default_image

12 months ago

November 7, 2023

म्याक्सवेलको अविश्वसनीय दोहोरो शतकमा अष्ट्रेलिया विजयी

16026 views

0 Bookmark

एजेन्सी – फिनिसर ग्लेन म्याक्सवेलको अविश्वसनीय दोहोरो शतकमा अष्ट्रेलियाले आइसिसी विश्वकप २०२३ मा अफगानिस्तानलाई तीन विकेटले हराएको छ । यो जितसँगै अष्ट्रेलिया ८ खेलमा १२ अंकका साथ सेमिफाइनलमा पुगेको छ ।

जितको लागि २ सय ९२ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले ४६.५ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । अष्ट्रेलियाको जितमा ग्लेन म्याक्सवेल १ सय २८ बलमा २१ चौका र १० छक्कासहित २ सय १ रनमा अविजित रहे ।

म्याक्सवेल घाइते हुँदा सिंगल लिन नसकेपनि चौका र छक्का हान्दै एकल रुपमा खेल जिताएका हुन् । एक समय ९१-७ को अवस्थामा पुगेको अष्ट्रेलियालाई म्याक्सवेलले अविश्वसनीय इनिङ खेलेका थिए ।

आठौं विकेटका लागि ग्लेन म्याक्सवेल र प्याट कमिन्सले १ सय ७० बलमा २ सय २ रनको अविजित साझेदारी गरे । प्याट कमिन्स ६८ बलमा १२ रनमा अविजित रहे ।

ओपनर ट्रविस हेड नविन उल हकको दोस्रो ओभरको दोस्रो बलमै एज लागेर शून्यमा क्याच आउट भएका थिए । दोस्रो विकेटका लागि डेविड वार्नर र मिचेल मार्शले ३९ रनको साझेदारी गरेका थिए । मार्श नविन उल हकको बलमा २४ रनमा एलबीडब्लू आउट भए । मार्शले ११ बलमा २ चौका र २ छक्का हानेका थिए । त्यो समय अष्ट्रेलिया ५.४ ओभरमा ४३-२ को अवस्थामा थियो ।

नवौं ओभरको पहिलो बलमा ओमरजाईले वार्नरलाई १८ रनमा बोल्ड गरे । लगत्तै अर्को बलमा विकेटकिपर जोश इंग्लिस क्याच आउट भएपछि अष्ट्रेलिया ८.२ ओभरमा ४९-४ को अवस्थामा पुगेको थियो ।

१५ औं ओभरको पहिलो बलमा मार्नस लाबुसेन १४ रनमा रन आउट भए । मार्कस स्टोइनिस ६ र मिचेल स्टार्क ३ रनमा राशिद खानको बलमा आउट भएपछि अष्ट्रेलिया १८.३ ओभरमा ९१(७ को अवस्थामा पुगेको थियो ।

त्यसपछि ग्लेन म्याक्सवेल र प्याट कमिन्सको जोडीले अविश्वसनीय साझेदारीमा जित दिलाएका थिए । अफगानिस्तानका राशिद खान, नविन उल हक र आजमतुल्लाह ओमरजाईले दुई दुई विकेट लिए ।

त्यसअघि वानखडे स्टेडियम मुम्बईमा टस जितेर पहिला ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २ सय ९१ रन बनाएको थियो । अफगानिस्तानका इब्राहिम जद्रान १ सय ४३ बलमा ८ चौका र ३ छक्कासहित सर्वाधिक १ सय २९ रनमा नट आउट रहे । जद्रान विश्वकपमा शतक हान्ने पहिलो अफगानी ब्याटर बनेका थिए ।

जद्रान बाहेक अन्य ब्याटरले भने ठूलो इनिङ खेल्न सकेनन् । ओपनर रहमानउल्लाह गुरबाज २५ बलमा २ चौकासहित २२, रहमात शाह ३०, कप्तान हश्मातुल्लाह शाहिदी २६ र आजमतुल्लाह ओमरजाई २२ रनमा आउट भए ।

ओमरजाईले १८ बलमा १ चौका र २ छक्का प्रहार गरेका थिए । राशिद खान १८ बलमा २ चौका र ३ छक्कासहित ३५ रनमा नट आउट रहे । छैटौं विकेटका लागि राशिद खान र जद्रानले २८ बलमा ५८ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।

अष्ट्रेलिया मिचेल स्टार्कले ९ ओभरमा ७० रन खर्चिदा १ विकेट लिए । जोश हेजलवुडले ९ ओभरमा ३९ रन खर्चेर २ विकेट लिए । ग्लेन म्याक्सवेल र एडम जाम्पाले एक एक विकेट लिए । अष्टेलिया ८ खेलमा १२ अंकका साथ सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

भारत ८ खेलमा १६ अंकका साथ शीर्षस्थानमा छ । दक्षिण अफ्रिका ८ खेलमा १२ अंकका साथ दोस्रो स्थानमा छ । अष्ट्रेलिया ८ खेलमा १२ अंकका साथ तेस्रो स्थानमा छ ।

यी तीन टोली सेमिफाइनलमा पुगेका छन् । अव न्युजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान मध्य एक टोली १० अंकका साथ सेमिफाइनल खेल्नेछन् । यी तीन टोलीको समान ८ अंक छ । नेटरनरेटका कारण न्युजिल्यान्ड चौथो, पाकिस्तान पाँचौं र अफगानिस्तान छैटौं स्थानमा छ । अफगानिस्तानले अन्तिम खेल दक्षिण अफ्रिकासँग, पाकिस्तानले इंग्ल्यान्ड र न्युजिल्यान्डले श्रीलंकासँग खेल्नेछन् ।

October 18, 2024

दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा नेपालले अमेरिकालाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शनमा अमेरिकाविरुद्धको पहिलो टि ट्वान्टीमा नेपालले जित हासिल गरेको छ । डालसस्थित ग्रान्ड प्रेरीमा भएको पहिलो टि ट्वान्टी आई खेलमा नेपालले अमेरिकामाथि १७ रनको जित हात पार्यो । यो जितसँगै नेपालले अमेरिकाविरुद्धको ३ खेलको टि ट्वान्टी आई सिरिजमा १-० को अग्रता बनाएको छ । दीपेन्द्रले ब्याटिङतर्फ १७ बलमा […]

October 18, 2024

श्रीलंकालाई वेस्ट इन्डिजविरुद्धको सिरिज

एजेन्सी – घरेलु टोली श्रीलंकाले वेस्ट इन्डिजविरुद्धको टि ट्वान्टी सिरिजमा जित हासिल गरेको छ । श्रीलंकाको दाम्बुलामा बिहीवार भएको तेस्रो तथा निर्णायक खेलमा वेस्ट इन्डिजमाथि ९ विकेटको सानदार जित दर्ता गर्दै घरेलु टोलीले सिरिजमा जित हात पारेको हो । तीन खेलको टि ट्वान्टी सिरिज घरेलु टोलीले २-१ ले जित हात पायो । पाहुना टोलीले दिएको […]

October 18, 2024

अमेरिकाका दुवै ओपनर आउट

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले अमेरिकाका दुवै ओपनरलाई आउट गराएको छ । अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा जारी खेलमा अमेरिकाका दुवै ओपनर आउट भएका हुन् । पहिलो विकेटका रुपमा ओपनर साइतेजा मुककामल्ला करण केसीको बलमा कप्तान रोहितकुमार पौडेलबाट समातिए । उनी दोस्रो ओभरको पाँचौ बलमा २ रन बनाउँदै आउट भएका थिए । पहिलो विकेटका लागि […]

Success

Thank you for your time.