default_image

10 months ago

November 18, 2023

जापानमाथि नेपालको सहज जित

1907 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले चार देश सम्मिलित टि-२०आई महिला सिरिज अन्तर्गत राउण्ड रोबिनको अन्तिम खेलमा जापानमाथि ६७ रनको सहज जित हासिल गरेको छ ।

नेपालले प्रस्तुत गरेको १ सय १४ रनको लक्ष्य पछ्याएको जापान निर्धारित २० ओभरमा १० विकेट गुमाउँदै ४६ रनमा समेटियो । नेपालका लागि स्पिनर संगीता राईले ५ विकेट लिइन् । जापानका लागि मेग ओगाबाले २९ बलमा २ चौकासहित १७ रन बनाइन् । यस्तै सेइका सुमिले १६ बलमा १ चौका सहित १३ रन बनाइन् । अन्य कुनै व्याटरले भने दोहोरो अङ्क समेत छुन सकेनन् ।

नेपालका लागि अश्मिना कर्माचार्यले ४ ओभरमा १० रन दिँदै सर्वाधिक ४ विकट लिइन् । यस्तै संगीता राइले ३ ओभरमा मात्र ५ रन दिँदै ३ विकट लिइन् । यस्तै पूजा महतोको नाममा २ विकट रह्यो। उनले ३ ओभरमा १ मेडन ओभर सहित २ रन मात्र दिएको थिइन् । डेब्यु खेल खेलिरहेकी सोनी पाख्रिनले ४ ओभरमा ८ रन मात्र दिइन् तर कुनै विकट लिन सकिनन् । यस्तै सुमन विष्ट र रुबिना क्षत्री पनि विकट विहिन रहे ।

पहिले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकट गुमाउँदै ११३ रन बनायो । नेपालका लागि पूर्व कप्तान रुविना क्षेत्रीले ३२ बलमा ५ चौकासहित सर्वाधिक ३८ रन बनाइन् । चार नम्बरमा ब्याटिङ गर्न आएकी रुबिना अन्तिम ओभरमा आउट भएकी थिइन् ।

नेपाली ओपनरहरुले भने सुस्त सुरुवात दिएका थिए । पूजा महतोले २९ बलमा १ चौकासहित १३ रन बनाइन् । यस्तै अर्को ओपनर सीता राना मगरले २० बलमा १ चौकासहित ९ रन बनाइन् ।

कप्तान इन्दु वर्माले ३१ बलमा २ चौका सहित २७ रनको पारी खेलिन् । यस्तै काजल श्रेष्ठ ७ बलमा ३ चौकासहित १५ रन बनाउँदै अविजित रहिन्। अश्मिना कर्माचार्य १ रनमा नट आउट रहिन् ।

जापानका लागि एलेना कुसुडा-नाइर्नले ४ ओभरमा २४ रन खर्चिदै सर्वाधिक २ विकट लिइन् । यस्तै मेग ओगावाले ३ ओभरमा १ विकट लिँदै २१ रन दिइन् । आयुमी फुजिकावाले ४ ओभरमा १९ रन लिँदै १ विकट नै लिइन् ।

नेपाल पहिलो दुई खेलमा पराजित हुँदै सिरिजको फाइनल खेलमा दौड बाट बाहिरिसकेको थियो । नेपाल ३ खेलमा १ जित सहित तेस्रो स्थानमा रहन सफल भएको छ । नेपाल पहिलो खेलमा तान्जानिया विरुद्ध २७ रनले पराजित हुँदा दोस्रो खेलमा भने घरेलु टोली हङकङ विरुद्ध ९ विकेटले हार बेहोरेको थियो ।

नेपालले भोलि तेस्रो स्थानको लागि हुने प्लेअफमा जापान विरुद्ध नै खेल्नेछ । जापान अंक बिहिन हुँदै पुछारमा रहेको छ ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.