default_image

10 months ago

November 19, 2023

हेडको शतक, अष्ट्रेलिया जिततर्फ लम्कदै

1189 views

0 Bookmark

एजेन्सी – ओपनर ट्राभिस हेडले शतक प्रहार गरेपछि अष्ट्रेलिया आइसीसी क्रिकेट विश्वकप २०२३ को फाइनलमा भारतविरुद्ध जिततर्फ लम्किएको छ ।

जितको लागि २ सय ४१ रनको प्रतिस्पर्धात्मक लक्ष्य पछ्याएको अष्ट्रेलिया ७ ओभर सकिँदा ३ विकेट गुमाउँदै ४७ रन बनाएको थियो । तर चौथो विकेटका लागि हेड र मार्नस लाबुसेनले उत्कृष्ट साझेदारी गर्दै अष्ट्रेलियालाई विश्वकप उपाधि नजिक पुर्याएका हुन् ।

हेडले शतक प्रहार गर्ने क्रममा ९४ बलमा १४ चौका र १ छक्का प्रहार गरे । सुरुवातमा इनिङ सम्हाल्दै खेलेका उनले पछिल्लो केही ओभरमा भने आक्रामक ब्याटिङ गर्दै शतक पूरा गरेका हुन् । जारी विश्वकपमा उनको यो दोस्रो शतक हो ।

अष्ट्रेलिया हाल ३४ ओभरमा ३ विकेट गुमाएर १ सय ८५ रनको स्थितिमा छ । लाबुसेन ४१ रन र हेड १ सय रन जोडेर खेलिरहेका छन् । अष्ट्रेलियालाई अब जितका लागि ९६ बलमा ५६ रन आवश्यक छ ।

लक्ष्य पछ्याउने क्रममा आक्रामक ब्याटिङ गरेका ओपनर डेविड वार्नर दोस्रो ओभरमै आउट भए । मोहम्मद शामीको पहिलो बलमै एज लागेर उनी स्लिपमा विराट कोहली हातबाट ७ रनमा क्याच आउट भए ।

मिचेल मार्श पाँचौ ओभरको तेस्रो बलमा १६ रन जोड्दै जस्पित बुमराहको बलमा विकेटकिपर लोकेश राहुलबाट क्याच आउट भए । उनले १५ बलमा १ चौका र १ छक्का हाने ।

बुमराहको सातौं ओभरको अन्तिम बलमा स्टिभ स्मिथ चार रनमा एलबीडब्लू आउट भए ।

त्यसअघि नरेन्द्र मोदि स्टेडियम अहमदाबादमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा २ सय ४० रनमा अल आउट भएको थियो ।

भारतका लोकेश राहुलले १ सय ७ बलमा १ चौकासहित सर्वाधिक ६६ रन बनाए । विराट कोहलीले ६३ बलमा ४ चौकासहित ५३ रन जोडे । कप्तान रोहित शर्माले ३१ बलमा ४ चौका र ३ छक्कासहित ४७ रन बनाए । अन्य कुनैपनी ब्याटरले राम्रो गर्न सकेनन्।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.