default_image

12 months ago

November 8, 2023

विश्वकपको सेमिफाइनलमा अष्ट्रेलिया र दक्षिण अफ्रिका भिड्ने

5809 views

0 Bookmark

एजेन्सी – भारतमा जारी आइसिसी विश्वकप २०२३ को दोस्रो सेमिफाइनल खेलमा अष्ट्रेलिया र दक्षिण अफ्रिका भिड्ने पक्का भएको छ । अंक तालिकामा दोस्रो र तेस्रो स्थानमा रहने पक्का भएपछि सेमिफाइनल भिडन्त पनि पक्का भएको हो ।

यी दुई देशबीच १६ नोभेम्बरमा इर्डेन गार्डेन कोलकातामा सेमिफाइनल हुनेछ । दक्षिण अफ्रिका ८ खेलमा ६ मा जित र २ मा हारसहित १२ अंकका साथ दोस्रो स्थानमा छ ।

दक्षिण अफ्रिकाले अन्तिम खेल अफगानिस्तानसँग खेल्नेछ । अष्ट्रेलिया ८ खेलमा ६ मा जित र २ मा हारसहित तेस्रो स्थानमा छ । अष्ट्रेलियाले अन्तिम खेल बंगलादेशसँग खेल्नेछ ।

अन्तिम चारमा रहने एक टोली १० अंकका साथ सेमिफाइनल खेल्ने पक्का भएको छ । त्यसैको कारण अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीच सेमिफाइनल भिडन्त पक्का भएको हो । उता भारत ८ खेलमा १६ अंकका साथ शीर्षस्थानमा छ ।

भारतले चौथो स्थानको टोलीसँग वानखडे स्टेडियम मुम्बईमा १५ नोभेम्बरमा सेमिफाइनल खेल्नेछ । चौथो स्थानमा रहँदै सेमिफाइनल खेल्न प्रतिस्पर्धामा न्युजिल्यान्ड, अफगानिस्तान र पाकिस्तान छन् ।

समान ८ खेलमा न्युजिल्यान्ड, पाकिस्तान र अफगानिस्तानको ८–८ अंक छ । नेटरनरेटको कारण न्युजिल्यान्ड चौथो, पाकिस्तान पाँचौं र अफगानिस्तान छैटौं स्थानमा छन् । न्युजिल्यान्डको नेटनरेट ०.३९८, पाकिस्तानको ०–०३६ र अफगानिस्तानको माइनस ०.३३८ छ ।

न्युजिल्यान्डले अन्तिम खेल बिहीबार श्रीलंकासँग खेल्नेछ । पाकिस्तानले अन्तिम खेल शनिबार इंग्ल्यान्डसँग खेल्नेछ । अफगानिस्तानले अन्तिम खेल शुक्रबार दक्षिण अफ्रिकासँग खेल्नेछ ।

यी तीन टोलीमा १० अंकमा पुग्ने र नेटरनरेटमा माथि रहने टोली शीर्ष चारमा रहँदै सेमिफाइनल खेल्नेछ । फाइनल भने १९ नोभेम्बरमा अहमदाबादमा हुनेछ ।

October 18, 2024

दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा नेपालले अमेरिकालाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शनमा अमेरिकाविरुद्धको पहिलो टि ट्वान्टीमा नेपालले जित हासिल गरेको छ । डालसस्थित ग्रान्ड प्रेरीमा भएको पहिलो टि ट्वान्टी आई खेलमा नेपालले अमेरिकामाथि १७ रनको जित हात पार्यो । यो जितसँगै नेपालले अमेरिकाविरुद्धको ३ खेलको टि ट्वान्टी आई सिरिजमा १-० को अग्रता बनाएको छ । दीपेन्द्रले ब्याटिङतर्फ १७ बलमा […]

October 18, 2024

श्रीलंकालाई वेस्ट इन्डिजविरुद्धको सिरिज

एजेन्सी – घरेलु टोली श्रीलंकाले वेस्ट इन्डिजविरुद्धको टि ट्वान्टी सिरिजमा जित हासिल गरेको छ । श्रीलंकाको दाम्बुलामा बिहीवार भएको तेस्रो तथा निर्णायक खेलमा वेस्ट इन्डिजमाथि ९ विकेटको सानदार जित दर्ता गर्दै घरेलु टोलीले सिरिजमा जित हात पारेको हो । तीन खेलको टि ट्वान्टी सिरिज घरेलु टोलीले २-१ ले जित हात पायो । पाहुना टोलीले दिएको […]

October 18, 2024

अमेरिकाका दुवै ओपनर आउट

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले अमेरिकाका दुवै ओपनरलाई आउट गराएको छ । अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा जारी खेलमा अमेरिकाका दुवै ओपनर आउट भएका हुन् । पहिलो विकेटका रुपमा ओपनर साइतेजा मुककामल्ला करण केसीको बलमा कप्तान रोहितकुमार पौडेलबाट समातिए । उनी दोस्रो ओभरको पाँचौ बलमा २ रन बनाउँदै आउट भएका थिए । पहिलो विकेटका लागि […]

Success

Thank you for your time.