default_image

11 months ago

November 19, 2023

भारतको विश्वकप जित्ने सपनामा अष्ट्रेलिया फेरि तगारो

1493 views

0 Bookmark


एजेन्सी – भारतको विश्वकप जित्ने सपनामा अष्ट्रेलिया फेरि बाधक बनेकोछ । अष्ट्रेलियाले घरेलु टोली भारतलाई ६ विकेटले हराउदै आइसिसी विश्वकप २०२३ को उपाधि जितेकोछ ।

पछिल्लो दुई दशकमा अष्ट्रेलियाले तेस्रो पटक भारतलाई नकआउटमा स्तब्ध पारेको हो । २००३ को फाइनलमा अष्ट्रेलियाले भारतलाई १ सय २५ रनले हराएको थियो । २०१५ को सेमिफाइनल खेलमा भारतलाई ९५ रनले हराएको थियो ।

अष्ट्रेलियाले यसअघि १९९८७, १९९९, २००३,२००७ र २०१५ मा विश्वकपको उपाधी जितेको थियो । अष्ट्रेलियाले २०२१ मा टि२० विश्वकप उपाधी जितेको थियो।

भारतले १९८३ र २०११ मा विश्वकप उपाधी जितेको थियो । भारतले २०१३ मा च्याम्पियन ट्रफी जितेपछि कुनैपनी आइसिसी उपाधी जितेको छैन ।

यसै वर्ष टेस्ट च्याम्पियनसिपको फाइनलमा अष्ट्रेलियाले भारतलाई हराउँदै उपाधी जितेको थियो । अष्ट्रेलियालाई उपाधी जिताउन ट्रविस हेडले १ सय ३७ रनको सानदार शतकीय इनिङ खेले ।

टेस्ट च्याम्पियनसीप फाइनलमा पनि भारतलाई हराउन हेडले १ सय ६३ रनको शतकीय इनिङ खेलेका थिए । जारी विश्वकपमा भारतले लिगमा सबै खेल जितेको थियो ।

लिगमा अष्ट्रेलियाले ६ विकेटले हारेको थियो । औंलामा चोटका कारण हेड भने लिगमा भारतविरुद्द खेलेका थिएनन् ।

October 18, 2024

दीपेन्द्र प्लेयर अफ द म्याच घोषित

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी अमेरिकाविरुद्धको पहिलो टि ट्वान्टी खेलमा प्लेयर अफ द म्याच घोषित भएका छन् । अमेरिकाको टेक्सास स्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा घरेलु टोलीलाई पराजित गर्न सानदार प्रदर्शन गरेका दीपेन्द्र म्यान अफ द म्याच भएका हुन् । ऐरीले अमेरिकाविरुद्धको खेलमा ब्याटिङ तर्फ १७ बलमा २ चौका र १ छक्काको […]

October 18, 2024

दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा नेपालले अमेरिकालाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शनमा अमेरिकाविरुद्धको पहिलो टि ट्वान्टीमा नेपालले जित हासिल गरेको छ । डालसस्थित ग्रान्ड प्रेरीमा भएको पहिलो टि ट्वान्टी आई खेलमा नेपालले अमेरिकामाथि १७ रनको जित हात पार्यो । यो जितसँगै नेपालले अमेरिकाविरुद्धको ३ खेलको टि ट्वान्टी आई सिरिजमा १-० को अग्रता बनाएको छ । दीपेन्द्रले ब्याटिङतर्फ १७ बलमा […]

October 18, 2024

श्रीलंकालाई वेस्ट इन्डिजविरुद्धको सिरिज

एजेन्सी – घरेलु टोली श्रीलंकाले वेस्ट इन्डिजविरुद्धको टि ट्वान्टी सिरिजमा जित हासिल गरेको छ । श्रीलंकाको दाम्बुलामा बिहीवार भएको तेस्रो तथा निर्णायक खेलमा वेस्ट इन्डिजमाथि ९ विकेटको सानदार जित दर्ता गर्दै घरेलु टोलीले सिरिजमा जित हात पारेको हो । तीन खेलको टि ट्वान्टी सिरिज घरेलु टोलीले २-१ ले जित हात पायो । पाहुना टोलीले दिएको […]

Success

Thank you for your time.