12 months ago
November 5, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीले जाजरकोट भुकम्पमा परि घर भत्किएको युवा क्रिकेटर अनुज चनारालाई आर्थिक सहयोग गर्ने भएको छ । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले अनुजलाई आर्थिक सहयोग गर्ने तयारी गरेको बताएका छन् ।
‘जाजरकोट भुकम्प पिडितलाई क्यानले त गरि राखेको छ । हामी सबै यु १९ खेलेको अनुज चनारा भन्ने भाई छ । वहाँको घर सायद भत्किएको छ । वहाँको लागि सबै खेलाडी मिलेर पैसा उठाएका छौं । आशा गरौं एक दुई दिनमा वहाँलाई पुग्छ’, रोहितले ओमानसँगको फाइनलपछि पत्रकारसँग कुराकानी गर्दै भने ।
चनारा कर्णालीबाट घरेलु क्रिकेट खेल्द्रै नेपालको सिनियर टोलीको बन्द प्रशिक्षणमा परि सकेका छन् । २०२१ मा नेपालको बन्द प्रशिक्षणमा परेका अनुजको घर जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर ५ मा हो । युवा तीव्र गतिका बलर अनुजले कर्णालीबाट लगातार राम्रो क्रिकेट खेल्दै आएका छन् ।
घरेलु टोली नेपालले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलमा ओमानविरुद्ध जाजरकोट भुकम्पमा परि मृत्यु हुनेको सम्झनामा पाखुरामा कालो पट्टी बाँधेर खेलेको थियो । क्यानले नेपाल र ओमानबीचको फाइनल खेलको टिकट विक्रीबाट ५० प्रतिशत रकम उक्त भूकम्प पिडितहरुलाई सहयोग गर्ने बताएको छ ।
अनुजको पूरा क्रिकेट जीवनी पढ्नुहोस् : साथीको जुत्ता र भान्जाको साथमा राष्ट्रिय टोलीको यात्रा
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर इमरान शेखको अर्धशतकमा मधेश प्रदेशले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा मंगलवार मधेशले बागमती प्रदेशमाथि ४६ रनको जित हात पारेको छ । १ सय ४२ रनको लक्ष्य पछ्याएको बागमतीले ३९.४ ओभरमा अल आउट हुदै ९६ रन मात्र बनाउन सक्यो […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नरेन साउदको सानदार बलिङमा सुदूरपश्चिमले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । प्रतियोगिताको दोस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा सुदूरपश्चिमले मंगलवार कर्णाली प्रदेशलसई ५ विकेटले हराएको छ । ७५ रनको लक्ष्य सुदूरपश्चिमले १८.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमका नरेन भट्टले सर्वाधिक २८, युवराज खत्रीले […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – १९औं द हङकङ क्रिकेट सिक्सेसमा नेपालसँग खेल्ने इङ्ग्ल्याण्डको टोली घोषणा भएको छ । हङकङ सिक्सेसले प्रतियोगितामा सहभागिता जनाउने ७ सदस्यीय इङ्ग्ल्याण्ड टोलीको मंगलवार घोषणा गरेको हो । इङग्ल्याण्डको कप्तानी अलराउन्डर रवि भोपाराले गर्नेछन् । नेपालले आफ्नो पहिलो खेलमा कात्तिक १६ गते इङ्ग्ल्याण्डसँग खेल्नेछ । द हङकङ क्रिकेट सिक्सेसमा नेपाल, अस्ट्रेलिया र इङ्ग्ल्याण्ड […]