1 year ago
November 7, 2023
एजेन्सी – ओपनर इब्राहिम जद्रानको कीर्तिमानी शतकमा अफगानिस्तानले आइसिसी विश्वकप २०२३ मा अष्ट्रेलियालाई २ सय ९२ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ ।
वानखडे स्टेडिम मुम्बईमा टस जितेर पहिला ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २ सय ९१ रन बनायो । अफगानिस्तानका इब्राहिम जद्रान १ सय ४३ बलमा ८ चौका र ३ छक्कासहित सर्वाधिक १ सय २९ रनमा नट आउट रहे । जद्रान विश्वकपमा शतक हान्ने पहिलो अफगानी ब्याटर बनेका छन् ।
जद्रान बाहेक अन्य ब्याटरले भने ठूलो इनिङ खेल्न सकेनन् । ओपनर रहमानउल्लाह गुरबाज २५ बलमा २ चौकासहित २२, रहमात शाह ३०, कप्तान हश्मातुल्लाह शाहिदी २६ र आजमतुल्लाह ओमरजाई २२ रनमा आउट भए ।
ओमरजाईले १८ बलमा १ चौका र २ छक्का प्रहार गरेका थिए । राशिद खान १८ बलमा २ चौका र ३ छक्कासहित ३५ रनमा नट आउट रहे । छैटौं विकेटका लागि राशिद खान र जद्रानले २८ बलमा ५८ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।
अष्ट्रेलिया मिचेल स्टार्कले ९ ओभरमा ७० रन खर्चिदा १ विकेट लिए । जोश हेजलवुडले ९ ओभरमा ३९ रन खर्चेर २ विकेट लिए । ग्लेन म्याक्सवेल र एडम जाम्पाले एक एक विकेट लिए ।
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा बुधवार नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले १० विकेटले पराजित भएको छ । सिरिजमा नेपालको यो लगातार पाचौं हार हो ।१ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट रहँदै सर्वाधिक […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – शुभ कसांकारको अर्धशतकको सहयोगमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट एक्सिलेन्स क्रिकेट सेन्टर(सिइसी) काठमाडौंले पहिलो जित हासिल गरेको छ । बुधवार भएको दिनको पहिलो खेलमा सिइसीले न्यु होराइजन बुटवललाई ६ विकेटले पराजित गरेको हो । न्यु होराइजनले दिएको १ सय १ रनको लक्ष्य सिइसीले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको सहयोगमा नेपालले नेदरल्याण्ड्सविरुद्ध प्रतिस्पर्धात्मक योगफल तयार गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदान बुधवार जारी खेलमा नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ४५ रनको योगफल तयार गर्यो । नेपालका लागि पूजाले नट आउट रहँदै सर्वाधिक ६२ रन जोडिन् । उनले ५१ बलमा ५ चौका प्रहार गरिन् । […]