default_image

12 months ago

November 7, 2023

नेपाली महिला टोलीको बन्द प्रशिक्षणमा २२ खेलाडी

1769 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले हङकङमा एक सातापछि हुने चार देश सम्मिलित महिला टि२० आई सिरिजको लागि २२ सदस्य टोली घोषणा गरेको छ । प्रतियोगिता नोभेम्बर १५ देखी १९ सम्म हङहङमा हुँदैछ । सिरिजमा नेपाल, युएई, हङकङ र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ ।

नेपालले बागमती प्रदेशबाट घरेलु क्रिकेटमा राम्रो प्रभाव छाडेकी युवा तीव्र गतिकी बलर सोनी पाख्रिनलाई बन्द प्रशिक्षणमा बोलाएको छ । अन्य भने पुरानै नाम रहेका छन् ।

नेपालका दुई अनुभवी खेलाडी रुविना क्षेत्री र सीता रानामगरले त्यसअघि हङकङको घरेलु प्रतियोगिता वुमन्स अल स्टार्स टि२० सिरिज पनि खेल्नेछन् । दुई टोलीबीच हुने उक्त सिरिज नोभेम्बर १० देखी सुरु हुनेछ ।

बन्द प्रशिक्षणमा बोलाएको टोली :

रुविना क्षेत्री, सीता रानामगर, इन्दु बर्मा, विन्दु रावल, संगिता राई, ज्योति पाण्डे, पुजा महतो, रोमा थापा, ईश्वरी विष्ट, सम्झना खड्का, रुवि पोदार, सबनम राई, अश्मिना कर्माचार्य, खुसी डंगोल, कृतिका मरासिनी, कन्चन श्रेष्ठ, सोनी पाख्रिन, सोमु विष्ट, अप्सरी बेगम, काजोल श्रेष्ठ, मनिषा चौधरी र कविता जोशी ।

October 18, 2024

दीपेन्द्र प्लेयर अफ द म्याच घोषित

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी अमेरिकाविरुद्धको पहिलो टि ट्वान्टी खेलमा प्लेयर अफ द म्याच घोषित भएका छन् । अमेरिकाको टेक्सास स्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा घरेलु टोलीलाई पराजित गर्न सानदार प्रदर्शन गरेका दीपेन्द्र म्यान अफ द म्याच भएका हुन् । ऐरीले अमेरिकाविरुद्धको खेलमा ब्याटिङ तर्फ १७ बलमा २ चौका र १ छक्काको […]

October 18, 2024

दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा नेपालले अमेरिकालाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शनमा अमेरिकाविरुद्धको पहिलो टि ट्वान्टीमा नेपालले जित हासिल गरेको छ । डालसस्थित ग्रान्ड प्रेरीमा भएको पहिलो टि ट्वान्टी आई खेलमा नेपालले अमेरिकामाथि १७ रनको जित हात पार्यो । यो जितसँगै नेपालले अमेरिकाविरुद्धको ३ खेलको टि ट्वान्टी आई सिरिजमा १-० को अग्रता बनाएको छ । दीपेन्द्रले ब्याटिङतर्फ १७ बलमा […]

October 18, 2024

श्रीलंकालाई वेस्ट इन्डिजविरुद्धको सिरिज

एजेन्सी – घरेलु टोली श्रीलंकाले वेस्ट इन्डिजविरुद्धको टि ट्वान्टी सिरिजमा जित हासिल गरेको छ । श्रीलंकाको दाम्बुलामा बिहीवार भएको तेस्रो तथा निर्णायक खेलमा वेस्ट इन्डिजमाथि ९ विकेटको सानदार जित दर्ता गर्दै घरेलु टोलीले सिरिजमा जित हात पारेको हो । तीन खेलको टि ट्वान्टी सिरिज घरेलु टोलीले २-१ ले जित हात पायो । पाहुना टोलीले दिएको […]

Success

Thank you for your time.