1 year ago
November 16, 2023
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका स्टार स्पिनर सन्दीप लामिछानेले अर्को सातादेखी पोखरामा हुने केपि ओलि कप टि२० प्रतियोगिता खेल्ने भएका छन् ।
सन्दिपले बागमती प्रदेशबाट उक्त प्रतियोगिता खेल्ने भएका हुन् । बागमती प्रदेशले २७ खेलाडी बन्द प्रशिक्षणमा बोलाउदा सन्दिप पनि टोलिमा छ्न् ।
सम्भव त सन्दिपले टोलीको कप्तानी गर्नेछन् ।
बागमतीको टोलिमा सन्दिप र प्रतिश जिसि नेपाली टोलिबाट खेली सकेका खेलाडी छन् । सिनियर टोलिमा परि सकेका सुर्य तामाङ पनि टोलिमा छन् ।
सन्दिपले २०२१ को इपिएलपछि पहिलो पटक घरेलु क्रिकेट खेल्न लागेका हुन् । त्यो समय उनले काठमाडौ किंग्स ११बाट कप्तानी गरेका थिए । त्यसै वर्ष काठमाडौ मेयर्स कपमा मेयर ११ को कप्तानी गरेका थिए । सन्दिप विदेशी लिगमा ब्यस्त हुदा घरेलु खेल्नी गरेका थिएनन् ।
मदन भण्डारी स्पोटर्स एकेडेमी केन्द्रीय कमिटीको आयोजनामा मंसिर ६ देखि १६ गतेसम्म पोखरा रंगशालामा क्रिकेट प्रतियोगिता हुनेछ ।
प्रतियोगितामा ७ प्रदेशका ७ टिम, विभागीय टिमहरु नेपाल पुलिस, नेपाल आर्मी, एपिएफ र मदन भण्डारी स्पोर्टस एकेडेमीको एक गरी ११ टिमको सहभागिता रहनेछ ।
प्रतियोगितामा विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । म्यान अफ द सिरिजले नगद ३० हजार, बेस्ट बलरले नगद २० हजार र म्यान अफ द म्याचले नगद ५ हजार रूपैयाँ नगद प्राप्त गर्ने छन् ।
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा भईरहेको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट प्रतियोगितामा बोष्टन क्रिकेट झापाले घोडाघोडी-११ माथि राेमाञ्चक जित हात पारेको छ । बुधवार भएको दिनको दोस्रो खेलमा बोष्टनले घोडाघोडी- ११ माथि १ रनको रोमाञ्चक जित हासिल गर्यो । यो हारसँगै घोडाघोडी-११ समूह चरणबाटै बाहिरिएको छ । बोष्टनले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा बुधवार नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले १० विकेटले पराजित भएको छ । सिरिजमा नेपालको यो लगातार पाचौं हार हो ।१ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट रहँदै सर्वाधिक […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – शुभ कसांकारको अर्धशतकको सहयोगमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट एक्सिलेन्स क्रिकेट सेन्टर(सिइसी) काठमाडौंले पहिलो जित हासिल गरेको छ । बुधवार भएको दिनको पहिलो खेलमा सिइसीले न्यु होराइजन बुटवललाई ६ विकेटले पराजित गरेको हो । न्यु होराइजनले दिएको १ सय १ रनको लक्ष्य सिइसीले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]