default_image

1 year ago

November 6, 2023

भारतसँग लज्जास्पद हारपछि श्रीलंका क्रिकेट बोर्ड सरकारको निलम्बनमा

2487 views

0 Bookmark

एजेन्सी – आइसिसी विश्वकप २०२३ मा भारतसँग ५५ रनमा अल आउट हुँदै लज्जास्पद हार व्यहोरेपछि सरकारले श्रीलंका क्रिकेट बोर्डलाई निलम्बन गरेको छ । श्रीलंका खेलकुद मन्त्री रोशन रणसिंघेले बोर्ड समितिलाई निलम्बन गर्दै अन्तरिम समिति गठन गरेका हुन् ।

उनले शाम्मी सिल्भा अध्यक्ष रहेको बोर्डलाई निलम्बन गरेका हुन् । उनको कार्यकाल २०२५ सम्म रहेको थियो । सिल्भाको समितिलाई निलम्बन गर्दै ७ सदस्य नयाँ अन्तरिम समिति समेत गठन गरेका छन् ।

गत विहीबार जितको लागि ३ सय ५८ रनको विशाल विजयी लक्ष्य पछ्याएको श्रीलंका भारतसँग ५५ रनमा अल आउट भएको थियो । उक्त हारपछि श्रीलंका क्रिकेट बोर्डको अफिस अगाडि समर्थकले नाराबाजी गरेका थिए । मंगलबार खेलकुद मन्त्रीले उक्त श्रीलंका क्रिकेट बोर्डलाई निलम्बन गरेका हुन् ।

श्रीलंकालाई सन् १९९६ मा उपाधि जिताउदाका कप्तान अर्जुना रातुङ्गालाई अन्तरिम समितिको अध्यक्षको जिम्मेवारी दिएका छन् । खेलकुद मन्त्री रोशनले सन् १९७३ मा खेलकुद कानुन २५ अनुसार उक्त समिति गठन गरेको श्रीलंकाका सञ्चार माध्यमले जनाएका छन् ।

अन्तरिम अध्यक्षको जिम्मेवारी पाएपछि अर्जुनाले आफ्नो काम दर्शकले माया गर्ने क्रिकेट बनाउने बताएका छन् । ‘मेरो उद्देश्य भनेको देश र दर्शकलाई माया गर्ने खेलाडीहरूले मन पराउने क्रिकेट खेल बनाउनु हो’, अर्जुनाले भनेका छन् ।

सरकारले सिंधै हस्तक्षेप गरेको हुँदा श्रीलंका क्रिकेट बोर्डलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले निलम्बन गर्ने सम्भावना बढेको छ । आइसिसीले क्रिकेटलाई राजनीतिबाट टाढा राख्न कडा कदम चाल्दै आएको छ । सरकारकै हस्तक्षेपको कारण २०१५ मा नेपाल क्रिकेट संघ पनि आइसिसीको निलम्बनमा परेको थियो ।

जारी विश्वकपमा श्रीलंका टोलीको प्रदर्शन भने राम्रो हुन सकेको छैन । चोटका कारण प्रमुख बलर वानिन्दु हसरंगा र कप्तान दाशुन शानका लगायत केहि खेलाडी टोलीमा समेत छैनन् । श्रीलंका ७ खेलमा २ मा जित र ५ मा हारसहित ४ अंकका साथ छैटौं स्थानमा छ । श्रीलंकाले आज बंगलादेशसँग प्रतिस्पर्धा गरि राखेको छ ।

March 13, 2025

नेपाल फेरि पराजित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]

March 13, 2025

नेपालविरुद्ध युगाण्डाको प्रतिस्पर्धात्मक योगफल

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]

March 13, 2025

प्रज्वलको अर्धशतकमा लुम्बिनीको जित

काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]

Success

Thank you for your time.