default_image

10 months ago

November 5, 2023

जडेजाको घातक बलिङमा दक्षिण अफ्रिका ८३ रनमै अल आउट

3130 views

0 Bookmark

एजेन्सी – स्पिनर रविन्द्र जडेजाको घातक बलिङको सहयोगमा भारतले आइसिसी विश्वकप २०२३ मा दक्षिण अफ्रिकामाथि २ सय ४३ रनको सानदार जित हात पारेको छ । भारत लगातार आठौं जितका साथ विश्वकपमा शीर्षस्थानमा रहँदै सेमिफाइनल खेल्ने पक्का भएको छ ।

जितका लागि ३ सय २७ रनको विशाल विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिका २७.१ ओभरमा ८३ रनमा अल आउट भयो ।
दक्षिण अफ्रिकाका मार्को यानसनले सर्वाधिक १४ रन बनाए ।

क्विन्टन डि कक ५, टेम्बा बभुमा ११, रास्सी भान डर डुसेन १३, एडेन माक्ररम ९, हेनरिक क्लासेन १ र डेविड मिलर ११ रनमा आउट भए ।

भारतका रविन्द्र जडेजाले ९ ओभरमा १ मेडनसहित ३३ रन खर्चेर ५ विकेट लिए । मोहम्मद शामी र कुलदीप यादवले दुई दुई विकेट लिए । मोहम्मद शिराजले एक विकेट लिए ।

त्यसअघि वानखडे स्टेडियम कोलकातामा टस जितेर पहिला ब्याटिङ रोजेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय २६ रन बनाएको थियो ।

भारतको जितमा विराट कोहली १ सय २१ बलमा १० चौकासहित १ सय १ रनमा नट आउट रहे । कोहलीको ओडिआई करिअरको ४९ औं शतक हो । कोहलीले ओडिआईमा सर्वाधिक धेरै शतक सचिन तेन्दुलकरसँगको कीर्तिमान बराबर गरेका छन् ।

भारतलाई ओपनर रोहित शर्माले २४ बलमा ६ चौका र २ छक्कासहित ४० रन बनाउँदै आक्रामक सुरुवात दिलाएका थिए । उनी कागिसो रबाडाको बलमा टेम्बा बभुमाबाट क्याच आउट भए ।

शुभमन गिल २४ बलमा ४ चौका र १ छक्कासहित २३ रन बनाउँदै केशव महाराजको बलमा बोल्ड आउट भए । श्रेयस ऐर ८७ बलमा ७ चौका र २ छक्कासहित ७७, सूर्यकुमार यादव २२ र लोकेश राहुल ८ रनमा आउट भए । रविन्द्र जडेजाले १५ बलमा ३ चौका र १ छक्कासहित २९ रनमा नट आउट रहे ।

दक्षिण अफ्रिकाका कागिसो रबाडा, तबरेश शाम्सी, लुंगी एनगिडी, मार्को यानसन र केशव महाराजले १(१ विकेट लिए । भारत ८ खेलमा १६ अंकका साथ शीर्षस्थानमा छ । भारतले अन्तिम खेल १२ नोभेम्बरमा नेदरल्यान्ड्ससँग खेल्नेछ । दक्षिण अफ्रिका ८ खेलमा ६ मा जित र २ मा हारसहित १२ अंकका साथ दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुगि सकेको छ ।

सेमिफाइनलमा शीर्षस्थानको भारतले चौथो स्थानमा रहनेसँग खेल्नेछ । दोस्रो सेमिफाइनलमा दोस्रो र तेस्रो स्थानका टोलीबीच सेमिफाइनल हुनेछ । पहिलो सेमिफाइनल नोभेम्बर १५ र दोस्रो नोभेम्बर १६ मा हुनेछ । फाइनल नोभेम्बर १९ मा हुनेछ ।

अष्ट्रेलिया ७ खेलमा ५ मा जित र २ मा हारसहित १० अंकका साथ तेस्रो स्थानमा छ । अष्ट्रेलियाले ७ नोभेम्बरमा अफगानिस्तानमा र ११ नोभेम्बरमा बंगलादेशसँग खेल्नेछ । सेमिफाइनल खेल्न अष्ट्रेलियालाई एक जित आवश्यक पर्दछ । दुबै खेल जितेको खण्डमा शीर्ष दुईमा अन्त्य गर्न सक्छ ।

न्युजिल्यान्ड ८ खेलमा ४ मा जित र ४ मा हारसहित चौथो स्थानमा छ । न्युजिल्यान्डले अन्तिम खेल ९ नोभेम्बरमा श्रीलंकासँग खेल्नेछ । उक्त खेलमा फराकिलो अन्तरले विजयी भएको खण्डमा सेमिफाइनलमा पुग्न सक्छ । तर अन्य टोलीको नतिजा पनि आफु अनुकुल आउनुपर्छ ।

पाकिस्तान ८ खेलमा ४ मा जित र ४ मा हारसहित पाँचौं स्थानमा छ । पाकिस्तानले अन्तिम खेल इंग्ल्यान्डसँग ११ नोभेम्बरमा खेल्नेछ । उक्त खेलमा फराकिलो अन्तरले विजयी हुनुपर्छ । न्युजिल्यान्डले श्रीलंकासँग हारेको खण्डमा पाकिस्तानलाई नेटरनरेटको कुनै झन्झट हुनेछैन ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.