default_image

10 months ago

November 8, 2023

म्याक्सवेलको अविश्वसनीय दोहोरो शतकमा कीर्तिमानको वर्षा

4017 views

0 Bookmark

एजेन्सी – अष्ट्रेलियाका फिनिसर ग्लेन म्याक्सवेलले आइसिसी विश्वकप २०२३ मा अफगानिस्तानविरुद्ध दोहोरो शतक प्रहार गर्दै कीर्तिमानको वर्षा गराएका छन् । जितको लागि २ सय ९२ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले ४६.५ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो ।

अष्ट्रेलिया जितमा ग्लेन म्याक्सवेल १ सय २८ बलमा २१ चौका र १० छक्कासहित २ सय १ रनमा अल आउट भए । म्याक्सवेलले मुजिब उर रहमानलाई ४७ औं ओभरको दोस्रो र तेस्रो बला छक्का हानेका थिए । चौथो बलमा चौका र पाँचौं बलमा छक्का हान्दै दोहोरो शतक पूरा गरेका थिए ।

एक समय अष्ट्रेलिया १८.३ ओभरमा ९१–७ को अवस्थामा थियो । आठौं विकेटका लागि म्याक्सवेल र प्याट कमिन्सले १ सय ७० बलमा २ सय २ रनको अविजित साझेदारी गरेका थिए । उक्त साझेदारीमा म्याक्सवेलले १ सय २ बलमा १ सय ७९ रनको योगदान दिए । प्याट कमिनसले ६८ बलमा १२ रन जोडे ।

यो आठौं विकेटका लागि ओडिआईमा भएको सर्वाधिक ठूलो साझेदारी हो । यसअघि २००६ मा दक्षिण अफ्रिकाका जस्टिन केम्प र एन्ड्रयु हलले भारतविरुद्ध आठौं विकेटका लागि १ सय ३८ रनको साझेदारी गरेका थिए ।

म्याक्सवेल लक्ष्य पछ्याउदा दोहोरो शतक हान्ने पहिलो खेलाडी हुन् । यसअघि लक्ष्य पछ्याउदा ओडिआईमा सर्वाधिक रन पाकिस्तानका फखार जमानले २०२१ मा दक्षिण अफ्रिकाविरुद्ध १ सय ९३ रन बनाएका थिए ।

म्याक्सवेल ओडिआईमा दोहोरो शतक हान्ने पहिलो अष्ट्रेलियाका ब्याटर हुन् । अष्ट्रेलियाबाट ओडिआईमा यसअघि शेन वाटसनले २०११ मा बंगलादेशविरुद्ध १ सय ८५ रन बनाएका थिए ।

म्याक्सवेल विश्वकपमा दोहोरो शतक प्रहार गर्ने तेस्रो खेलाडी हो । यसअघि २०१५ को विश्वकपमा न्युजिल्यान्डका मार्टिन गुप्टिलले वेस्टइन्डिजविरुद्ध २ सय ३७ तथा वेस्टइन्डिजका क्रिस गेलले जिम्बावेविरुद्ध २ सय १५ रन बनाएका थिए ।

म्याक्सवेल विश्वकपमा दोहोरो शतक सर्वाधिक छिटो हान्ने खेलाडी बनेका छन् । विश्वकपमा यसअघि गेलले १ सय ३८ र गुप्टिलले १ सय ५२ बलमा दोहोरो शतक हानेका थिए ।

म्याक्सवेल ओडिआईमा ओपनर बाहेक दोहोरो शतक हान्ने पहिलो खेलाडी हुन् । यसअघि सबै दोहोरो शतक ओपनरले मात्रै हानेका थिए । तर म्याक्सवेलले छैटौं नम्बरमा आएर दोहोरो शतक हानेका हुन् ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.