default_image

10 months ago

November 19, 2023

विश्वकप : उपाधिको लागि भारत र अष्ट्रेलिया भिड्दै

1374 views

0 Bookmark

एजेन्सी – आइसिसी विश्वकप २०२३ को फाइनलमा आज घरेलु टोली भारत र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो २: १५ मा नरेन्द्र मोदि स्टेडियम अहमदाबादमा सुरु हुनेछ ।

अपराजित रहदै फाइनल खेलेको भारत तेस्रो उपाधी जित्न चाहन्छ । विश्वकपको सर्वाधिक सफल अष्ट्रेलिया छैटौं उपाधी जित्ने सोचमा हुनेछ ।

भारतले सन् १९८३ र २०११ मा उपाधी जितेको थियो । २००३ को फाइनलमा अष्ट्रेलियासँग भारतले हारेको थियो । अष्ट्रेलिया आठौं पटक फाइनल खेल्दैछ ।

अष्ट्रेलियाले १९८७,१९९९,२००३,२००७ र २०११ मा उपाधी जितेको थियो । भारत एक दशक देखि उपाधिको खडेरी तोड्न चाहन्छ । भारतले पछिल्लोपटक २०१३ मा च्याम्पिन्स ट्रफीको उपाधी जितेको थियो । त्यसपछिका कुनैपनी आइसिसीको उपाधि जितेको छैन ।

घरेलु मैदानमा यो राम्रो अवसर हो । विराट कोहली र मोहम्मद शामीको प्रदर्शन निकै महत्त्वपूर्ण हुनेछ । कोहली यस विश्वकपमा सर्वाधिक रन बनाउने खेलाडी हुन् ।

उनले १० खेलमा ३ शतकसहित ७ सय ११ रन बनाएका छन् । अष्ट्रेलियाको उत्कृष्ट बलिङ आक्रमण सामु कोहलीको रन अति आवश्यक देखिन्छ । कप्तान रोहित शर्माले उत्कृष्ट सुरुवात दिलाउदै आएका छन् ।

उनको सुरुवातले टोलीका अन्य ब्याटर बिना दबाब खेल्दै आएका छन् । श्रेयस ऎले पछिल्ला दुई खेलमा लगातार शतक हानेका छन ।

स्पिनर सामु लगातात हाबी हुँदै आएका छन । शुभमन गिल र लोकेश राहुलले पनि राम्रो खेल्दै आएका छन् । फिनिसरमा सुर्यकुमार यादव र रविन्द्र जडेजा हुनेछन् ।

अष्ट्रेलिया ब्याटरलाई तिव्र गतिका बलर खेल्न त्यति कठिन हुने छैन । अहमदाबादको पिचमा स्पिनर हाबी हुनसक्छन् । जडेजा र कुलदिप यादवको बलिङ भारतको लागि निकै महत्त्वपूर्ण हुनेछ ।

मोहम्मद शामीले जारी विश्वकपमा उत्कृष्ट बलिङ गरेकाछन । सेमिफाइनलमा न्युजिल्यान्डलाई हराउन शामीले एक्लै ७ विकेट लिएका थिए । जारी विश्वकपमा शामीले मात्रै ६ खेलमा २३ विकेट लिदै शिर्ष स्थानमा छन् । बुमराह पनि घातक बन्न सक्ने बलर हुन् ।

उता अष्ट्रेलियालाई फाइनलमा हराउन जुनसुकै टोलीलाई कठिन पर्छ । ओपनर डेविड वार्नर र ट्रविस हेड ओपनर हुन् । जारी विश्वकपमा वार्नरले ५ सय भन्दा बढि रन बनाएका छन् । वार्नरले दबाब र फाइनल खेलमा सधैं राम्रो गर्ने गर्दछन । हेडको भुमिका आक्रमण सुरुवात हुनेछ ।

यी दुई ओपनरको सुरुवातले अन्यलाई खेल्न सहज हुन सक्छ । तेस्रो नम्बरमा मिचेल मार्श हुनेछन् । मार्श लिगमा बंगलादेशविरुद्ध १ सय ७७ रन बनाएका थिए । उनी चलेको खण्डमा सहज उपाधी दिलाउने खुबी राख्छ्न् । चौथो नम्बरमा स्टिभ स्मिथ हुनेछन् ।

स्मिथबाट जारी विश्वकपमा अपेक्षा अनुसार रन आएको छैन ।

ग्लेन म्याक्सवेल प्रमुख हतिहार हुन् । अष्ट्रेलिया टोलीमा स्पिन सबैभन्दा राम्रो खेल्ने खेलाडी हुन्

अफगानिस्तानलाई हराउन एक सय ९१-७ बाट २ सय १ रनको अविजित इनिङ खेलेका थिए । अष्ट्रेलिया आज त्यस्तै अदभूत प्रदर्शन चाहन्छ । म्याक्सवेल राम्रो लयमा पनि छन् । नेदरल्यान्डविरुद्ध विश्वकप इतिहासकै सर्वाधिक छिटो ४० बलमा शतक हानेका थिए ।

ब्याटिङ मात्रै होईन स्पिन बलिङ पनि महत्त्वपूर्ण हुनेछ । म्याक्सवेलले एडम जाम्पालाई साथ दिनेछन् । जाम्पा १० खेलमा २२ विकेट लिदै दोस्रो स्थानमा छन् । जाम्पा र म्याक्सवेलले मध्यक्रममा विकेट लिनुपर्छ ।

अष्ट्रेलियाले मार्नस लाबुसेनको स्थानमा मार्कस स्टोइनिसलाई मौका दिनसक्छ ।


मिचेल स्टार्क र जोश हेजवलवुडको ओपनीङ बलिङ आक्रमण महत्त्वपूर्ण हुनेछ । नया बलका साथ लिगमा भारतलाई १०-३ को दयनीय अवस्थामा पुर्याएका थिए। त्यही अवस्थामा कोहलीले जिवनदान पाएका थिए ।

स्टार्क २०१५ र २०१९ को विश्वकपमा सर्वाधिक विकेट लिने बलर हुन् । बिग म्याच बलरको रुपमा चिनिन्छन् । इनस्विङ बल भारतीय ब्याटरको कमजोरी हो । स्टार्क त्यो कमजोरीमा हाबी हुन सक्नेछन् । हेजलवुडको स्विङ खेल्न सहज हुनेछैन ।

हेड टु हेड :

विश्वकपमा यी दुई देशबीच १३ खेल भएका छन् । भारत ५ खेलमा विजयी हुँदा ८ खेलमा पराजित भएकोछ । जारी विश्वकपमा भारत ६ विकेटले विजयी भएको थियो ।

परिवर्तनको सम्भावना :

भारतको टोलीमा कुनै परिवर्तनको सम्भावना छैन । अष्ट्रेलियाले मार्नस लाबुसेनको स्थानमा मार्कस स्टोइनिसलाई खेलाउन सक्ने सम्भावना छ ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.