default_image

10 months ago

November 16, 2023

नेपाल ५६ रनमा अल आउट

1896 views

0 Bookmark


काठमाडौँ (हाम्रो खेलकुद) – नेपालले चार देशसम्मीलित महिला टि२० आई सिरिजमा हङकङलाई ५७ रनको सामन्य लक्ष्य दिएको छ ।

टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल १८ ओभरमा ५६ रनमा अल आउट भयो । नेपालकी रुबिना बेलबासेले ३० बलमा ४ चौकासहित सर्वाधिक २५ रन बनाईन् । सीता रानामगरले १३ बलमा २ चौकासहित ९ रन वनाईन् ।

ओपनर पुजा महतो ८ बलमा ४ रन बनाउदै रन आउट भैईन् । तेस्रो ओभरमा हङकङकी इकार सहारले ह्याटि्रक लिएपछि नेपालले खराव सुरुवात गरेको थियो ।

सहारको तेस्रो बलमा सम्झना खड्का १ रनमा स्टम्पिङ आउट भैइन् । त्यसपछि काजोल श्रेष्ठ र इन्दु बर्मा शुन्यमा आउट भैइन्न । नेपाल २.५ ओभरमा ५-४ को अवस्थामा पुगेको थियो ।

छैटौं ओभरको पहिलो बलमा बुन्दु रावल पनि एक रनमा आउट भैइन् ।

डेब्यु गरेकी कन्चन श्रेष्ठ १ र अस्मिना कर्माचार्य शुन्यमा आउट भैइन् । रोमा थापा १७ बलमा ५ रनमा नटआउट रहिन ।

इकार सहारले ४ ओभरमा १ मेडनसहित ३ विकेट लिईन् ।रुचिथा वेंकटेशले ३ ओभरमा ९ रन खर्चेर २ विकेट लिईन । मारिको हिल र केरि चानले एक एक विकेट लिईन् ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.