1 year ago
November 15, 2023
एजेन्सी – भारतले आइसिसी विश्व कप २०२३ को पहिलो सेमिफाइनल खेलमा न्युजिल्यान्डविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । मुम्बईमा रहेको वानखडे क्रिकेट मैदानमा भारतका कप्तान रोहितले टस जितेर ब्याटिङ रोजेका छन् ।
भारत र न्युजिल्यान्ड दुवैले आजको खेलमा टोलीमा परिवर्तन गरेका छैनन् । अघिल्लो विश्व कपको सेमिफाइनलमा पनि यि दुई टोलीको भेट भएको थियो । त्यति बेला न्युजिल्यान्ड विजयी भएको थियो । सन् २०११ म भारतले घरेलु मैदानमै पछिल्लो पटक विश्व कप जितेको थियो ।
त्यसपछिका दुई संस्करणमा भारत सेमिफाइनलबाट अघि बढ्न सकेको छैन । न्युजिल्यान्डले पछिल्ला दुवै फाइनल खेलेको छ ।
लिगमा भारतले न्युजिल्यान्डलाई ४ विकेटले हराएको थियो । जारी विश्व कपमा भारतमात्रै अपराजित टोली हो ।
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा भईरहेको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट प्रतियोगितामा बोष्टन क्रिकेट झापाले घोडाघोडी-११ माथि राेमाञ्चक जित हात पारेको छ । बुधवार भएको दिनको दोस्रो खेलमा बोष्टनले घोडाघोडी- ११ माथि १ रनको रोमाञ्चक जित हासिल गर्यो । यो हारसँगै घोडाघोडी-११ समूह चरणबाटै बाहिरिएको छ । बोष्टनले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा बुधवार नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले १० विकेटले पराजित भएको छ । सिरिजमा नेपालको यो लगातार पाचौं हार हो ।१ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट रहँदै सर्वाधिक […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – शुभ कसांकारको अर्धशतकको सहयोगमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट एक्सिलेन्स क्रिकेट सेन्टर(सिइसी) काठमाडौंले पहिलो जित हासिल गरेको छ । बुधवार भएको दिनको पहिलो खेलमा सिइसीले न्यु होराइजन बुटवललाई ६ विकेटले पराजित गरेको हो । न्यु होराइजनले दिएको १ सय १ रनको लक्ष्य सिइसीले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]