default_image

1 year ago

November 6, 2023

नेपाल पाँच वर्षदेखि आइसिसीको उपाधि विहीन

3944 views

0 Bookmark

भुपेन्द्र जि.सी, काठमाडौं

नेपाली क्रिकेट टोलीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को उपाधि नजितेको पाँच वर्ष भन्दा बढी भएको छ । आइतबार टियु क्रिकेट मैदानमा आइसिसी टि२० विश्वकप २०२३ एसिया क्षेत्रको फाइनलमा नेपाल ओमानसँग सुपर ओभरमा पराजित हुन पुग्यो । उक्त हारसँगै आइसिसीको उपाधि विहीन यात्रामा पूर्णविराम लाग्न अझै केहि समय लाग्ने भएको छ ।


नेपालले सन् २०१८ अक्टोबर यता आइसिसीले आयोजना गरेको कुनैपनि प्रतियोगिता उपाधि जितेको छैन । नेपालले पछिल्लो पटक आइसिसी इस्टर्न सब रिजनल क्वालिफायर ‘बी’ को उपाधि मलेसियामा जितेको थियो । नेपालले त्यो समय मलेसिया, थाईल्यान्ड, भुटान, म्यानमार, सिंगापुर र चीनलाई पछि पार्दै उपाधि जितेको थियो ।

सिंगल राउन्ड रोविनको आधारमा भएको उक्त प्रतियोगितामा सिंगापुरसँग वर्षाको कारण अंक बाँडेको थियो । अन्य सबै टोलीलाई हराएको थियो ।

नेपाल ६ खेलमा ११ अंकका साथ शीर्षस्थानमा रहँदै उपाधि जितेको थियो । सिंगापुरको पनि ६ खेलमा ११ अंक थियो । तर नेपालको नेटरनरेट प्लस ७.७८२ र सिंगापुरको प्लस ४.७७२ थियो ।

त्यहिँ रनरनरेटको आधारमा नेपालले उपाधि जितेको थियो । त्यसपछि नेपालले कुनैपनि आइसिसीको उपाधि जितेको छैन । उक्त उपाधि जित्दै नेपाल सिंगापुरमा हुने एसिया छनोटमा स्थान बनाएको थियो ।

२०१९ जुन जुलाईमा सिंगापुरमा भएको आइसिसी टि२० विश्वकप एसिया रिजनल फाइनल क्यालियरमा भने नेपाल तेस्रो हुँदै बाहिरिएको थियो । उपाधिको प्रमुख दाबेदार रहेपनि अप्रत्याशित रुपमा कतारसँग ४ विकेट र सिंगापुरसँग ८२ रनले पराजित भएपछि तेस्रो स्थानमा रहँदै बाहिरिएको थियो ।

नेपाललाई फाइनलमा पुग्न नै मुश्किल

२०२२ फेब्रुअरीमा ओमानमा भएको आइसिसी टि२० विश्वकप ग्लोबल क्वालिफायर ए मा नेपाल सेमिफाइनलमा युएईसँग ६८ रनले पराजित हुँदै बाहिरिएको थियो । २०१९ देखी २०२३ सम्म चलेको आइसिसी विश्वकप लिग–२ को उपाधि स्कटल्यान्डले जितेको थियो ।

नेपाल आइसिसी विश्वकप लिग–२ मा अन्तिम १२ मध्य ११ खेलमा जितका साथ तेस्रो स्थानमा रहँदै विश्वकप छनोटमा स्थान र ओडिआई मान्यता जोगाएको थियो । गत जुनमा जिम्बावेमा भएको आइसिसी विश्वकप छनोटमा नेपाल आठौं स्थानमा रहेर बाहिरिएको थियो ।

एक दशकमा आइसिसीको दुई उपाधि

नेपालले २०१४ को टि२० विश्वकप खेलेपछि आइसिसीको उपाधि दुई पटक मात्रै जितेको छ । दुबै उपाधि पारस खड्काको कप्तानीमा जितेको थियो ।

नेपालले २०१४ मा डिभिजन थ्री को उपाधि जितेको थियो । मलेसियामा २०१४ अक्टोबर ३० मा नेपालले डिभिजन थ्री को फाइनलमा युगान्डालाई ६२ रनले हराउँदै उपाधि जितेको थियो ।

