default_image

10 months ago

November 11, 2023

बंगलादेशको बलियो ब्याटिङसँगै अष्ट्रेलियालाई विशाल लक्ष्य

6841 views

0 Bookmark

एजेन्सी – बंगलादेशले बलियो ब्याटिङ प्रदर्शन गर्दै अष्ट्रेलियालाई विशाल लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर ३०६ रन बनाएको छ ।

बंगलादेशका लागि तौहिद हृडोयले ७९ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ७४ रन बनाए । शाकिब अल हसनको अनुपस्थितिमा आजका कप्तान रहेका नजमुल हसन शान्तोले ५७ बलमा ६ चौका प्रहार गर्दै ४५ रन जोडे । त्यसैगरी, ओपनर तान्जिद हसन र लिट्टन दास दुवैले ३४ र ४५ बलमा क्रमशः छ र पाँच चौकासहित ३६ रन बनाए।

महमुदुल्लाहले २१ बलमा एक चौका र तीन छक्का प्रहार गर्दै ३२ रनको योगदान दिए । मेहिदी हसन मिराजले २९ रनको योगदान दिए भने मुस्फिकुर रहिमले २१ रन बनाए ।नसुम अहमद ७ रनमा आउट भए । महेदी हसन र तस्किन अहमद क्रमशः दुई र बिना कुनै रनमा नटआउट रहे ।

अष्ट्रेलियाका लागि सन एबोट र एडम जाम्पाले २–२ विकेट लिए भने मार्कस स्टोइनिसले १ विकेट लिए ।

बंगलादेश यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको छ र सेमिफाइनलमा छनोट हुने कुनै आशा छैन । यता सेमिफाइनलमा अष्ट्रेलियाको प्रतिद्वन्द्वी पनि तय भइसकेको छ । अष्ट्रेलियाले सेमिफाइनलमा दक्षिण अफ्रिकाको सामना गर्नेछ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.