट्रेलियाले उपाधी जित्नुको मुख्य कारण टोलीमा बिग म्याच खेलाडीको बाहुल्यता हुनु हो । त्यसैले विश्वकपमा लगातार सानदार प्रदर्शन गर्दै आएकोछ ।

डेविड वार्नर, मिचेल मार्श, ट्रविस हेड, ग्लेन म्याक्सवेल, मार्नस लाबुसेन, मिचेल स्टार्क, प्याट कमिन्स लगायत सबै बिग म्याच प्लेयर हुन् ।

हेडले फाइनलमा शतक हान्दै जिताए । सेमिफाइनलमा दक्षिण अफ्रिकाविरुद्ध अर्धशतक हान्नुको साथै २ विकेट लिएका थिए ।

पाँच महिना अघि टेस्ट च्याम्पियनसिपमा भारतलाई फाइनलमा २ सय ९ रनले हराउन हेडले १ सय ६३ रन बनाएका थिए ।

ग्लेन म्याक्सवेलले अफगानिस्तानविरुद्ध ९१-७ को अवस्थाबाट २ सय १ रनको अदभूत दोहोरो शतक हान्दै जिताएका थिए । डेविड वार्नर र मिचेल मार्शले लिगका खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।

मिचेल स्टार्कले सेमिफाइनल र फाइनल दुबैमा समान तीन विकेट लिए । सबै खेलाडीले राम्रो खेले । प्याट कमिन्सको पनि फाइनलमा उत्कृष्ट बलिङ रह्यो । लिगमा कमिन्सको बलिङ त्यति राम्रो थिएन ।

अष्ट्रेलियामा नक आउटमा राम्रो गर्ने खेलाडी छन् । त्यसैको कारण च्याम्पियन बन्यो । भारतले उपाधी जित्न नसक्नुको मुख्य कारण नै टोलिमा बिग म्याच प्लेयर नहुनु हो ।

विराट कोहली, रोहित शर्मा, लोकेश राहुल, जस्पित बुमराह जस्ता विश्व स्टार खेलाडी टोलीमा छन् । तर विग म्याचमा सधैं यी खेलाडीको प्रदर्शन कम्जोर हुने गर्दछ ।

बिग म्याचमा राम्रो गर्ने खेलाडी हुँदा अष्ट्रेलिया च्याम्पियन बन्दै आएकोछ ।

. कमिन्सको फाइनलमा बहादुरी निर्णय र उत्कृष्ट कप्तानी

टोलीमा स्टिभ स्मिथ जस्ता उत्कृष्ट कप्तान हुँदा कमिन्सले टोलीको कप्तानी गरेका थिए । सुरुवाती दुई हारले झनै आलोचना खेपे ।

धेरैले स्मिथलाई कप्तानी दिनुपर्ने बताएका थिए । कमिन्सलाई प्लेइङ ११ मै स्थान बनाउन कठिन पर्ने देखिएको थियो । उनको प्रदर्शनले त्यो स्वभाविक थियो ।

तर कमिन्सले फाइनलमा भारतविरुद्द उत्कृष्ट कप्तानी र प्रदर्शन गरे । टस जित्ने कप्तानले पहिला ब्याटिङ गर्ने अनुमान गरिएको थियो । फाइनलमा टस जितेर कमै मात्रमा बलिङ रोझ्ने गर्दछन् ।

कमिन्सले धेरैलाई आश्चर्य पार्दै बलिङ रोजे । त्यो बहादुरी निर्णय जितको एक कारण थियो । भारतलाई कम रनमा रोक्दै लक्ष्य पूरा गर्ने यो नै सबैभन्दा राम्रो उपाय हो । दोस्रो इनिङमा शीतको कारण विकेट लिन गाह्रो हुने उने राम्रोसँग बुझेका थिए ।

यस विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका कोहली र श्रेयस ऎरको विकेट लिएका थिए । बलिङ परिवर्तन र फिल्डिङ सजावट पनि त्यतिनै उत्कृष्ट रह्यो । अष्ट्रेलियाले सेमिफाइनल र फाइनलमा आफ्नो पुरानो शैलीमा उत्कृष्ट फिल्डिङ गरेको थियो ।

