default_image

11 months ago

November 11, 2023

कास्कीलाई बागलुङ कप टि२० क्रिकेट उपाधि

592 views

0 Bookmark

अर्जुन कार्की, बागलुङ

कास्की जिल्लाले गण्डकी प्रदेशस्तरीय ‘बागलुङ कप’ टि २० क्रिकेट प्रतियोगिताको उपाधि  जितेको छ ।
नवलपुरलाई  शनिबार भएको फाइनलमा ८ विकेटले पराजित गर्दै कास्कीले उपाधि जितेको हो ।

९१ रनको सामान्य विजयी लक्ष्य पछ्याएको कास्कीले १५.५ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । कास्कीका मुस्कान थापाले २४ र अभिषेक थापा १७ रनमा नटआउट रहे।

किरण पौडेलले २३ र सिभरिन श्रेष्ठले २२ रन बनाए । नवलपुरका  कप्तान कमल परियार र शिशिर भुसालले समान १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नवलपुर १८.४ ओभरमा सबै विकेट गुमाउँदै ९० रनमा बनाएको थियो । नवलपुरको लागि अनिष गुरुङले १७ , दिपक डुम्रेले १४ रन, अप्राजित पौडेलले १२ रन बनाए ।

कास्कीका  कप्तान विपिन खत्रीले ४ ओभरमा १५ रन खर्चेर ३ विकेट लिए । सुवास भण्डारी र किरण पौडेलले समान २ र नितेश गिरी र अभिषेक थापाले समान १ विकेट लिए । कास्कीले उपाधि सहित १ लाख १ हजार १ सय ११ र पनवलपुरले ५० हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्यो ।
कास्कीका कप्तान विपिन म्यान अफ दि सिरिज र उत्कृष्ट बलर चुनिए  । उनले ४ खेलमा  १३ विकेट लिनुका  ५० रन बनाएका थिए । उनले म्यान अफदी सिरिजको १० र उत्कृष्ट बलरको ५ हजार रुपैयाँ प्राप्त गरे ।

तनहुँका दिनेश बुढा मगर उत्कृष्ट व्याट्सम्यान बन्दै ५ हजार रुपैयाँ प्राप्त गरे । बुढाले प्रतियोगितामा १ सय १३ रन बनाएका थिए ।

बागलुङ जिल्ला क्रिकेट संघले आयोजना गरेको प्रतियोगितामा नेपाल क्रिकेट संघमा आवद्ध रहेका गण्डकी प्रदेशका ६ जिल्लाको सहभागिता थियो ।

बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्तकुमार श्रेष्ठ, उपप्रमुख राजु खड्का, नगर खेलकुद समितिका संयोजक सुरज बोसेल, गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष संजयकान्त सिग्देल, बागलुङ जिल्ला क्रिकेट संघका अध्यक्ष विष्णुप्रसाद अचार्यले विजेता, उपविजेता टोलीका खेलाडीलाई पुरस्कार वितरण गरेका थिए ।

September 29, 2024

टि ट्वान्टीमा पनि हारबाट नेपालको सुरुवात

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले क्यानडामा लगातार चौथो बेहोरेको छ । क्यानडामा आजबाट सुरु भएको त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा घरेलु टोलीले नेपाललाई १४ रनले हराएको छ । यसअघि नेपालले ओडिआई सिरिजमा क्यानडासँग २ तथा ओमानसँग १ खेलमा हारको सामना गरेको थियो।क्यानडाको किंग सिटीमा शनिवार १ सय २४ रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा १ सय ९ […]

September 28, 2024

क्यानडाले दियो नेपाललाई मध्यम लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – क्यानडामा आज सुरु भएको त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा घरेलु टोलीले नेपाललाई १ सय २४ रनको मध्यम लक्ष्य दिएको छ । क्यानडाको किंग सिटीमा टस हारेर ब्याटिङको निम्ता पाएको घरेलु टोलीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २३ रनको योगफल बनायो । क्यानडाका लागि साद विन जाफरले १८ बलमा सर्वाधिक २३ […]

September 28, 2024

रिजनलाई डेब्युमा नै विकेट

काठमाडौं(हाम्रो खेलकुद) – तीव्र गतिका बलर रिजन ढकालले टि ट्वान्टी आई डेब्यु खेलमा नै विकेट लिएका छन् । क्यानडामा आजबाट सुरु त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा घरेलु टोलीविरुद्ध खेलमा रिजनले डेब्यु गरेका थिए । रिजनले क्यानडाका ओपनर आरोन जोनसनलाई ९ बलमा ९ रन बनाउँदा आउट गराएका हुन् । रिजनले आफ्नो दोस्रो ओभरको पहिलो बलमा नै विकेट […]

Success

Thank you for your time.