1 year ago
November 15, 2023
एजेन्सी – श्रेयस ऎर र विराट कोहलीको सानदार शतकमा भारतले आइसिसी विश्वकप २०२३ को पहिलो सेमिफाइनल खेलमा न्युजिल्यान्डलाई फाइनलमा पुग्न ३ सय ९८ रनको विशाल लक्ष दिएको छ ।
वानखडे क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको भारतले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै ३ सय ९८ रन बनायो ।
भारतका युवा ब्याटर श्रेयस ऎरले ७० बलमा ४ चौका र ८ छक्कासहित १ सय ५ रनको विस्फोटक शतकीय इनिङ खेले ।
विराट कोहलीले १ सय १३ बलमा ९ चौका र २ छक्कासहित सर्वाधिक १ सय १७ रनको शतकिय इनिङ खेले ।
कोहलीको यो ओडिआइ करिअरको ५० औं शतक हो । उनी ओडिआइमा सर्वाधिक शतक हान्ने खेलाडी बनेका छन् । कोहलीले सचिन तेन्दुलकरको ४९ औं शतकको कीर्तिमान तोडेका हुन् ।
युवा ब्याटर शुभमन गिल ६५ बलमा ८ चौका र ३ छक्कासहित ७९ रनमा रिटाउर्ड हर्ट भएका थिए ।
भारतलाई कप्तान रोहित शर्माले २९ बलमा ४ चौका र ४ छक्कासहित ४७ रन जोड्दै उत्कृष्ट सुरुवात दिलाएका थिए ।
टिम साउथीको नवौं ओभरको दोस्रो बलमा ठुलो शर्ट खेल्ने धुनमा रोहित शर्मा केन विलियम्सनबाट लङअफमा क्याच आउट भए । केनले हाइको बल उत्कृष्ट क्याच लिएका थिए ।
पहिलो विकेटका लगि रोहित र गिलले ९.२ ओभरमा ७१ रनको साझेदारी गरेका थिए । दोस्रो विकेटका लागि गिल र कोहलीले ९३ रनको साझेदारी गरेका थिए ।
त्यसपछि कोहली र ऎरले १ सय २८ बलमा १ सय ६३ रनको सानदार शतकिय साझेदारी गर्दै विशाल योगफलको आधार तय गरेका थिए ।
युवा ब्याटर शुभमन गिल ६६ बलमा ८ चौका र ३ छक्कासहित ८० रनमा नट आउट रहे । गिल ७९ रनमा रिटायर्ड हर्ट भएका थिए। लोकेश राहुल २० बलमा ५ चौका र २ छक्कासहित ३९ रनमा नट आउट रहे ।
न्युजिल्यान्डका ट्रेन्ट बोल्टले १० ओभरमा ८६ रन खर्चेर १ विकेट लिए । टिम साउथीले १० ओभरमा १ सय रन खर्चेर ३ विकेट लिए ।
January 3, 2025
एजेन्सी – अस्ट्रेलियाका तीव्र गतिका बलरहरु चम्कँदा पाँचौ टेस्टको पहिलो इनिङमा भारत सस्तैमा समेटिएको छ । शुक्रवार बोर्डर गावास्कर ट्रफीको पाँचौ तथा अन्तिम टेस्टको पहिलो इनिङमा भारत अस्ट्रेलियासामू १ सय ८५ रनमा समेटिएको हो । सिड्नी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको भारत पहिलो दिनको खेल समाप्ती हुनु केही अघि १ सय ८५ रनमा […]
January 3, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर आरिफ शेख वैवाहिक बन्धनमा बाँधिएका छन् । पर्सा वीरगन्ज निवासी २७ वर्षीय आरिफले सबाना खातुनसँग बिहीवार मुस्लिम परम्पराअनुसार विवाह गरेका हुन् । आरिफ नेपालले खेलेको पहिलो ओडिआई टोलीका सदस्य रहेका थिए । घरेलु क्रिकेटमा आरिफ विभागीय टोली नेपाल पुलिस क्लब खेल्नेछ । हालै सम्पन्न नेपाल प्रिमियर लिग […]
January 3, 2025
काठमाडौं(हाम्रो खेलकुद) – जय ट्रफी मेन्स एलिट कपका लागि विभागीय टोली नेपाल पुलिस क्लबको टोली घोषणा भएको छ । पुलिसले शुक्रवार आरिफ शेखको कप्तानीमा १५ सदस्यीय अन्तिम टोलीको घोषणा गरिएको हो । पुलिसका नियमित कप्तान दीपेन्द्रसिंह ऐरी युएईमा हुने अन्तर्राष्ट्रिय लिग टि ट्वान्टी (आईएल टि ट्वान्टी) मा सहभागी हुन गएकाले पुलिसले आरिफलाई कप्तानीको जिम्मेवारी दिएको […]