default_image

12 months ago

November 7, 2023

अफगानिस्तानलाई हराउँदै सेमिफाइनलमा पुग्ने सोचमा अष्ट्रेलिया

863 views

0 Bookmark

एजेन्सी – अष्ट्रेलियाले आइसिसी विश्वकप २०२३ मा आज अफगानिस्तानसँग खेल्दैछ । खेल दिउँसो २ : १५ मा मुम्बईमा रहेको वानखडे स्टेडियममा सुरु हुनेछ । अष्ट्रेलिया अफगानिस्तानलाई हराउँदै एक खेल अगावै सेमिफाइनलमा पुग्न चाहन्छ । उता अफगानिस्तानलाई सेमिफाइनलमा पुग्ने सम्भावना कायमै राख्न यो खेल जित्नै पर्ने हुन्छ ।

अष्ट्रेलिया ७ खेलमा ५ मा जित र २ मा हारसहित १० अंकका साथ तेस्रो स्थानमा छ । आजको खेलमा विजयी भएमा अष्ट्रेलिया १२ अंकका मा पुग्नेछ । सेमिफाइनलमा पुग्न अष्ट्रेलियालाई आजको जित पर्याप्त हुनेछ । उता अफगानिस्तान ७ खेलमा ४ मा जित र ३ मा हारसहित ८ अंकका साथ छैटौं स्थानमा छ ।

अफगानिस्तानले अव अष्ट्रेलिया र दक्षिण अफ्रिकासँग खेल्न बाँकी छ । यी दुबै खेलमा विजयी भएका अफगानिस्तानले पहिलो पटक सेमिफाइनल खेल्नेछ । आजको खेलमा पराजित हुँदा अफगानिस्तानको सेमिफाइनल सम्भावना निकै कठिन बन्ने देखिन्छ ।

अष्ट्रेलियाले सुरुवाती दुई खेल हारेको थियो । त्यसपछि अष्ट्रेलियाले लगातार पाँच खेल जित्दै सेमिफाइनल सम्भावना बढाएको हो । आजको खेलमा स्टिभ स्मिथ खेल्ने सम्भावना कम छ ।

प्रमुख ब्याटर मिचेल मार्श फर्किनेछन् । पछिल्लो खेलमा घाइते भएमा ग्लेन म्याक्सवेल पनि आजको खेलमा उपलब्ध हुनेछन् । डेविड वार्नर र ट्रविस हेडको लय रोक्न अफगानी बलरलाई कठिन पर्नसक्छ । मिचेल मार्श र ग्लेन म्याक्सवेलले पनि राम्रो गर्दै आएका छन् ।

स्पिनर एडम जाम्पाले यस विश्वकपमा ७ खेलमा १९ विकेट लिई सकेका छन् । जाम्पाबाट अष्ट्रेलिया पुन सानदार प्रदर्शन चाहन्छ । मिचेल स्टार्क, जोश हेजलवुड र प्याट कमिन्सको गतीमा खेल्न सहज हुनेछैन ।

उता अफगानिस्तानका रहमानउल्लाह गुरबाज र इब्राहिम जद्रान प्रमुख ब्याटर हुन् । यी दुई ब्याटरले दिने सुरुवातले भर पर्नेछ । उता मध्यक्रममा रहमात शाह र कप्तान हश्मातुल्लाह शाहिदीले पनि राम्रो गर्दै आएका छन् । युवा अलराउन्डर आजमतुल्लाह ओमरजाईले राम्रो अन्त्य गर्दै आएका छन् ।

अफगानिस्तानको मुख्य हतियार नै स्पिन आक्रामण हो । मुजिब उर रहमान, राशिद खान, नुर अहमद र मोहम्मद नाबीको स्पिन आक्रामण खेल्न अष्ट्रेलिया ब्याटरलाई सहज पक्का हुनेछैन ।

October 18, 2024

दीपेन्द्र प्लेयर अफ द म्याच घोषित

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी अमेरिकाविरुद्धको पहिलो टि ट्वान्टी खेलमा प्लेयर अफ द म्याच घोषित भएका छन् । अमेरिकाको टेक्सास स्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा घरेलु टोलीलाई पराजित गर्न सानदार प्रदर्शन गरेका दीपेन्द्र म्यान अफ द म्याच भएका हुन् । ऐरीले अमेरिकाविरुद्धको खेलमा ब्याटिङ तर्फ १७ बलमा २ चौका र १ छक्काको […]

October 18, 2024

दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा नेपालले अमेरिकालाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शनमा अमेरिकाविरुद्धको पहिलो टि ट्वान्टीमा नेपालले जित हासिल गरेको छ । डालसस्थित ग्रान्ड प्रेरीमा भएको पहिलो टि ट्वान्टी आई खेलमा नेपालले अमेरिकामाथि १७ रनको जित हात पार्यो । यो जितसँगै नेपालले अमेरिकाविरुद्धको ३ खेलको टि ट्वान्टी आई सिरिजमा १-० को अग्रता बनाएको छ । दीपेन्द्रले ब्याटिङतर्फ १७ बलमा […]

October 18, 2024

श्रीलंकालाई वेस्ट इन्डिजविरुद्धको सिरिज

एजेन्सी – घरेलु टोली श्रीलंकाले वेस्ट इन्डिजविरुद्धको टि ट्वान्टी सिरिजमा जित हासिल गरेको छ । श्रीलंकाको दाम्बुलामा बिहीवार भएको तेस्रो तथा निर्णायक खेलमा वेस्ट इन्डिजमाथि ९ विकेटको सानदार जित दर्ता गर्दै घरेलु टोलीले सिरिजमा जित हात पारेको हो । तीन खेलको टि ट्वान्टी सिरिज घरेलु टोलीले २-१ ले जित हात पायो । पाहुना टोलीले दिएको […]

Success

Thank you for your time.