1 year ago
November 5, 2023
एजेन्सी – शीर्षक्रमका ब्याटर विराट कोहलीको कीर्तिमानी शतकमा भारतले आइसिसी विश्वकप २०२३ मा दक्षिण अफ्रिकालाई ३ सय २७ रनको विशाल लक्ष्य दिएको छ । वानखडे स्टेडियम कोलकातामा टस जितेर पहिला ब्याटिङ रोजेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय २६ रन बनायो ।
भारतका विराट कोहली १ सय २१ बलमा १० चौकासहित १ सय १ रनमा नट आउट रहे । कोहलीको ओडिआई करिअरको ४९ औं शतक हो । योसँगै कोहलीले ओडिआईमा सर्वाधिक शतकको कीर्तिमान बराबरी गरेका छन् । आफ्नो ३५ औं जन्मदिनमा कोहलीले शतक हानेका हुन् ।
ओडिआईमा सर्वाधिक शतक सचिन तेन्दुलकरले प्रहार गरेका छन् । सचिनले ४ सय ६३ खेलमा ४९ शतकसहित १८ हजार ४ सय २६ रन बनाए ।
सचिन र कोहलीपछि ओडिआईमा भारतका रोहित शर्माले ३१, अष्ट्रेलियाका रिंकी पोन्टिङले ३०, श्रीलंकाका सनाथ जयसूर्याले २८ र दक्षिण अफ्रिकाका हासिम अमलाले २७ शतक प्रहार गरेका छन । एवि डिभिलियर्स, क्रिस गेल र कुमार संगाकाराले समान २५ शतक प्रहार गरेका छन् ।
भारतलाई ओपनर रोहित शर्माले २४ बलमा ६ चौका र २ छक्कासहित ४० रन बनाउँदै आक्रामक सुरुवात दिलाएका थिए । उनी कागिसो रबाडाको बलमा टेम्बा बभुमाबाट क्याच आउट भए ।
शुभमन गिल २४ बलमा ४ चौका र १ छक्कासहित २३ रन बनाउँदै केशव महाराजको बलमा बोल्ड आउट भए । श्रेयस ऐर ८७ बलमा ७ चौका र २ छक्कासहित ७७, सूर्यकुमार यादव २२ र लोकेश राहुल ८ रनमा आउट भए ।
रविन्द्र जडेजाले १५ बलमा ३ चौका र १ छक्कासहित २९ रनमा नट आउट रहे । दक्षिण अफ्रिकाका कागिसो रबाडा, तबरेश शाम्सी, लुंगी एनगिडी, मार्को यानसन र केशव महाराजले १-१ विकेट लिए ।
December 21, 2024
काठमाडौं(हाम्रो खेलकुद) – जनकपुर बोल्ट्सका स्पिनर ललितनारायण राजवंशीले नेपाल प्रिमियर लिग (एनपिएल)मा बाइक पाएका छन् । प्रतियोगिताको उत्कृष्ट बलर हुदै ललितले बाइक पाएका हुन् । शनिवार सम्पन्न लिगमा ललित आबद्ध जनकपुर च्याम्पियन भएको थियो । जनकपुरलाई च्याम्पियन बनाउँन ललितले १७ विकेट लिएका थिए । १० खेलमा ४० ओभर गरेका ललितले २ सय १३ रन खर्चिदैं […]
December 21, 2024
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली याक्सका विपिन शर्मा नेपाल प्रिमियर लिग (एनपिएल) को उदीयमान खेलाडीको अवार्ड जितेका छन् । ट्यालेन्ट हन्टबाट छनोट भएर कर्णालीबाट एनपिएल खेलेका विपिनले ८ खेलमा १३ विकेट लिएका थिए ।
December 21, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग(एनपिएल) मा सर्वोत्कृष्ट हुँदै सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले कार पाएका छन् । उत्कृष्ट प्रदर्शनको सहयोगमा टोलीलाई फाइनलसम्म पुर्याउन सफल दीपेन्द्रले प्रतियोगिताको सर्वोत्कृष्ट नेपाली खेलाडी भएका हुन् । उनले ओमोडाको ६२ लाख रुपैयाँ मुल्यको कार प्राप्त गरेका हुन्।