1 year ago
November 19, 2023
एजेन्सी – आइसिसी विश्वकप २०२३ को फाइनलमा आज घरेलु टोली भारत र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो २: १५ मा नरेन्द्र मोदि स्टेडियम अहमदाबादमा सुरु हुनेछ ।
अपराजित रहदै फाइनल खेलेको भारत तेस्रो उपाधि जित्न चाहन्छ । विश्वकपको सर्वाधिक सफल अष्ट्रेलिया छैटौं उपाधी जित्ने सोचमा हुनेछ ।
भारतले सन् १९८३ र २०११ मा उपाधी जितेको थियो । २००३ को फाइनलमा अष्ट्रेलियासँग भारतले हारेको थियो । अष्ट्रेलिया आठौं पटक फाइनल खेल्दैछ । अष्ट्रेलियाले १९८७,१९९९,२००३,२००७ र २०११ मा उपाधी जितेको थियो ।
खेलमा प्रमुख खेलाडीको प्रदर्शन निकै महत्त्वपूर्ण हुन्छ । उनिहरुको प्रदर्शनले अन्य खेलाडीको मनोबलमा समेत असर पर्ने गर्दछ । विश्वकपको फाइनल खेलमा दुबै टोलीमा स्टार खेलाडी छन् । तर केही यस्ता खेलाडी छन् जस्ले एक्लै टोलीको जित सहज बनाउन सक्ने खुबी राख्छन् । फाइनलमा सुपर हिरो बन्न सक्ने दुबै टोलीको तीन तीन खेलाडी यस प्रकार छन् ।
विराट कोहली (भारत)
भारतीय विराट कोहली यस विश्वकपमा सर्वाधिक रन बनाउने खेलाडी हुन् । उनले १० खेलमा ३ शतकसहित ७ सय ११ रन बनाएका छन् ।
कोहली दबाबमा टोलीलाई सम्हाल्ने ब्याटर हुन् । ओडिआईमा सर्वाधिक ५० शतक हान्ने कोहलीले २०११ को विश्वकप देखि हालसम्म थुप्रै कठिन खेल जिताएका छन् ।
घरेलु मैदान र दर्शकमा खेल्न झन खुशी हुनेछन् । सम्भव त अन्तिम ५० ओभरको विश्वकप खेलेको हुँदा उनी उपाधी जित्न चाहन्छन् ।
पछिल्लो दुई विश्वकपको सेमिफाइनलमा ब्यहोरेको हारको पीडा अहिले मेटाउन खोज्ने छन् । सेमिफाइनलमा न्युजिल्यान्डविरुद्ध १ सय १७ रन बनाएका थिए । उनी सुरुवातमा विकेटमा समय विताएपछी हतपत विकेट गुमाउँदैनन् ।
ग्लेन म्याक्सवेल
म्याक्सवेल विकेटमा हुनसम्म असम्भव केही पनि हुँदैन । उनिसँग अदभूत क्षमता छ । मैदानको हरेक भागमा सजिलै रन बनाउन सक्छन् । क्लिन हिटर उनी स्पिनर सामु झनै ठुला ठुला शर्ट प्रहार गर्ने गर्दछन् ।
स्विचहिट हेर्न अझ लायक हुनेछ । म्याक्सवेल उच्च लयमा पनि छन् । अफगानिस्तानलाई हराउन उनले ९१-७ को अवस्थाबाट २ सय १ रनको दोहोरो शतक हानेका थिए । नेदरल्यान्डविरुद्ध ४० बलमै शतक हानेका थिए ।
स्पिनर रबिन्द्र जडेजा र कुलदिप यादवको बलमा म्याक्सवेल कसरी खेल्छन त्यसले अष्ट्रेलिया योगफल निर्धारण हुन सक्छ । अष्ट्रेलियालाई च्याम्पियन बनाउन उनले उत्कृष्ट प्रदर्शन गर्नुपर्छ । म्याक्सवेल ब्याटिङ मात्रै होईन बलिङमा स्पिनरको भुमिका निर्वाह गर्नुपर्ने हुन्छ ।
मिचेल स्टार्क
तिव्र गतिका बलर मिचेल स्टार्कलाई विश्वकपको बलर समेत भन्ने गरिन्छ । २०१५ र २०१९ को विश्वकपमा उनी सर्वाधिक विकेट लिने बलर हुन् । नयाँ बलका साथ उनको स्विङ बल निकै महत्त्वपूर्ण हुनेछ ।
भारतिय ब्याटर स्विङ बलमा संघर्ष गर्दै आएका छन् । भारतले सुरुवातमा विकेट नगुमाएको खण्डमा सजिलै विशाल योगफल बनाउन सक्छ । मिचेलले आफ्नो स्विंङ र योर्करका साथ सुरुवातमा विकेट लिन सके खेलमा टोलीलाई हाबी बनाउन सक्छन् ।
मोहम्मद शामी
भारतलाई अपराजित रहदै फाइनलमा पुर्याउन शामीको भुमिका निकै महत्वोपुर्ण छ । हार्दिक पान्ड्या घाइते भएपछि उनले टोलीमा खेल्ने मौका पाएका थिए । शामीले ६ खेलमा २३ विकेट लिदै शिर्ष स्थानमा छन् ।
सेमिफाइनलमा न्युजिल्यान्डलाई हराउन उनले एक्लै ७ विकेट लिएका थिए । शामीले स्विंङका साथ विकेट लिएका छन् । उच्च लयमा हुँदा मनोबल पनि फरक हुनेछ ।
भारतलाई च्याम्पियन बनाउन उनको बलिङ आज निकै महत्त्वपूर्ण हुनेछ । अन्यथा भारतलाई उपाधी जित्न कठिन देखिन्छ ।
डेविड वार्नर
अष्ट्रेलिया बायाँ हाते ओपनर डेविड वार्नर बिग म्याच प्लेयर हुन् । विश्वकपमा उनले लगातार राम्रो गर्दै आएका छन् । वार्नरले १० खेलमा २ शतकका साथ ५ सय २८ रन बनाएका छन् ।
वार्नर सुरुवातमा आक्रमण शर्ट खेल्ने गर्दछन् । उनी चलेको खण्डमा ठुलो इनिङ खेल्दै सजिलै विशाल योगफल बनाउन सक्छन् । उनले राम्रो खेल्दा मिचेल मार्श र ग्लेन म्याक्सवेलले थप आक्रमण क्रिकेट खेल्न सक्छन् ।
रोहित शर्मा
भारतले ब्याटिङमा उत्कृष्ट प्रदर्शन गर्दा कप्तान रोहित शर्माको भुमिका महत्त्वपूर्णछ । रोहितले आक्रमक रुपमा रन जोड्दा त्यसपछिका ब्याटरले सहजै रन जोड्दै आएका छन् ।
त्यसैको कारण टोलीले विशाल योगफल बनाउदै आएकोछ । उनी सुरुवातमा आउट हुँदा टोली समस्यामा पर्नेछ । तर उनी टिकेको खण्डमा सजिलै विशाल योगफल बनाउन सक्छ ।
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]