default_image

10 months ago

November 16, 2023

मिलरको शतकमा अष्ट्रेलियालाई फाइनलमा पुग्न मध्यम लक्ष्य

2661 views

0 Bookmark

एजेन्सी – मध्यक्रमका ब्याटर डेविड मिलरको शतकमा दक्षिण अफ्रिकाले आईसीसी विश्वकप २०२३ को दोस्रो सेमिफाइनल खेलमा अस्ट्रेलियालाई २ सय १३ रनको मध्यम लक्ष्य दिएको छ ।

इडेन गार्डेन कोलकातामा टस जितेर पहिला ब्याटिङ रोजेको दक्षिण अफ्रिका ४९.४ ओभरमा २ सय १२ रनमा अल आउट भयो ।

दक्षिण अफ्रिकाको लागि डेविड मिलरले १ सय १६ बलमा ८ चौका र ५ छक्कासहित १ सय १ रनको सानदार शतकीय इनिङ खेले । मिलर बाहेक अन्य ब्याटरको प्रदर्शन भने राम्रो हुन सकेन ।

हेनरिक क्लासेनले ४८ बलमा ४ चौका र २ छक्कासहित ४७ रनमा आउट भए ।

एक समय २४-४ को अबस्थामा पुगेको टोलीलाई मिलर र क्लासेनले पाँचौ विकेटका लागि ९५ रनको महत्त्वपूर्ण साझेदारी गरेका थिए ।

मिचेल स्टार्कको पहिलो ओभरको अन्तिम बलमा कप्तान टेम्भा बभुमा शुन्यमा विकेटकिपर जोश इंग्लिसबाट क्याच आउट भए ।


यस विश्वकपमा चार शतक हानेका क्विन्टन डि कक ३ रनमा क्याच आउट भए । जोश हेजलवुडको छैटौं ओभरको चौथो बलमा ठूलो शर्टको धुनमा बल हाइ जादा प्याट कमिन्सले उत्कृष्ट क्याच लिएका थिए ।

स्टार्कको ११ औं ओभरको पाँचौ बलमा एडेन माक्ररम १० रनमा डेविड वार्नरबाट क्याच आउट भए । हेजलवुडको अर्को ओभरमा रास्सी भान डर डुसेन ६ रनमा स्टिभ स्मिथबाट क्याच आउट भएपछि दक्षिण अफ्रिका ११.५ ओभरमा २४-४ को दयनीय अवस्थामा पुगेको थियो ।

त्यसपछि मिलर र हेनरिक क्लासेनले १ सय १३ बलमा ९५ रनको साझेदारी गर्दै खेलमा फर्काएका थिए ।
स्पिनर ट्रविस हेडको ३१ औं ओभरको चौथो बलमा क्लासेन बोल्ड आउट भए । लगत्तै अर्को बलमा मार्को यानसन एलबीडब्लू आउट भए ।

जेराल्ड कोट्जी ३९ बलमा २ चौकासहित १९ रनमा क्याच आउट भए । प्याट कमिन्सको सर्ट बलमा उनी विकेटकिपर जोश इंग्लिसबाट क्याच आउट भए । उनले मिलरसँग मिलेर सातौं विकेटका लागि ५३ रनको साझेदारी गरेका थिए ।

अष्ट्रेलियाका प्याट कमिन्सले ३ विकेट लिए । ट्रविस हेडले ५ ओभरमा २१ रन खर्चेर २ विकेट लिए । मिचेल स्टार्कले १० ओभरमा ३५ रन खर्चेर ३ विकेट लिए । जोश हेजलवुडले ८ ओभरमा ३ मेडनसहित १२ रन खर्चेर २ विकेट लिए ।

यश खेलको विजेताले उपाधिको लागि आइतबार भारतसँग खेल्नेछ ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.