default_image

11 months ago

November 9, 2023

नेपालले खेल्ने २०२४ को टि२० विश्वकप बारे सम्पूर्ण जानकारी

17687 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी टि२० विश्वकप २०२४ मा सहभागिता जनाउनेछ । अघिल्लो साता नेपालले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको सेमिफाइनलमा युएईलाई ८ विकेटले हराउँदै विश्वकपमा स्थान बनाएको हो ।

नेपालले २०१४ मा पहिलो पटक बंगलादेशमा टि२० विश्वकप खेलेको थियो । त्यसपछि नेपालले विश्वकपमा स्थान बनाउन सकेको थिएन । नेपाल एसिया र ग्लोबल क्षेत्र छनोटबाट बाहिरिदै आएको थियो । नेपालले २०२४ मा अमेरिका र वेस्टइन्डिजमा आयोजना हुने विश्वकप खेल्ने बारे सम्पूर्ण जानकारी यस प्रकार छ ।

आयोजना मिति – २०२४, जुन ४ देखी ३० सम्म ।

आयोजक : अमेरिका र वेस्टइन्डिज संयुक्त रुपमा ।

पहिलो पटक २० टोली : यस विश्वकप देखी २० टोलीले प्रतिस्पर्धा गर्नेछन् । यसअघि टि२० विश्वकपमा १६ टोलीले खेल्दै आएका थिए । तर आइसिसीले चार टोलीको सङ्ख्या थप्दै २० पुर्याएको हो । त्यसैको कारण एसिया क्षेत्रलाई दुई टोली दिएको थियो । नेपाललाई विश्वकपमा स्थान बनाउन सहज भएको थियो ।

विश्वकप खेल्ने टोली : अमेरिका, वेस्टइन्डिज, अष्ट्रेलिया, इंग्ल्यान्ड, भारत, नेदरल्यान्ड्स, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका, अफगानिस्तान, बंगलादेश, आयरल्यान्ड, स्कटल्यान्ड, पपुवा न्युगिनी, क्यानडा, नेपाल, ओमान र दुई टोली टुङ्गो लाग्न बाँकी ।

दुई टोलीको टुङ्गो लाग्न बाँकी

अव अफ्रिका छनोटबाट दुई टोली आउनेछन् । अफ्रिका छनोट २२ देखी ३० नोभेम्बर सम्म नामिबियामा हुँदैछ । उक्त छनोटमा टेस्ट टोली जिम्बावेसँगै नामिबिया, केन्या, नाइजेरिया, रवान्डा, तान्जानिया र युगान्डा गरि ७ टोली छन् ।

सिंगल राउन्ड रोविनको आधारमा हुने खेलमा शीर्ष दुई टोलीले विश्वकप खेल्न पाउनेछन् । कुनै आश्चर्य नतिजा नआएमा जिम्बावे र नामिबियाले विश्वकप खेल्ने देखिन्छ ।

को सँग खेल्छ नेपालले ?

नेपालले कोसँग खेल्छ समूह विभाजनपछि मात्रै थाहा हुनेछ । आइसिसीले हालसम्म समूह विभाजन गरेको छैन ।

चार समूह : २० टोलीलाई चार समूहमा विभाजन गर्नेछ । हरेक समूहमा पाँच टोली हुनेछन् । नेपालको समूहमा एक समूहमा कम्तिमा दुई टेस्ट टोली हुने पक्का छ । हरेक समूहमा एक ठूला टेस्ट टोली हुनेछन् ।

शीर्ष दुई टोली सुपर ८ मा

समूहमा एक टोलीले चार खेल खेल्न पाउनेछन् । जसबाट शीर्ष दुई टोलीले सुपर ८ मा स्थान बनाउनेछन् । सुपर ८ मा दुई समूहमा विभाजन गरिनेछ । शीर्ष दुई दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।

नेपालले अमेरिका वा वेस्टइन्डिजमा खेल्ने त्यो समूह विभाजन र आइसिसीको तालिकापछि मात्रै थाहा हुनेछ । नेपालको खेल अमेरिकामा पर्ने सम्भावना धेरै छ ।

कुन टोली कसरी छनोट ?

