default_image

10 months ago

November 6, 2023

म्याथ्युजले लिए सकिब र सान्टोको विकेट

3504 views

0 Bookmark

एजेन्सी – श्रीलंकाका सर्वाधिक अनुभवी अलराउन्डर एन्जिलो म्याथ्युजले आइसिसी विश्वकप २०२३ मा बंगलादेशका कप्तान सकिब अल हसन र उपकप्तान नाज्मुल हसन सान्टोको विकेट लिएका छन् । जितको लागि २ सय ८० रनको विजयी लक्ष्य पछ्याएको बंगलादेशले ३२ औं ओभरको पहिलो बलमा सकिबलाई गुमाएको हो ।

तीव्र गतिका बलर म्याथ्युजको बलमा एज लाग्दा एक्स्ट्रा कभरमा चरिथ असलंकाले सानदार क्याच लिए । सकिब ६५ बलमा १२ चौका र २ छक्कासहित ८२ रनमा क्याच आउट भए । आउट गरेपछि म्याथ्युजले सकिबलाई हातमा घडीको संकेत देखाउँदै सेलेब्रेसन गरेका थिए । उक्त सेलेब्रेसन टाइम आउटको बदला थियो ।

अर्को ओभरमा म्याथ्युजले नाज्मुल हसन सान्टोलाई ९० रनमा बोल्ड आउट गरेका छन् । सान्टो १ सय १ बलमा १२ चौका प्रहार गरे । जितका लागि २ सय ८० रनको विजयी लक्ष्य पछ्याएको बंगलादेशले ३३.२ ओभरमा ४ विकेट गुमाउँदै २ सय ११ रन बनाएको छ ।

पहिलो इनिङमा एन्जिलो म्याथ्युज टाइम आउट भएका थिए । टाइम आउट हुने उनी विश्व क्रिकेटकै पहिलो खेलाडी हुन् । सान्टोको आग्रहमा सकिबले टाइम आउट अपिल गरेका थिए ।

उक्त घटना बारे पूरा जानकारी यहाँ पढ्नुहोस् : क्रिकेटमा के हो टाइम आउट ?

म्याथ्युज बने टाइम आउट हुने पहिलो खेलाडी

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.