default_image

10 months ago

November 6, 2023

क्यानले टि२० विश्वकपमा पुग्ने नेपाली क्रिकेट टोलीलाई ५० लाख पुरस्कार दिने

2496 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले टि२० विश्वकप २०२४ मा स्थान बनाउने नेपाली क्रिकेट टोलीलाई ५० लाख पुरस्कार दिने भएको छ । नेपालले बिहीबार माथिल्लो मुलपानी क्रिकेट मैदानमा आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनलमा युएईलाई ८ विकेटले हराउँदै विश्वकपमा स्थान बनाएको थियो ।

क्यानको मंगलबार बसेको बोर्ड बैठकले ५० लाख पुरस्कारले सम्मान गर्ने जनाएको हो । त्यस्तै क्यानले दुई साताअघि मलेसियामा सम्पन्न एसिसी यू१९ प्रिमियर कप जित्ने क्रिकेट टोलीका सदस्यलाई जनही ५० हजार रुपैयाँले सम्मान पनि गर्ने भएको छ ।

नेपालले यू१९ प्रिमियर कपको उपाधि जित्दै आगमी २०२४ जनवरीमा यू१९ एसिया कप समेत खेल्न पाउनेछ ।
नेपालले टि२० विश्वकप छनोट एसिया समूह चरणमा सिंगापुरलाई ८ विकेट र मलेसियालाई ६ विकेटले हराएको थियो ।

ओमानसँग समूह चरण र फाइनल दुबैमा हारेको थियो । समूह चरणमा पाँच रन र फाइनलमा सुपर ओभरमा पराजित भएको थियो ।

नेपालले एसिसी यू१९ प्रिमियर कपको फाइनलमा युएईलाई डकवर्थ लेविस पद्धतिको आधारमा १९ रनले हराउँदै उपाधि जितेको थियो । क्यानले नोभेम्बर १५ देखी १९ सम्म चार देश सम्मिलित महिला टि२० आई सिरिजमा नेपाललाई पठाउने निर्णय पनि गरेको छ ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.