अर्कोतर्फ हरेक भारतीय ब्याटरविरुद्ध विशेष योजना बनाएका थिए ।

. टिममा एक अर्काको विश्वास हुनु र पहिलो प्राथमिकतामा राष्ट्रिय टोली

सुरुवाती दुई हारले अष्ट्रेलिया खेलाडीले धेरै आलोचना खेप्नु परेको थियो । तर उनिहरुलाई आफ्नो टिममा पुर्ण विश्वास थियो ।

अष्ट्रेलिया प्रमुख ४ बलरका साथ खेलेको थियो । यो आफैमा जोखिम निर्णय थियो । पाँचौ बलरमा म्याक्सवेललाई विश्वास गरेको थियो । म्याक्सवेलले अदभूत ब्याटिङ मात्रै होईन स्पिन बलिङ पनि प्रतियोगिताभर उत्कृष्ट गरे ।

उनले कुनैपनी खेलमा पाँचौ बलरको आवस्यकता महसुस गर्न दिएनन्। फाइनलमा रोहित शर्माको विकेट लिदै टनिङ प्वाइन्ट गराए ।

मार्नस लाबुसेनको स्थानमा मार्कस स्टोइनिसलाई खेलाउनु पर्ने माग उठ्दै आएको थियो । तर तिनै लबुसेन फाइनल जिताउन उत्कृष्ट साझेदारी गरे ।

हेड चोटका कारण सुरुवातमा खेलेका थिएनन् । तर उनलाई टोलिमा फर्किन पर्याप्त समय दियो । उनी नै नक आउटमा हाबी भए । खेलाडीमा विश्वास देखाउनु जितको एक कारण रह्यो ।

अर्कोतर्फ राष्ट्रिय भावना पनि हो । अष्ट्रेलिया खेलाडी ब्यक्तिगत भन्दापनी टोलीलाई बढी विश्वास राख्छन् । त्यसैको कारण टोलीको माग अनुसार खेल्ने गर्छन् ।

प्याट कमिन्स, जोश हेजवलड, स्टिभ स्मिथ र स्टार्कले आइपिएल नखेलेर विश्वकपमा ध्यान केन्दित गर्ने बताएका थिए ।

आइपिएल अक्सनमा करोडौं मूल्य सहजै त्याग गरेका थिए । स्टार्कले २०१५ पछी आइपिएल खेलेका छैनन् । जसले गर्दा देशको लागि ट्रफी जित्न हर प्रयास गर्ने गर्दछन् ।

२. उत्कृष्ट ब्याटिङ लाइनप

अष्ट्रेलिया ब्याटिङ लाइनअप उत्कृष्ट छ । त्यही ब्याटिङको कारण च्याम्पियन बनेको हो । अष्ट्रेलिया ओपनर डेविड वार्नर र हेड थिए । तेस्रो नम्बरमा मिचेल मार्श । यी ३ ब्याटर विस्फोटरुपमा रन जोड्न बढी रुचाउँछन् ।

पावर प्लेमा त्यो सबैभन्दा राम्रो समय पनि हो । चौथो र पाँचौ नम्बरमा स्टिभ स्मिथ र मार्नस लाबुसेन छन् । जसले टोलीको इनिङ विकाश गर्ने गर्दछन् । टोलीको आवस्यकता अनुसार ब्याटिङ शैली अपनाउने गर्दछन् ।

सुरुवातमा विकेट जादा अर्को एन्डबाट जोगाउने गर्दछन् । छैटौं नम्बरमा ग्लेन म्याक्सवेल छन् । म्याक्सवेल एक्लै खेल जिताउन सक्छन् । सातौँ नम्बरमा विकेटकिपर जोश इंग्लिस छन् ।

सात मध्य एक मैदानमा रहे सजिलै खेल जिताउन सक्छन् । प्याट कमिन्स पनि राम्रो ब्याटिङ गर्दछन् । भारतमा राम्रो खेल्न स्पिन राम्रो खेल्नुपर्छ ।

