default_image

10 months ago

November 16, 2023

हङकङसँग पराजित हुँदा नेपालको फाइनल सम्भावना समाप्त

1906 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाल चार देशसम्मीलित महिला टि२० आई सिरिजमा हङकङसँग ९ विकेटले पराजित भएको छ । लज्जास्पद ब्याटिङका साथ लगातार दोस्रो हारसँगै नेपाल एक खेल अगावै फाइनल खेल्ने सम्भावना समाप्त भएको छ ।

जितको लागि ५७ रनको सामान्य विजयी लक्ष्य पछ्याएको हङकङले ९ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । हङकङको जितमा नताशा मिल्स २२ बलमा ४ चौकासहित ३० रनमा नट आउट रहिन ।

शान्जिन शाहजाद २७ बलमा ३ चौकासहित २० रनमा नट आउट रहिन् । मारिको हिल ५ रनमा रन आउट भैइन्

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल १८ ओभरमा ५६ रनमा अल आउट भएको थियो । नेपालकी रुबिना बेलबासेले ३० बलमा ४ चौकासहित सर्वाधिक २५ रन बनाईन् ।

सीता रानामगरले १३ बलमा २ चौकासहित ९ रन वनाईन् । नेपालका १० खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

ओपनर पुजा महतो ४, सम्झन खड्का, बिन्दु रावल र कन्चन श्रेष्ठ १-१ रनमा आउट भए । रोमा थापा १९ बलमा ७ रनमा नट आउट रहिन । कप्तान इन्दु बर्मा, काजोल श्रेष्ठ र अस्मिना कर्माचार्यले खाता खोल्न सकेनन् ।

हङकङकी इकार सहारले ४ ओभरमा १ मेडनसहित ३ विकेट लिईन् । रुचिथा वेंकटेशले २, मारिको हिल र केरि चान बेट्टी चानले १-१ विकेट लिए ।

नेपाल पहिलो खेलमा तान्जानियासँग २७ रनले पराजित भएको थियो । नेपालले अन्तिम खेल शनिबार जापानसँग खेल्नेछ ।

सुरुवाती दुबै खेल जितेका हङकङ र तान्जानियाले आइतबार फाइनल खेल्ने छन् । आइतबार नेपालले तेस्रो स्थानको लागि जापानसँग खेल्नेछ ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.