default_image

1 year ago

November 15, 2023

बाबरले कप्तानी छाडे

2121 views

0 Bookmark

एजेन्सी – ब्याटर बाबर आजमले पाकिस्तान क्रिकेट राष्ट्रिय टोलीको कप्तानी छोड्ने घोषणा गरेका छन् । उनले बुधबार एक विज्ञप्ति जारी गर्दै सबै फर्म्याटबाट कप्तान पद छोड्ने निर्णय लिएका हुन् ।

सन् २०१९ देखि पाकिस्तान टोलीको कप्तानी गरेका बाबरले टोलीलाई सिमित ओभर क्रिकेटमा विश्व वरीयताको शीर्षस्थानमा समेत पुर्याएका थिए । तर भारतमा जारी विश्वकपको सेमिफाइनलमा पुग्न असफल भएपछि उनको आलोचना भएको थियो । उनले व्यक्तिगत रुपमा भने ३० को औसतमा ९ खेलमा ३ सय २० रन जोडेका थिए ।

बाबरले कप्तानी पद छाड्ने क्रममा यस्तो लेखेका छन्, ‘मलाई सन् २०१९ मा पाकिस्तान क्रिकेट बोर्डले कप्तानको जिम्मेवारी सुम्पिएको याद छ । पछिल्लो ४ वर्षमा मैले मैदान भित्र र बाहिर धेरै उतारचढावको सामना गरेको छु । म हरेक पल पाकिस्तानको गौरव बढाउन तत्पर रहें ।’

‘पाकिस्तानलाई विश्वको नम्बर १ टोली बनाउन खेलाडी, प्रशिक्षक र व्यवस्थापक सबैको संयुक्त भूमिकाले सम्भव भएको थियो । म यो यात्रामा पाकिस्तानका क्रिकेट समर्थकलाई धन्यवाद दिन चाहन्छु ।’

‘म आज पाकिस्तानको सबै फर्म्याटबाट कप्तान पद छोडेको घोषणा गर्न चाहन्छु । यो कठिन निर्णय थियो तर यो समय सही भन्ने मेरो बुझाइ छ । म खेलाडीको भूमिकामा पाकिस्तानबाट सबै फर्म्याटमा खेल्नेछु । म अब आउने कप्तानलाई आफ्नो अनुभव र लगावले साथ दिनेछु । म पाकिस्तान क्रिकेट बोर्डलाई म प्रति देखाएको विश्वासको लागि धन्यवाद दिन चाहन्छु ।’

February 5, 2025

मोन्टिको सुखद सुरुवात, अनि अकस्मात बहिर्गमन!

भुपेन्द्र जि.सी. नेपाल क्रिकेट संघ (क्यान) ले यसै साता सामाजिक सञ्जाल मार्फत सिनियर पुरुष टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाईलाई धन्यावाद दिँदै बिदाइ गर्यो । नेपाली क्रिकेटलाई पछ्याउने सबै समर्थक र शुभचिन्तकका लागि उक्त घोषणा आश्चर्यको विषय थियो । किनभने उनले दुई वर्षमा दिएको नतिजाले सम्झौता नविकरण सहजै हुने धेरैको अनुमान थियो । मोन्टीको प्रशिक्षणमा नेपालले […]

February 5, 2025

पहिलो जितको खोजीमा नेदरल्याण्ड्ससँग खेल्दै नेपाल

काठमाडौं(हाम्रो खेलकुद) – महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेपाल पहिलो जितको खोजीमा नेदरल्याण्ड्ससँग खेल्दैछ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा खेल बुधवार दिउँसो १२ः१५ बजे सुरु हुनेछ । दुवै टोली सिरिजमा तेस्रो पटक आमने सामने हुदैछन् । नेपाललाई पहिलो र दोस्रो भेटमा नेदरल्याण्ड्सले पराजित गरेको थियो । यस सिरिजमा भने दुवै टोलीको यो पाँचौ खेल […]

February 4, 2025

अर्जुन ट्रफी – लोकेशको अर्धशतकमा धनगढीको दोस्रो जित

काठमाडौं(हाम्रो खेलकुद) – ओपनर लोकेश बमको अर्धशतक सहयोगमा डिसिए धनगढीले अर्जुन ट्रफीमा दोस्रो जित हासिल गरेको छ । मंगलवारको दोस्रो खेमा बोष्टन क्रिकेट झापालाई ५ रनले हराउँदै डिसिएले सेमिफाईनलको सम्भावना बलियो बनाएको छ । बोष्टन भने लगातार दुई हारका साथ प्रतियोगिताबाट बाहिरिएको छ । धनगढीले दिएको १ सय ४४ रनको लक्ष्य पछ्याएको बोष्टनले निर्धारित २० […]

Success

Thank you for your time.