स्मिथ, म्याक्सवेल, लाबुसेन, हेड, वार्नर र मार्श सबै राम्रो स्पिन खेल्ने गर्दछन् । त्यसैको कारण अष्ट्रेलियाले थप राम्रो खेलेको हो । अफगानिस्तानविरुद्ध म्याक्सवेल र हेडले राम्रो खेल्नु मुख्य कारण त्यही थियो ।

टोलीमा आक्रमक र संयमित खेल्ने दुबै ब्याटर छन् । त्यसैले गर्दा विश्वकप जित्न सहज भयो । अधिकाम्स टोलीमा एक दुई प्रमुख ब्याटर आउट हुँदा संघर्ष गरेका थिए । भारत पनि कोहली र रोहितमा निर्भर बढि थियो । तर अष्ट्रेलिया एक दुई प्रमुख ब्याटर आउट भएपनि बिना दबाब खेल्ने ब्याटिङ लाइनअप हुँदा उत्कृष्ट क्रिकेट खेलेको थियो ।

१.नक आउटमा राम्रो गर्ने संस्कार

अष्ट्रेलिया खेलाडी जति दबाब त्यतिनै राम्रो क्रिकेट खेल्ने गर्दछन् । लगातार विश्वकप जित्दा उनिहरुको नक आउटमा राम्रो खेल्ने संस्कार नै बनेकोछ ।

नक आउटमा अष्ट्रेलियालाई हराउन कुनैपनी टोलीलाई सबैभन्दा मुश्किल काम हो । लिगमा जति खराब खेलेपनी नक आउटमा अष्ट्रेलिया आफ्नो लयमा आउँछ । यो उनीहरुको संस्कार नै हो ।

ठुला सर्ट र विस्फोटक ब्याटिङको कुरा गर्दा अष्ट्रेलिया अग्रस्थानमा आउँछ । जस्तो सुकै अवस्थामा पनि आफ्नो क्रिकेट खेल्न छाड्नन् । भारतले सुरुवाती तीन विकेट गुमाएपछी चौका र छक्का नै प्रहार गर्न निकै संघर्ष गरेको थियो ।

१० ओभरपछी अर्को चौका हान्न ९८ बल खेल्नु परेको थियो । तर अष्ट्रेलियाले सुरुवातमै तीन विकेट गुमाएपनी लगातार प्रहार गरेको थियो ।

अष्ट्रेलियालाई फाइनल र सेमिफाइनलमा कसरी खेल्ने राम्रोसँग थाहाछ । त्यसैको कारण लगातार राम्रो गर्दै आएका छन् ।

भारत, न्युजिल्यान्ड र दक्षिण अफ्रिका लगायतका टोली नक आउटको दबाबमा राम्रो खेल्न सक्दैनन् । अन्य देशमा पनि विश्वस्टार खेलाडी छन् । तर नक आउटको दबाबले राम्रो खेल्न सक्दैनन् । त्यसैको कारण उपाधी जित्न सकेका छैनन् ।

March 14, 2025

बुमराहले आइपिएलका केही खेल गुमाउने

एजेन्सी – चोटका कारण मुम्बई इन्डियन्सका तीव्र गतिका बलर जसप्रित बुमराहले इण्डियन प्रिमियर लिग (आईपीएल) सुरुवाती केही खेल गुमाउने भएका छन् । बेंगलोरस्थित बिसिसिआईको सेन्टर अफ एक्सिलेन्समा मेडिकल टिमको स्वीकृतिमा बुमराह अप्रिलको सुरुसम्ममा टोलीमा सामेल हुने अपेक्षा गरिएको छ । गत जनवरी ४ मा सिड्नीमा भएको बोर्डर–गावस्कर ट्रफी टेस्टका क्रममा बुमराहको ढाडको तल्लो भागमा चोट […]

March 14, 2025

नेपालले टस हार्यो

काठमाडौं(हाम्रो खेलकुद)- युगाण्डामा जारी वुमेन्स डे कप टि ट्वान्टी आई सिरिजमा नेपालले हङकङविरुद्धको खेलमा टस हारेको छ । हङकङकी कप्तानले टस जितेर नेपाललाई बलिङको निम्तो दिएकी हुन् ।

March 13, 2025

नेपाल फेरि पराजित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]

Success

Thank you for your time.