default_image

10 months ago

November 6, 2023

क्रिकेटमा के हो टाइम्ड आउट ?

15078 views

0 Bookmark

एजेन्सी – भारतमा जारी आइसिसी विश्वकप २०२३ मा श्रीलंकाका सर्वाधिक अनुभवी ब्याटर एन्जिलो म्याथ्युज बंगलादेशविरुद्ध टाइम्ड आउट भए । विश्व क्रिकेट इतिहासमा उनी टाइम्ड आउट हुने पहिलो खेलाडी हुन् ।

म्याथ्युज टाइम आउट भएसँगै क्रिकेट जगतमा नयाँ बहस उत्पन्न भएको छ । धेरैले बंगलादेशका कप्तान सकिब अल हसनको चर्को आलोचना गरेका छन् । खेल भावना विपरित सकिबले म्याथ्युजलाई आउट गरेको बताएका छन् । क्रिकेटमा टाइम्ड आउट बारे स्पष्ट जानकारी यस प्रकार छ ।

क्रिकेटमा एक ब्याटर आउट भएपछि आउने ब्याटर तीन मिनेट भित्रमा अर्को बल खेल्न तयार भई सकेको हुनुपर्छ । तर यस विश्वकपमा भने दुई मिनेट भित्रमा तयार हुनुपर्छ । दुई मिनेट भित्रमा तयार नभएको खण्डमा ब्याटर आफैं आउट हुने गर्दछन् । त्यसको लागि विपक्षी टोलीले अपिल गर्नुपर्छ ।

ब्याटर निर्धारित समयमा क्रिजमा आएर बल खेल्न तयार नभएमा दिइने आउटलाई टाइम्ड आउट भनिन्छ । विपक्षी टोलीले चाहेको खण्डमा भने आउट नगर्न पनि पाइन्छ । त्यहिँ नियम अनुसार एन्जिलो म्याथ्युज आउट हुन पुगेका हुन् ।

यस्तो थियो म्याथ्युज टाइम आउट घटना

स्पिनर सकिब अल हसनको २५ औं ओभरको दोस्रो बलमा सदिरा समाराविक्रमा ४१ रनमा महमुदूल्लाह रियादबाट क्याच आउट भए । त्यसपछि एन्जिलो म्याथ्युज छैटौं नम्बरमा ब्याटिङमा आएका थिए । उनी एक मिनेट ५० सेकेन्ड भित्रमा मैदानमा आई सकेका थिए । तर उनले लिएको हेल्मेटमा केहि समस्या देखे ।

त्यसपछि उनले ड्रेसिङ रुमका वैकल्पिक खेलाडीलाई आफ्नो हेल्मेट मगाएका थिए । त्यसैक्रममा सकिबको पछाडि भएका नाज्मुल हसन सान्टोले सकिबलाई टाइम आउटको अपिल गर्न भनेका थिए । त्यसै अनुसार सकिबले अम्पायर मारिस इरास्मसलाई टाइम्ड आउट अपिल गरेका थिए ।

सुरुमा अम्पायरले सकिबको अपिललाई गम्भीर रुपमा लिएका थिएनन् । अम्पायरले सकिबले रमाइलो मात्रै गरेको होलान् सोचेका थिए । सकिबले लगातार अम्पायरलाई भनेपछि अम्पायर नियम अनुसार जानु परेको थियो ।

उता हेल्मेट मिलाई राखेका म्याथ्युज बंगलादेशको अपिल देखेर आश्चर्यमा परेका थिए । हेल्मेट देखाउँदै म्याथ्युजले सकिबलाई पनि सम्झाउन गएका थिए । तर सकिबले आफ्नो निर्णय फिर्ता लिएनन् । नियम अनुसार अम्पायरले उनलाई आउट दिएका थिए ।

त्योसँगै म्याथ्युज क्रिकेटमा टाइम आउट हुने विश्वकै पहिलो खेलाडी बनेका छन् । आउट भएपछि पेभेलिएन फर्किनेक्रममा म्याथ्युज निकै आक्रोशित पनि बनेका थिए । विश्व क्रिकेटमा टाइम आउटले नयाँ तरङ्ग उत्पन्न गरेको छ ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.