default_image

1 year ago

November 9, 2023

राष्ट्रिय टोलीको कप्तानमा इन्दु नियुक्त

5001 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अलराउन्डर इन्दु वर्मा नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको कप्तान नियुक्त भएकी छिन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले विहिबार हङकङ टुरको लागि घोषणा गरेको टोलीमा इन्दुलाई कप्तानको जिम्मेवारी दिइएको हो । यसअघि टोलीको कप्तान रहेकी रुविना टोलीको सदस्य रहँदा बायाँ हाते ब्याटर विन्दु रावललाई उपकप्तान बनाइएको छ । पुर्व उपकप्तान सीता राना मगर पनि टोलीमा सदस्य छिन् । टोलीमा कन्चन श्रेष्ठ, सोमु विष्ट र सोनी पाख्रिन नयाँ खेलाडी रहेका छन् ।

क्यानका सचिव पारस खड्काले इन्दुलाई यस प्रतियोगिताका लागि कप्तान नियुक्त गरिएको जानकारी हाम्रो खेलकुदलाई दिए । ‘इन्दुलाई यस प्रतियोगितामा पहिलो पटक कप्तानको जिम्मेवारी दिएका छौँ । छनोट समिति र क्रिकेट म्यानेजरबाट नेतृत्व परिवर्तनको लागि सिफारिस भएकाले हामीले बोर्ड बैठकबाट नै यो निर्णय लिएका हौं । रुविना खेलाडीको भूमिकामा अझैपनि प्रदर्शन गर्न सक्ने खेलाडी हो, त्यसैले कप्तानमा मात्र परिवर्तन गरिएको हो,’ खड्काले भने ।

‘हामीले यसलाई दिर्घकालीन रुपमा पनि हेर्नुपर्छ । महिला क्रिकेटले निकै सम्भावना बोकेको छ र यस प्रतियोगितामा इन्दुलाई जिम्मेवारी दिएका छौं,’ उनले थपे ।

नेपालले हङकङमा चार देश सम्मिलित टि२० सिरिज खेल्दैछ । उक्त सिरिजमा नेपालसँगै तान्जानिया, जापान र हङकङले खेल्नेछन् । नेपालले कार्तिक २९ गते तान्जानिया, कार्तिक ३० गते हङकङ र मंसिर २ मा जापानसँग खेल्नेछ । फाइनल र तेस्रो स्थानको खेल मंसिर ३ मा हुनेछ ।

नेपाली टोली:

इन्दु वर्मा (कप्तान), विन्दु रावल (उपकप्तान), रुविना क्षेत्री, सिता रानामगर, अश्मिना कर्मचार्य, काजोल श्रेष्ठ, रोमा थापा, संगीता राई, सम्झना खड्का, खुसी डंगोल, पुजा महतो, कन्चन श्रेष्ठ, सोमु विष्ट, सोनी पाख्रिन

February 5, 2025

अर्जुन ट्रफी – घोडाघोडीमाथि बोष्टनको रोमाञ्चक जित

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा भईरहेको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट प्रतियोगितामा बोष्टन क्रिकेट झापाले घोडाघोडी-११ माथि राेमाञ्चक जित हात पारेको छ । बुधवार भएको दिनको दोस्रो खेलमा बोष्टनले घोडाघोडी- ११ माथि १ रनको रोमाञ्चक जित हासिल गर्यो । यो हारसँगै घोडाघोडी-११ समूह चरणबाटै बाहिरिएको छ । बोष्टनले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको […]

February 5, 2025

पूजाको अर्धशतकका बाबजुद नेपाल पराजित

काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा बुधवार नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले १० विकेटले पराजित भएको छ । सिरिजमा नेपालको यो लगातार पाचौं हार हो ।१ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट रहँदै सर्वाधिक […]

February 5, 2025

शुभको अर्धशतकमा सिइसीको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – शुभ कसांकारको अर्धशतकको सहयोगमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट एक्सिलेन्स क्रिकेट सेन्टर(सिइसी) काठमाडौंले पहिलो जित हासिल गरेको छ । बुधवार भएको दिनको पहिलो खेलमा सिइसीले न्यु होराइजन बुटवललाई ६ विकेटले पराजित गरेको हो । न्यु होराइजनले दिएको १ सय १ रनको लक्ष्य सिइसीले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]

Success

Thank you for your time.