1 year ago
November 15, 2023
एजेन्सी – भारतका विराट कोहलीले आइसिसी विश्व कप २०२३ को पहिलो सेमिफाइनल खेलमा न्युजिल्यान्डविरुद्ध विश्व कीर्तिमानी शतक हानेका छन् ।
उनले १ सय ६ बलमा शतक पूरा गरेका हुन् । कोहलीको ओडिआइ करिअरको ५० औं शतक हो । उनी ओडिआइमा सर्वाधिक शतक हान्ने खेलाडी बनेका छन् ।
कोहलीले सचिन तेन्दुलकरको ४९ औं शतकको कीर्तिमान तोडेका हुन् । ओडिआईमा सचिनपछी रोहित शर्माले ३१ औ शतक हानेका छन् ।
वानखडे क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको भारतले ४२ ओभरमा १ विके गुमाउँदै ३ सय ३ रन बनाएका छन् ।
भारतका कोहली १ सय ८ बलमा ९ चौका र १ छक्कासहित १ सय ६ रनमा खेलेका छन् । श्रेयस ऎर ५० बलमा ३ चौका र ४ छक्कासहित ६६ रनमा खेलेका छन ।
युवा ओपनर शुभमन गिल ६५ बलमा ८ चौका र ३ छक्कासहित ७९ रनमा रिटाउर्ड हर्ट भए । उनिलाई खेल्न केही गाह्रो भएपछि पेभेलियन फर्केका थिए । गिल रिटायर्ड हर्ट भएपछि ब्याटिङ गर्न आएका श्रेयसले उत्कृष्ट प्रदर्शन गरेका छन् ।
भारतलाई कप्तान रोहित शर्माले २९ बलमा ४ चौका र ४ छक्कासहित ४७ रन जोड्दै उत्कृष्ट सुरुवात दिलाएका थिए ।
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा बुधवार नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले १० विकेटले पराजित भएको छ । सिरिजमा नेपालको यो लगातार पाचौं हार हो ।१ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट रहँदै सर्वाधिक […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – शुभ कसांकारको अर्धशतकको सहयोगमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट एक्सिलेन्स क्रिकेट सेन्टर(सिइसी) काठमाडौंले पहिलो जित हासिल गरेको छ । बुधवार भएको दिनको पहिलो खेलमा सिइसीले न्यु होराइजन बुटवललाई ६ विकेटले पराजित गरेको हो । न्यु होराइजनले दिएको १ सय १ रनको लक्ष्य सिइसीले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको सहयोगमा नेपालले नेदरल्याण्ड्सविरुद्ध प्रतिस्पर्धात्मक योगफल तयार गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदान बुधवार जारी खेलमा नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ४५ रनको योगफल तयार गर्यो । नेपालका लागि पूजाले नट आउट रहँदै सर्वाधिक ६२ रन जोडिन् । उनले ५१ बलमा ५ चौका प्रहार गरिन् । […]