default_image

10 months ago

November 19, 2023

जापानविरुद्ध पनि नेपाली ब्याटरको संघर्ष

1460 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले चार देश सम्मीलित महिला टि२० आई सिरिजमा तेस्रो स्थानको लागि जापानविरुद्ध मध्यम सुरुवात गरेको छ ।

टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले सुरुवाती १० ओभरमा २ विकेट गुमाउँदै ४७ रन बनाएको छ । कुनै पनि ब्याटरले खुलेर रन बनाउन सकेका छैनन् ।

ओपनर पुजा महतो २१ बलमा १२ तथ बिन्दु रावल १० बलमा १ चौकासहित १२ रनमा खेलेकी छिन् ।

नेपालले ओपनर सीता रानामगरलाई पाँच रनमा गुमाएको थियो । एरिका क्विइनको दोस्रो ओभरको पहिलो बलमा एलबीडब्लू आउट भएकी थिइन् ।

कप्तान इन्दु बर्मा २१ बलमा १ चौकासहित १२ रनमा क्याच आउट भैइन् । उनी आयुमी फुजिकावाको बलमा कियोबाट समातिन पुगेकी थिइन् ।

नेपाल लिगमा तान्जानियासँग २७ र हङकङसँग ९ विकेटले पराजित हुँदै फाइनलबाट बाहिरिएको थियो । अन्तिम खेलमा जापानलाई ६७ रनले हराएको थियो ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.