1 year ago
November 10, 2023
एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले श्रीलंका क्रिकेटको आईसीसीको सदस्यता तत्काल निलम्बन गरेको छ । एसएलसी प्रशासनमा सरकारको व्यापक हस्तक्षेप भएको र बोर्ड विघटन भएको भन्दै आईसीसीले यो निर्णय लिएको हो ।
निलम्बन पछि आईसीसीले श्रीलंका क्रिकेटलाई दिँदै आएको आर्थिक सहयोग बन्द गर्ने अनुमान गरिएको छ । तर, निलम्बन अवधिभर अन्तर्राष्ट्रिय क्रिकेटमा श्रीलंकाको सहभागिता गर्ने पाउने या नपाउने भने उल्लेख गरिएको छैन।
आईसीसी बोर्डको शुक्रबार बसेको बैठकले श्रीलंका क्रिकेटले आफ्नो मामिलामा स्वायत्त रूपमा व्यवस्थापन गर्न र श्रीलंकाको क्रिकेटको नियमन वा प्रशासनमा कुनै सरकारी हस्तक्षेप नभएको सुनिश्चित गर्नका लागि सदस्यको रूपमा आफ्नो दायित्वको गम्भीर उल्लंघन गरेको कुरा निर्धारण गरेको छ ।
आईसीसी बोर्डको यो निर्णयले श्रीलंका भित्र क्रिकेटमा सदस्य निकायहरूको स्वायत्तता र स्वतन्त्रतालाई कायम राख्न आईसीसीको प्रतिबद्धतालाई जोड दिएको छ । यस निलम्बनको थप विवरण र प्रभावहरू निर्णय हुन बाँकी छ र कार्यवाहीको क्रममा स्पष्ट गरिने आईसीसीले जनाएको छ।
सन् २०२३ को विश्वकपमा भारतसँगको लज्जास्पद हारपछि श्रीलंकाका खेलकुद मन्त्री रोशन रानासिङ्घेले सोमबार निर्णय गर्दै श्रीलंका क्रिकेट बोर्डका सबै सदस्यलाई बर्खास्त गरेका थिए । रणसिङ्घेले पूर्व विश्वकप विजेता कप्तान अर्जुन रणतुङ्गाको नेतृत्वमा सात सदस्यीय अन्तरिम समिति गठन गरेर द्रुत कदम चालेका थिए ।
नोभेम्बर २ मा मुम्बईमा ३०२ रनले स्तब्ध भएको पराजय पछि, सार्वजनिक आक्रोश र एसएलसी बोर्डको राजीनामाको आह्वान देसब्यापी रुपमा मागिएको थियो । यी मागहरूको जवाफमा शम्मी सिल्भा प्रशासनलाई राजीनामा गर्न आग्रह गर्दै, एसएलसी परिसर बाहिर धेरै प्रदर्शन भएको थियो ।
अदालतले यसअघि नै बोर्ड अध्यक्ष शम्मी सिल्भाले श्रीलंका क्रिकेट बोर्डलाई बर्खास्त गर्ने र अन्तरिम समिति नियुक्त गर्ने मन्त्री रोशन रणसिङ्घेको कदमलाई चुनौती दिँदै गरेको निवेदन स्वीकार गरिसकेको थियो ।
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल प्रहरी खेलकुद समितिको आयोजनामा सञ्चालन हुने प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिताको ट्रफी अनावरण गरिएको छ । नेपाल प्रहरी खेलकुद समितिले क्रिकेट खेलाडी उत्पादनको उद्देश्यका साथ आन्तरिक खेलकुद प्रतियोगिता सञ्चालन गर्ने अघिल्लो दिन सोमवार ट्रफी अनावरण गरिएको हो । प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता मंगलवार सुरु हुनेछ। ट्रफीको राष्ट्रिय प्रहरी प्रशिक्षण […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद )- वुमन्स डे अन्तराष्ट्रिय क्रिकेट सिरिजमा नेपाल आज हङकङसँग २ रनको झिनो अन्तरले पराजित भएको छ। जारी सिरिजमा नेपालको यो दोस्रो हार हो। जितको लागि १ सय १ रनको विजय लक्ष्य पछाएको नेपाल २० ओभरमा ७ विकेट गुमाउँदै ९८ रनमा समेटियो। योसँगै नेपालले २ रनको हार बेहोरेको हो। नेपालले सुरुवात राम्रो गर्न […]
March 10, 2025
हिमाल खरेल,मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टिट्वान्टी क्रिकेट प्रतियोगितामा आदर्श युवा क्लब बुधबारेलाई ४ विकेटले पराजित गर्दै आयोजक बाहुनडाँगी युवा क्लब सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको बुधबारेले १६.३ ओभरमा सबै विकेट गुमाउँदै ७२ रन बनाएको थियोे । बुधबारेका लागि रिजन लिम्बू र अर्पण कार्कीले सर्वाधिक […]