आयोजक : अमेरिका र वेस्टइन्डिज आयोजक हुँदा सोझै छनोट भएका हुन् ।

शीर्ष ८ टोली : गतवर्ष विश्वकपमा शीर्ष आठमा रहँदै अष्ट्रेलिया, इंग्ल्यान्ड, भारत, नेदरल्यान्ड्स, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका र श्रीलंकाले सोझै स्थान बनाएका थिए ।

वरियता आधार : आयोजक दुई, टि२० विश्वकप २०२२ मा शीर्ष आठ टोली बाहेक वरियतामा माथि रहँदै अफगानिस्तान र बंगलादेशले सोझै छनोट भएका थिए ।

युरोप क्षेत्र छनोट : सिंगल राउन्ड रोविनको आधारमा भएको प्रतियोगितामा आयरल्यान्ड र स्कटल्यान्ड शीर्ष दुई स्थानमा रहँदै छनोट भएका हुन् । उक्त प्रतियोगितामा स्कटल्यान्ड, आयरल्यान्ड, इटाली, जर्सी, जमर्नी, डेनमार्क र अष्ट्रियाले प्रतिस्पर्धा गरेका थिए ।

इस्ट एसिया प्यासिफिक छनोट :

डबल राउन्ड रोविनको आधारमा भएको उक्त प्रतियोगितामा पपुवा न्युगिनी शीर्ष स्थानमा रहँदै छनोट भएको हो । उक्त प्रतियोगितामा पपुपा न्युगिनी, जापान, भानुआतु र फिलिपिन्सले प्रतिस्पर्धा गरेका थिए ।

अमेरिका छनोट :

डबल राउन्ड रोविनको आधारमा भएको उक्त प्रतियोगितामा क्यानडा शीर्ष स्थानमा रहदै छनोट भएको हो । उक्त प्रतियोगितामा क्यानडा, बर्मुडा, केमान आइसल्यान्ड र पानमाले प्रतिस्पर्धा गरेका थिए ।

एसिया क्षेत्र छनोट :

नेपाल र ओमानले सेमिफाइनल जित्दै स्थान बनाएका हुन् । प्रतियोगिता समूह ए मा नेपाल, सिंगापुर, मलेसिया र ओमान थिए । समूह बी मा युएई, कुवेत, बहराइन र हङकङ थिए । समूह चरणबाट सेमिफाइनल हुँदै विश्वकपमा छनोट बनाएका हुन् ।

नेपालले युएईलाई ८ विकेट र ओमानले बहराइनलाई १० विकेटले हराउँदै विश्वकपमा स्थान बनाएका थिए । समूह चरणमा प्रतिस्पर्धा भएको यो एकमात्रै प्रतियोगिता हो ।

October 18, 2024

दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा नेपालले अमेरिकालाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शनमा अमेरिकाविरुद्धको पहिलो टि ट्वान्टीमा नेपालले जित हासिल गरेको छ । डालसस्थित ग्रान्ड प्रेरीमा भएको पहिलो टि ट्वान्टी आई खेलमा नेपालले अमेरिकामाथि १७ रनको जित हात पार्यो । यो जितसँगै नेपालले अमेरिकाविरुद्धको ३ खेलको टि ट्वान्टी आई सिरिजमा १-० को अग्रता बनाएको छ । दीपेन्द्रले ब्याटिङतर्फ १७ बलमा […]

October 18, 2024

श्रीलंकालाई वेस्ट इन्डिजविरुद्धको सिरिज

एजेन्सी – घरेलु टोली श्रीलंकाले वेस्ट इन्डिजविरुद्धको टि ट्वान्टी सिरिजमा जित हासिल गरेको छ । श्रीलंकाको दाम्बुलामा बिहीवार भएको तेस्रो तथा निर्णायक खेलमा वेस्ट इन्डिजमाथि ९ विकेटको सानदार जित दर्ता गर्दै घरेलु टोलीले सिरिजमा जित हात पारेको हो । तीन खेलको टि ट्वान्टी सिरिज घरेलु टोलीले २-१ ले जित हात पायो । पाहुना टोलीले दिएको […]

October 18, 2024

अमेरिकाका दुवै ओपनर आउट

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले अमेरिकाका दुवै ओपनरलाई आउट गराएको छ । अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा जारी खेलमा अमेरिकाका दुवै ओपनर आउट भएका हुन् । पहिलो विकेटका रुपमा ओपनर साइतेजा मुककामल्ला करण केसीको बलमा कप्तान रोहितकुमार पौडेलबाट समातिए । उनी दोस्रो ओभरको पाँचौ बलमा २ रन बनाउँदै आउट भएका थिए । पहिलो विकेटका लागि […]

Success

Thank you for your time.