त्यसपछि २०१५ मा आयरल्यान्डमा भएको आइसिसी टि२० विश्वकप ग्लोबल छनोटमा नेपाल समूह ए मा ७ टोली सहभागी प्रतियोगितामा पुछारमा रहेर बाहिरिएको थियो । त्यसपछि २०१५ देखी २०१८ सम्म आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप चलेको थियो ।

विश्व क्रिकेट लिग च्याम्पियनसिपमा ८ टोली सहभागी प्रतियोगितामा नेपाल सातौंमा रहेर बाहिरिएको थियो । त्यसैको कारण नेपालले डिभिजन टु खेल्नु परेको थियो ।

२०१८ को डिभिजन टु मा फाइनलमा युएईसँग ७ रनले पराजित भएपनि नेपालले जिम्बावेमा भएको विश्वकप छनोट खेल्न पाएको थियो ।

२०१८ मार्चमा जिम्बावेमा भएको आइसिसी विश्वकप छनोटमा नेपाल आठौं स्थानमा रहँदै बाहिरिएको थियो । तर नेपालले पपुवा न्युगिनी र हङकङलाई पछि पार्दै पहिलो पटक ओडिआई मान्यता पाएको थियो ।

इस्टर्न रिजन र डिभिजन थ्री दुबैको उपाधि जित्न पारस खड्का कप्तान थिए । पारसले २०१९ मा कप्तानी र २०२१ मा सन्न्यास लिँदै २०२३ मा क्यानको सचिव पदमा आइपुगेका छन् ।

पारसपछि ज्ञानेन्द्र मल्ल र सन्दीप लामिछाने कप्तान बनेर हटी पनि सकेका छन् । ज्ञानेन्द्रले खेलाडी जीवनबाट सन्न्यास लिई सकेका छन् । रोहित कप्तान छन् । पारसपछिका कप्तानले आइसिसीको उपाधि जिताउन सकेका छैनन् ।

एसिसीको उपाधि

नेपालले गत अप्रिलमा टियुमा सम्पन्न एसिसी प्रिमियर कपको फाइनलमा युएईलाई ७ विकेटले हराउँदै उपाधि जितेको थियो । त्यहिँ उपाधिको कारण नेपालले भारत र पाकिस्तानसँग एसिया कपमा खेल्न पाएको थियो ।

यू१९ लाई आइसिसीको उपाधि

नेपालको यू१९ क्रिकेट टोलीले भने आइसिसीको उपाधि गत फागुनमा जितेको थियो । आइसिसी यू१९ एसिया क्षेत्र छनोटमा नेपालले युएईलाई पछि पार्दै उपाधि जित्नुको साथै २०२४ को टि२० विश्वकपमा स्थान पक्का गरेको थियो ।

May 2, 2025

नेपालको युके टुरको तालिका सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको मे महिनामा हुने युके टुरको खेल तालिका सार्वजनिक गरेको छ। आइसिसी क्रिकेट वल्ड कप लिग-टु अन्तर्गत स्कटल्यान्डको सिरिज अगाडि नेपालले बेलायतमा ५ वटा खेल खेल्ने तय भएको क्यानले जनाएको छ। ‘राइनोज टुर अफ यूके’ नाम दिइएको यो भ्रमणमा नेपालले इंग्ल्यान्ड र स्कटल्याण्डका विभिन्न टोलीसँग […]

May 1, 2025

मुम्बईको फराकिलो जित

एजेन्सी – इन्डियन प्रिमियर लिगमा मुम्बई इन्डियन्सले उच्च प्रदर्शन गर्दै राजस्थान रोयल्समाथि १ सय रनको जित दर्ता गरेको छ । यस जितसँगै मुम्बई अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । मुम्बईले प्रस्तुत गरेको २ सय १८ रनको लक्ष्य पछ्याउने क्रममा राजस्थान १७ औं ओभरमा मात्र १ सय १७ रनमा अलआउट भयो । राजस्थानका लागि बलर जोफ्रा […]

May 1, 2025

राजस्थानलाई प्रतिस्पर्धात्मक चुनौती

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इण्डियन्सले राजस्थान रोयल्सलाई जितको लागि २ सय १८ रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ। राजस्थानले टस जित्दै फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा २ विकेट गुमाउँदै २ सय १७ रनको योगफल बनायो । मुम्बईले राम्रो सुरुवात गर्यो । ओपनर रायन रिकल्टन र रोहित शर्माले शतकीय […]

Success

Thank you for your time.