1 year ago
November 6, 2023
एजेन्सी – श्रीलंकाका अनुभवी ब्याटर एन्जिलो म्याथ्युज क्रिकेट इतिहासमा टाइम्ड आउट हुने पहिलो खेलाडी बनेका छन् । भारतमा जारी आइसिसी विश्वकप २०२३ मा बंगलादेशविरुद्ध क्रिजमा समयमै ब्याटिङ गर्न नआएपछि उनी टाइम्ड आउट भएका हुन् ।
कप्तान सकिब अल हसनले सदिरा समाराविक्रमालाई ४१ रनमा क्याच आउट गराए । तर अर्को बलमा म्याथ्युज टाइम आउट भए । उनी ब्याटिङ गर्न मैदान आएका थिए । म्याथ्युज क्रिजमा आएपनि हेल्मेट परिवर्तन गर्न थप समय लगाएपछि बंगलादेशका कप्तान सकिब अल हसनले टाइम्ड आउट अपिल गरेका थिए । हेल्मेटमा समय बढी लगाएपछि उनी टाइम्ड आउट भएका हुन् ।
क्रिकेट इतिहासमा यसरी आउट हुने पहिलो खेलाडी बनेका छन् । नियम अनुसार कुनैपनि खेलाडी ब्याटिङ गर्न तीन मिनेटभीत्रमा आइसक्नुपर्छ । यस विश्वकपको नियम अनुसार दुई मिनेट भित्र ब्याटिङ गर्न आइ सकेको हुनुपर्छ । उनी सदिरा आउट भएपछि अर्को बल सामना गर्न दुई मिनेट भित्रमा तयार भई सकेको हुनु पर्ने थियो ।
म्याथ्युज दुई मिनेट नपुग्दै मैदान आएका थिए । तर पहिला आफूले लिएको हेल्मेटमा केहि समस्या भएपछि उनले ड्रेसिङ रुमबाट पुन हेल्मेट मगाएका थिए । पुन हेल्मेट मगाउदा दुई मिनेट भन्दा बढी समय लागेको थियो । त्यसैको कारण म्याथ्युज बल सामना तयार भएका थिएनन् ।
तर उनले दुई मिनेट भन्दा बढी समय लगाएका थिए । म्याथ्युजले बंगलादेशका कप्तानलाई हेल्मेट समस्या देखाएका थिए । तर बंगलादेशको टोलीको अपिलपछि उनी नियम अनुसार आउट हुन पुगे । यसरी आउट हुने क्रिकेट इतिहासमा पहिलो खेलाडी बनेका छन् ।
श्रीलकाले ४६ ओभरमा ७ विकेट गुमाउँदै २ सय ६१ रन बनाएको छ । चरिथ असंलका ९४ रनमा खेलेका छन् ।
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा भईरहेको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट प्रतियोगितामा बोष्टन क्रिकेट झापाले घोडाघोडी-११ माथि राेमाञ्चक जित हात पारेको छ । बुधवार भएको दिनको दोस्रो खेलमा बोष्टनले घोडाघोडी- ११ माथि १ रनको रोमाञ्चक जित हासिल गर्यो । यो हारसँगै घोडाघोडी-११ समूह चरणबाटै बाहिरिएको छ । बोष्टनले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा बुधवार नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले १० विकेटले पराजित भएको छ । सिरिजमा नेपालको यो लगातार पाचौं हार हो ।१ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट रहँदै सर्वाधिक […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – शुभ कसांकारको अर्धशतकको सहयोगमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट एक्सिलेन्स क्रिकेट सेन्टर(सिइसी) काठमाडौंले पहिलो जित हासिल गरेको छ । बुधवार भएको दिनको पहिलो खेलमा सिइसीले न्यु होराइजन बुटवललाई ६ विकेटले पराजित गरेको हो । न्यु होराइजनले दिएको १ सय १ रनको लक्ष्य सिइसीले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]